खोटाङ । प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सिटिइभिटी)का शिक्षक तथा प्रशिक्षकहरूको संगठन सिटिइभिटि टिचर्स सोसाईटी अफ नेपाल गठन गरिएको छ । नेपालभरका सिटिइभिटीका शिक्षक र प्रशिक्षकलाई संगठित गर्दै आफ्नो पेशागत आत्मसम्मान, सुरक्षा, अधिकार र मर्यादा सुनिश्चित गराउने लगायतका उद्देश्य सहित डा.सीके सिंहको अध्यक्षतामा १५ सदस्यीय सिटिइभिटि टिचर्स सोसाईटी अफ नेपाल गठन गरिएको हो ।

सिटिइभिटि टिचर्स सोसाईटी अफ नेपालको उपाध्यक्षमा सञ्जय बस्नेत, महासचिवमा राजन मानन्धर, सचिवमा जीतबहादुर बस्नेत, कोषाध्यक्षमा लिनु थापा र सह–कोषाध्यक्षमा मोनिका श्रेष्ठ चयन भएका छन् । सदस्यमा सुजाता खड्का, शोभा हुमागाइ, दिपेश लामा, सुवर्ण बुढाथोकी, विष्णुप्रसाद कँडेल, नुमकान्त पराजुली, कल्पना बस्याल, जगन्नाथप्रसाद शाह र अनुराज अनु रहेका छन् ।

नेपालभरीका सिटिइभिटीका शिक्षक तथा प्रशिक्षकलाई संगठित गरी तिनीहरूको पेशागत आत्मसम्मान, सुरक्षा, अधिकार र मर्यादा सुनिश्चित गराउने, शिप र क्षमताको विकास गरी प्राविधिक शिक्षा र शिक्षक पेशालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा मर्यादित र गतिशील बनाउन पहल गर्ने, प्राविधिक सेवाको पहुँच बढाउन शिक्षण पेशा सम्बन्धी सवालमा पैरबी गर्ने र अध्ययन–अनुसन्धान गर्ने लगायतका लक्ष्य निर्धारण गरिएको सिटिइभिटि टिचर्स सोसाईटी अफ नेपालले जनाएको छ ।

यस्तै, सिटिइभिटीमा अध्यनरत बिद्यार्थीको हक हितका लागि पहल गर्ने, विद्यार्थी, अभिभावक, शिक्षाविद्, समाजसेवी तथा संघसंस्थासँग दृष्टि र दर्शनमा सहकार्य, विचार तथा अनुभवको आदन प्रदान गर्ने लगायतका १४ बुँदे लक्ष्य निर्धारण गरिएको जनाइएको छ । काठ्माण्डौंमा केन्द्रिय कार्यालय रहने सिटिईभिटि टिचर्स सोसाईटी अफ नेपालले क्रमशः प्रदेशदेखि स्थानीय स्तरका प्राविधिक शिक्षालयसम्म संगठन विस्तार गर्ने जनाएको छ ।

नागरिकमा खबर छ ।

प्रतिकृया दिनुहोस्