काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालयहरु बन्द गर्ने निर्णय नभएको प्रष्ट पारेको छ । साथै एसईई परीक्षा पनि तोकिएकै मितिमा सञ्चालन हुने जनाएको छ ।

पछिल्लो समय सामाजिक सञ्जालहरुमा स्कुल तथा कलेज विदा गरिएको साथै, एसईई परीक्षा नै स्थगित भएको हल्ला चलेपछि मन्त्रालयले शुक्रबार विज्ञप्ति निकालेर त्यसको खण्डन गरेको हो ।

मन्त्रालयले भनेको छ, ‘चैत्र ६ गतेदेखि हुने गरी तय भएको एसईईको परीक्षा यथावत रुपमा सञ्चालन हुनेछ । परीक्षा सरेको पन विद्यालय बन्द गरिएको जस्ता गलत सूचनाको भ्रममा नपर्न मन्त्रालयसम्बद्ध सबैमा हार्दिक अनुरोध गर्दछ ।’

स्थितिको नियमित समीक्षा र विश्लेषण भइरहेको पनि मन्त्रालयले प्रष्ट पारेको छ । शिक्षा मन्त्रालयले पनि कक्षा १ देखि ९ सम्मको वार्षिक परीक्षा चैत ५ गतेभित्र लिइसक्न सबै विद्यालयलाई भनिसकेको छ ।

२०७६ फागुन २३ गते २०:०९मा प्रकाशित

प्रतिकृया दिनुहोस्