नाम्खाका विद्यालय पुनः बन्द

Avatar photo

Byएजुकेशन पाटी

२४ भाद्र २०७७, बुधबार


सिमकोट । कोरोना महामारीका बीच निरन्तर पठनपाठन गरिरहेका जिल्लाको उत्तरी क्षेत्रको नाम्खा गाउँपालिकाका विद्यालय पुनः बन्द भएका छन् । देशमा कोरोना संक्रमण बढ्दै गएपछि उक्त गाउँपालिकाको शिक्षा समितिले विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।

विद्यालयमा धमाधम पढाइ भइरहेका बेला कोरोना संक्रमणको त्रास बढ्न थालेपछि गाउँपालिकाका सबै विद्यालयमा भदौ २४ गतेबाट बन्द गर्ने निर्णयमा समिति पुगेको उक्त गाउँपालिकाका शिक्षा शाखाका अधिकृत खेमराज शाहीले बताए ।

सो गाउँपालिका साउन ११ गतेबाट कोरोना कहरकै बिच पठन–पाठन सुरु भएको थियो । पढाइ सुरु गर्दा कोरोना प्रभाब पर्न सक्ने देखिए पछि अनिश्चितकालका लागि पठन–पाठन बन्द गरिएको उनले बताए ।

नाम्खा गाउँपालिकामा १६ वटा विद्यालय रहेका छन् । हुम्ला जिल्ला ग्रीन जोनका रुपमा रहेका बेला पढाइ सुरु भएको थियो । यद्यपि नाम्खाकै वडा नम्बर ६ को हिमालपारीको गाउँ लिमीका दुई विद्यालयमा पठन–पाठन भने भइरहेको छ ।

प्रतिकृया दिनुहोस्