काठमाडौं । नेपाल शिक्षक महासंघले शिक्षा मन्त्रालयले गरेको वार्ताको प्रस्ताव अस्विकार गरेको छ । महासंघले एक विज्ञप्ति जारी गर्दै शिक्षा मन्त्रालयसँग वार्ता गर्नुको कुनै औचित्य नरहेको भन्दै घोषित आन्दोलन यथावत रहेको स्पष्ट पारेको छ ।

विधेयकको रुपमा संसदमा दर्ता भइसकेको दस्तावेजको सुधार र परिवर्तन शिक्षा मन्त्रालयको एकल प्रयत्नमा हुनसक्ने कुनै सम्भावना नरहेको ठहर गर्दै महासंघले सार्वजनिक विज्ञप्तिमार्फत् आह्वान गरिएको वार्ताले कुनै समाधान ननिस्किने स्पष्ट पारेको छ ।

शिक्षा मन्त्रालयबाट जारी विज्ञप्तिको आधारमा सामाजिक सञ्जालमा वार्ता आरम्भ भएको हो कि भन्ने भ्रमपूर्ण पोस्ट तथा अभिव्यक्ति आइरहेको विषयप्रति समेत महासंघले आफ्नो ो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

शिक्षा मन्त्रालयले विद्यालय शिक्षा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक को मस्यौदा माथि आफूहरुले पेश गरेको सुझावमा रहेका महत्वपूर्ण मुद्दाहरुलाई पटकपटकको संवाद र छलफल पछि पनि समावेश नै नगरी त्यसलाई विधेयकको रुपमा संसदमा पेश गरेको गरेको महासंघले आरोप लगाएको छ ।
महासंघले वार्ता आह्वानको भ्रममा नपर्न तथा २०८० असोज ३ गतेबाट आरम्भ हुने आन्दोलनलाई सफल तुल्याउन काठमाडौं आउनुहुन सबै शिक्षक–कर्मचारहरुलाई आग्रह गरेको छ ।

प्रतिकृया दिनुहोस्