सिमकोट । हुम्लाका १३९ विद्यालयमध्ये ७९ विद्यालय क्यारेन्टाइनमा परिणत भएको पाइएको छ । जिल्लाका सात वटै गाउँपालिकाका ७९ वटा विद्यालयहरुमा क्वारेन्टाइन स्थापना गरिएका हुन् ।

जिल्लाका यतिधैरै विद्यालयहरुमा क्वारेन्टाइन स्थापना गरिए पछि स्थानीय प्रशासनले असार १ गतेबाट प्रशासनिक कार्य गर्न विद्यालय खुलाउने निर्देशन दिएपनि पालन हुन सकेको छैन । शिक्षकहरु डराएर विद्यालय जान सकिरहेका छैनन् भने विद्यार्थीहरु त्रसित बनेका छन् ।

जिल्ला बाहिरबाट आउने सम्भावित कोरोना संक्रमितलाई राख्नका लागि अन्यत्र स्थान अभावको कारण विद्यालयहरुमा क्यारेन्टाइन स्थापना गरिएका जनाइएको छ ।

रानीवनको होटेलमा पहिलो क्वारेन्टाइन स्थापना गरिएको भएपनि त्यसपछि भने सिधै विद्यालयहरुमा क्यारेन्टाइन बनाउन सुरु गरिएको जिल्ला उद्दार व्यवस्थापन समितिका सदस्य एवं सिमकोट गाउँपालिकाका अध्यक्ष पदम बहादुर लामाले बताए । विद्यालय बाहेक अन्यत्र सार्वजनिक संरचनाहरु क्वारेन्टाइन बनाउन योग्य नभएकै कारण विद्यालयहरुहरु रोजिएको उनले जानकारी दिए ।

जिल्ला विपद व्यवस्थापन समितिबाट प्राप्त विवरण अनुसार नाम्खा गाउँपालिकाले १० वटा विद्यालयमा क्वारेन्टाइन स्थापना गरेको छ भने सिमकोट गाउँपालिकाले १७ वटा, खार्पुनाथले १३ वटा, सर्केगार्डले १४, चंखेलीले १२, अदानचुलीले १० वटा र ताँजाकोट गाउँपालिकाले ३ वटा विद्यालयमा क्वारेन्टाइन स्थापना गरेका छन् ।

क्वारेन्टाइन स्थापना गरिएका विद्यालयका कम्तीमा तीन देखि पाँच वटासम्म कोठाहरु क्वारेन्टिनका लागि प्रयोग हुँदै आएका छन् । त्यहाँ दुई हजार भन्दा बढी जिल्ला बाहिरबाट आएका व्यक्ति बस्दै आएका छन् ।

यि विद्यालयहरुमा निर्माण क्नारेन्टाइनहरुमा पनि अव्यवस्थित वार्डहरु स्थापना गरिएको, अस्तव्यस्त व्यवस्थापन रहेको गुनासो यस अघि नै आएको थियो । ठाँउ अनुसार सम्बन्धित व्यक्तिले घरबाटै कपडा ल्याएर बस्नु परेको छ भने खाना पनि घरबाटै ल्याउने गरेका छन् ।

प्रतिकृया दिनुहोस्