काठमाडौं । सानेपास्थित रेडियन्ट रिडर्स एकेडेमीले आफ्नो संस्थामा कार्यरत सबै शिक्षक तथा कर्मचारीको कोरोना बिमा गरिदिएको छ । संस्थामा शिक्षक तथा प्रसाशनिक विभागमा एक सयभन्दा बढी कर्मचारी कार्यरत छन् ।

कोभिड १९ को महामारीबाट शिक्षक तथा कर्मचारी प्रभावित नहोउन् भनेर बिमा गरिदिएको एकेडेमीले जनाएको छ । कोभिड १९ को महामारी अझ बढ्दै गएको अवस्थामा विमाले केहि राहत दिने एकेडेमीका संस्थापक प्राचार्य डिके ढुंगानाले जानकारी दिए । उनले भने, ‘बिमा गर्नु हाम्रो संस्थागत दायित्व पनि हो । यसले शिक्षक कर्मचारी साथीमा उत्साह पनि थपिदिएको छ ।’

कोभिड १९ को महामारी चर्किरहेको बेलामा पनि एकेडेमीले अनलाईन मार्फत पढाइ सञ्चालन गरिरहेको छ । ढुंगानाले भने, ‘शिक्षक तथा कर्मचारी होउन् वा विद्यार्थी सबै हाम्रै परिवारभित्रका सदस्य हु्न् । त्यसैले आफ्नो कर्तव्यबाट विमुख हुनु हुँदैन भनेर अनलाइनबाटै भए पनि पढाइ सञ्चालन गरिरहेका हौं ।’ एकेडेमीमा प्ले ग्रुपदेखि कक्षा दशसम्मको पढाइ हुन्छ ।

अन्नपूर्णपोष्टमा खबर छ ।

प्रतिकृया दिनुहोस्