भक्तपुर । सानोठिमीस्थित शिक्षा तथा मानव श्रोत विकास केन्द्रले राष्ट्रियस्तरको निवन्ध प्रतियोगिताको लागि निवन्ध आह्वान गरेको छ । ५४औँ अन्तराष्ट्रिय साक्षरता दिवस, २०२० सेप्टेम्बर ८ को अवसरमा राष्ट्रियस्तरको निवन्ध प्रतियोगिता हुने भएको हो ।

“सुविधा वन्चित समूहमा साक्षरता एवं जीवनपर्यन्त सिकाइको पहुँच विस्तार” विषयमा निवन्ध लेखिएको हुनुपर्ने बताइएको छ । प्रिती फन्टमा टाइप गरिएको निवन्ध इमेल मार्फत पठाउनुपर्ने केन्द्रका उपसचिव गेहनाथ गौतमले जानकारी गराए । इमेल पठाउनका लागि केन्द्रले [email protected][email protected] इमेल ठेगाना उपलब्ध गराएको छ । प्रतियोगितामा जेाकाेही पनि सहभागी बन्नसक्ने बताइएकाे छ ।

निवन्ध पठाउनका लागि भदौ १५ गतेसम्मको समयसीमा तोकिएको छ भने निवन्ध १५ सय देखि २ हजार शब्दसम्मको हुनुपर्ने प्रावधान राखिएको छ । प्रतियाेगितामा उत्कृष्ट निवन्धलाई पुरस्कृत गरिने बताइएको छ । केन्द्रले जनाएअनुसार प्रथम हुनेलाई १५ हजार दोश्रो हुनेलाई १० र तेस्रो हुनेलाई ७ हजार रुपैया नगद पुरस्कारको समेत व्यवस्था गरिएको छ ।

प्रतिकृया दिनुहोस्