रोल्पा । जिल्लामा शैक्षिक सुधारका हिसाबले गतिलो स्कुलका रुपमा चिनिएको बालकल्याण नमुना माध्यमिक विद्यालय रोल्पाले समिक्षा तथा सुझाब संकलन गरेको छ । जिल्ला स्थित सरोकारवालाहरुलाई राखेर गरिएको औपचारीक कार्यक्रममा विद्यालयका तर्फबाट प्रधानाध्यापक मधुसुन पोख्रेलले प्रस्तुती राखेका थिए ।

कक्षा १० सम्मको शैक्षिक अवस्था सन्तोषजनक भएपनि कक्षा ११ र १२ को स्तर भने खस्किदै गईरहेको भन्दै सहभागीले त्यसतर्फ समेत ध्यान केन्द्रित गर्न सुझाएका थिए । रोल्पा नगरपालिकालाई शैक्षिक हब बनाउने तर्फ लैजाने स्थानीय तहको प्रयासलाई बिभिन्न विद्यालयहरुले शैक्षिक सुधारका काम गर्ने बताइरहेका छन् ।

पछिल्लो समय जिल्लाको शैक्षिक अवस्था खस्किदो गतिमा गईरहेको गुनासो आईरहदा बालकल्याण नमुना माध्यमिक विद्यालयले सुधारका लागि ध्यान केन्द्रित गरेको जनाएको छ । ‘पाचँ वर्षे कार्ययोजनको मध्यावधी समिक्षा गरेका हौ । यो वर्षका लागि पनि कार्ययोजना बनाउन सुझाब संकलन गरिएको थियो ।’ विद्यालयका प्रअ मधुसुदन पोख्रेलले भने ‘स्कुलको शैक्षिक गुणस्तर सुधारका लागि सरोकारवालासंग ब्यापक छलफल समेत भयो ।’

विद्यालय ब्यवस्थापन समिति पदाधिकारी, शिक्षक अभिभावक संघ, पूर्व अध्यक्षहरु, पत्रकार, शिक्षक लगाएतको उपस्थितिमा सम्पन्न कार्यक्रममा सहभागीहरुले शैक्षिक सुधारका लागि बिभिन्न सुझाब दिएका थिए । प्रअ पोख्रेल अन्र्तक्रियामा आएका सुझाब संकलन गरि अगाडी बढ्ने बताएका छन् । उनले यो कार्यक्रमले शैक्षिक सुधार, कार्ययोजना निर्माण र समग्र शिक्षा सुधारका लागि सहयोग पुग्ने बताए ।

दिनेश सुवेदीले नागरिकमा खबर लेखेका छन् ।

प्रतिकृया दिनुहोस्