काठमाडौं ।  अस्थायी शिक्षकहरुले आफुहरुलाई अन्याय परेको भन्दै आमरण अनशन शुरु गरेका छन् । गत असार २ गते देखि पाँचजना अस्थायी शिक्षकहरु भद्रकालीमा अनशन शुरु गरेका हुन् ।

पर्साका किसुन प्रसाद यादव,  गोरखाका जित ब. गुरुङ पर्साका सुलखा देवि यादव  बझाङका कला देवि जोशी  बाजुराका अस्थायी शिक्षक कलु केसी चार बुंदे माग राख्दै अनशन शुरु गरेका हुन् ।

विभेदकारी शिक्षक विज्ञापन खारेज गर्नुपर्ने, हालसम्मका सबै अस्थायी शिक्षकलाई स्थाय गर्नुपर्ने, हालसम्मका सम्पूर्ण विस्थापित भएका अस्थायी शिक्षकलाई साविक पदमै स्थापित गर्नुपर्ने, सम्पूर्ण अस्थायी सेवा गणना गर्नुपर्ने लगायका मागहरु राखी अस्थायी शिक्षकहरु आन्दोलित भएका हुन् । आफ्ना मागहरु पुरा नभएसम्म आन्दोलन जारी रहने उनीहरुले स्पष्ट पारेका छन् ।

अस्थायी शिक्षक केन्द्रिय अन्दोलन परिचालन समितिका संयोजक विन्दा कुमार दासले आफुहरु सिंहदरवारकै अगाडी आमरण अनशन बस्दा समेत सिंहदरवारले अझै चासो नदिएको भन्दै बरु आफुहरु मर्न तयार रहेको तर माग पुरा नभइ आन्दोलन नछाड्ने बताए ।

२०७४ असार ४ गते २३:३६मा प्रकाशित

प्रतिकृया दिनुहोस्