सिद्धान्त यादव

हामी बाबुनानी स्कुलमा पढ्ने
हामी विद्यार्थी नयाँ कुरा सिक्ने

हामी गुरुका असल शिष्य
हामी देशका उज्ज्वल भविष्य्

हामी आमाबुवाका आज्ञाकारी सन्तान
गर्नुपर्छ हामीले ठूलाका सम्मान

असल मान्छे बन्ने हो हाम्रो लक्ष्य
देशको विकास गर्ने हो हाम्रो कर्तव्य

देशमा शान्ति हामी ल्याउने छौँ
देशको हित होस् भन्ने कर्म गर्नेछौँ

हामीमा नै छ देशको भार
हामी विद्यार्थी हौँ देशका कर्णधार

कक्षाः ६
बूढानीलकण्ठ स्कूल, नारायणस्थान, काठमाडौँ, नेपाल।

प्रतिकृया दिनुहोस्