काठमाडौं । सरकारले संसद्‍मा दर्ता गराएको ‘विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक– २०८०’ विरुद्ध देशभरका शिक्षकहरु आन्दोलित भएका छन् । देशभरबाट आएका हजारौँ शिक्षकहरु काठमाडौंको सडकमा उत्रिएका हुन् ।

शिक्षकहरूको काठमाडौं केन्द्रित आन्दोलनका कारण बुधबार मध्याह्नदेखि उपत्यकाको ट्राफिक अवस्था अस्तव्यस्त बनेको छ । माइतीघर मण्डलदेखि सुरु भएको आन्दोलनले सडकको दुवैतिर ढाकेर बानेश्वरतिर अघि बढेको छ‚ जसले माइतीघर र बानेश्वर-तीनकुने-कोटेश्वरमा ट्राफिक अवस्था अस्तव्यस्त बनेको हो ।

शिक्षा विधेयकले अस्थायी प्रकृतिका शिक्षकहरूको स्थायित्व, विद्यालय कर्मचारीको दरबन्दी सिर्जना, विद्यालय संरचना बाहिर रहेका बाल कक्षा शिक्षकहरूको सवाल, अस्थायी अवधि गणना तथा निवृत्तिभरण, शिक्षक बढुवा, प्रधानाध्यापक नियुक्ति, सरूवा र कार्यसम्पादन मूल्यांकन लगायतका विषयमा सम्बोधन गर्न नसकेको भन्दै महासंघले आन्दोलन गरेको हो।

 

आन्दोलनका लागि ७७ वटै जिल्लाबाट राहत, करार, बाल विकास, स्थायी लगायतका शिक्षक कर्मचारी काठमाडौँ आएका छन् । उनीहरुले ‘१० वर्षमा आवाधिक बढुवाको ग्यारेन्टी गर’, ‘राहत र उमावि दरबन्दी स्वीकृत गर’ लगायतका प्लेकार्डसहित प्रदर्शन गरेका छन् ।

 

प्रतिकृया दिनुहोस्