काठमाडौं । भोलिदेखि सुरु हुने कक्षा १२ को वार्षिक परीक्षाको सम्पूर्ण तयारी पूरा भएको छ । देशभरबाट कूल चार लाख ६७ हजार तीन सय ८९ विद्यार्थीले परीक्षामा सहभागिता जनाउने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ।

बोर्डका अध्यक्ष डा. महाश्रम शर्माकाअनुसार परीक्षाका लागि देशभर एक हजार चार सय ५७ परीक्षा केन्द्र निर्धारण गरिएको छ । शर्माले देशभर शान्तिपूर्ण रुपमा परीक्षा सम्पन्न गर्न सबैमा आग्रहसमेत गरे ।

यस्तै, यस वर्ष ५६ हजारभन्दा बढी विद्यार्थी ग्रेड वृद्धि परीक्षामा सहभागी हुने भएका छन् । उनीहरूले जति विषयमा कम नम्बर आएको थियो सोही विषयको मात्र ग्रेड वृद्धि परीक्षा दिनुपर्नेछ ।

तीन वा सोभन्दा बढी विषयमा ‘नन ग्रेडेड’ ल्याएका विद्यार्थीले यो वर्ष पूरै विषयको परीक्षा दिनुपर्ने भन्दै छ विषयकै परीक्षा फारम भरिए पनि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले लेटर ग्रेडिङ निर्देशिका, २०७८ संशोधन गरेसँगै अब उनीहरुले नन ग्रेडेड ल्याएका विषयको मात्रै परीक्षा दिए पुग्ने भएको हो ।

प्रतिकृया दिनुहोस्