ओएसिस र आठराई पब्लिकेसन्सका पाठ्यसामग्रीको प्रयोगमा प्रतिबन्ध

बिकिसकेका पाठ्यपुस्तक पनि फिर्ता गरिने

Avatar photo

Byएजुकेशन पाटी

२०८० बैशाख २५, सोमवार

काठमाडौं। पाठ्यक्रम विकास केन्द्रले दुईओटा पब्लिकेसनका पाठ्यपुस्तक प्रयोगमा प्रतिबन्ध लगाएको छ । केन्द्रले एक सूचना जारी गर्दै ओएसिस प्रब्लिकेसन प्रालि र आठराई पब्लिकेसन्स प्रालिले प्रकाशन गरेका केही पाठ्यसामग्रीको बिक्रीवितरणमा रोक लगाएको हो ।

यी दुई पब्लिकेशनले लागू भएको पाठ्यक्रम अनुसारको पाठ्यसामग्री केन्द्रमा पेश गरी स्वीकृति पत्र लिएपनि पुरानै पाठ्यक्रम अनुसारको पाठ्यसामग्री विक्रिवितरण गरेको केन्द्रले जनाएको छ। साथै, केन्द्रले ती पाठ्य सममग्रीको बिक्री वितरणमा रोक लगाउँदै स्वीकृति समेत रद्द गरेको छ ।

यी पब्लिकेसनहरुले स्वीकृति पत्रसमेत समावेश गरी पुरानो पाठ्यक्रम अनुसारको सोही कक्षाको सोही विषयको पाठ्यसामग्रीमा संस्करण वर्ष २०८० राख्नुको साथै रिप्रिन्ट २०८० को छाप हानी शिक्षक, विद्यार्थी तथा अभिभावकहरुलाई गुमराहमा पारी पाठ्यसामग्रीहरु बजारमा विक्रिवितरण गरेको पाइएको केन्द्रले जनाएको छ ।

स्वीकृति पाठ्यक्रम तथा पाठ्यसामग्री विकास तथा वितरण निर्देशिका, २०७९ को दफा ३० को उपदफा ९२० बमोजिम रद्द गरी दुई वर्षसम्म स्वीकृति नदिनेगरी केन्द्रले प्रतिबन्ध लगाएको हो । साथै बिक्री भइसकेका ती पाठ्यसामग्रीहरु तत्काल फिर्ता गराउन समेत केनद्रले निर्देशन दिएको छ।

ओएसिस पब्लिकेसन प्रा।लि। काठमाडौंबाट प्रकाशित कक्षा ४, ६, र ७ को वन्डर इङ्लिस र इङ्लिस स्किल प्रकाशन स्वीकृति प्राप्त विषय र कक्षा ५ को स्वीकृत प्राप्त नगरेको वन्डर इङ्लिस विषय प्रयोग नगर्न केन्द्रले निर्देशक दिएको छ।

साथै यी पुस्तकहरु प्रकाशन स्वीकृति रद्द गरेको छ। त्यस्तै आठराई पब्लिकेसन प्रा।लि।काठमाडौंबाट प्रकाशित कक्षा ५ को रसिलो नेपाली विषय प्रयोग नगर्न केन्द्रले निर्देशन दिएको छ ।

प्रतिकृया दिनुहोस्