कक्षा १२ को परीक्षा जेठ २६ गतेदेखि

Avatar photo

Byएजुकेशन पाटी

२५ फाल्गुन २०७७, मंगलवार

काठमाडौँ । यस वर्षको कक्षा कक्षा १२ को एसएलसी परीक्षा आगामी जेठमा हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डको मंगलबार बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

परीक्षा जेठ २६ देखि असार ४ गतेसम्म हुनेछ । कोभिड(१९ महामारीका कारण सरकारले यो वर्षको शैक्षिक सत्र दुई महिना पछाडि धकेलेर जेठ मसान्तसम्म र नयाँ शैक्षिक सत्र असारदेखि सुरु गर्ने निर्णय गरिसकेको छ ।

यसअघि वैशाखदेखि चैतसम्म शैक्षिक सत्र सञ्चालन हुने गरेको थियो ।

प्रतिकृया दिनुहोस्