काठमाडौं । नेपाल शिक्षक महासंघले एसइइ परीक्षा स्थगित भएपनि धैर्य साथ अध्ययन जारी राख्न विद्यार्थीहरुसँग आग्रह गरेको छ ।

साथै आफ्ना बाबुनानीलाई ढाडस तथा उत्साह प्रदान गरी घरमा पठनपाठनको उपयुक्त वातावरण कायम गरी दिन अभिभावकमा समेत महासंघले अपील गरेको छ ।

शुक्रवार महासंघका अध्यक्ष बाबुराम थापा र महासचिव लक्ष्मीकिशोर सुवेदीले संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै कोरोना भाइरसको सम्भावित महामारीबाट जोगिन आवश्यक तयारी र शतर्कताको लागि आ–आफ्ना स्थानमा सक्रिय रहन सवै शिक्षक तथा विद्यालय कर्मचारीहरुसँग अनुरोध गरेका हुन् ।

परीक्षाको सम्पूर्ण तयारी भइसकेको अवस्थामा अप्रत्यासितरुपमा परीक्षा स्थगित हुँदा परीक्षार्थी र तिनका अभिभावकमा निराशा पैदा भएको र अझ दुर्गम क्षेत्रमा टाढा टाढा परीक्षा केन्द्र भएका कारण, घर छाडेर परीक्षा दिन सम्बन्धित ठाउँमा पुगी सकेका विद्यार्थीलाई झन् ठूलो मर्का परेको प्रति महासंघले दुख व्यक्त गरेको छ ।

यस्तै, सहज वातावरण सिर्जना भई यथाशीघ्र परीक्षा सञ्चालन हुने कुरामा महासंघ आशावादी रहेको महासंघले जनाएको छ ।

२०७६ चैत्र ७ गते २२:१४मा प्रकाशित

प्रतिकृया दिनुहोस्