जिउँदो शालिकप्रति सम्मान

Avatar photo

Byएजुकेशन पाटी

२४ आश्विन २०७७, शनिबार
अर्जुन प्रकाश भुसाल

एक नयाँ सम्भावनाको भारी बोकेर
प्रत्येक निश्पट रात चिर्दै मिर्मिरे पछी
देखिएका किरणहरु सँगै तिम्रो आगमन र
मन्द मन्द गतिमा बहकिरहने तिम्रो आभाष
तिम्रो समिपमा हुँदा मात्र थाहा हुन्छ ।

आज तिमी किन हठ गर्यो र बौलायौ ?
तिमीले नै देख्नु पर्ने क्षितिज पारीको आशा,
कालो बादलमा रहेको चाँदीको घेरा,
निन्यारो उदास अधर भित्रको अनयास मुस्कान,
तिमी किन हठ गर्यो र बौलायौ ?

आज म तिम्रो नजिक रहन मन लाग्यो,
तिम्रो मनको चाल, भावनाको छाल
र तिम्ले देखेको सम्भावनाको अथाह हाल
जान्न मन लाग्यो,
तिमी धेरै पट्क सहीद भयौ ।

अफसोच, अझै श्वास लिएको सुन्छु,
नजर यता उता घुमाएको देख्छु,
फेरि पनि तिमी किन हठ गर्यो र बौलायौ ?
ईतिहास तिमीले नै सिकायौ,
क्षितिज पारिको किरण तिमीले नै देखायौ
हो त, द्वापर युगमा भिष्मपितामहको हठ्ले
धर्म युद्ध जन्मायो, थाहा छ तिमीलाई‘
जहाँ धृतराष्ट्र जस्ता शासक थिए ।
तिमी किन हठ गर्यो र बौलायौ ?

हठ त नेल्शन मन्डेलाले पनि गरे
समानता र मानवताका लागि,
महात्मा गान्धीले पनि त गरे
स्वतन्त्र र स्वाभिमानका लागि,
पृथ्वीनारायण शाहको हठ्ले
राष्ट्र बलियो भयो र स्वतन्त्र पनि,
गौतम बुद्धको हठ्ले
जन्मियो एउ्टा नया दर्शन, नयाँ विचार ।
तिमी किन हठ गर्यो र बौलायौ ?

ताप्लेजुङ होस् या जुम्ला, हुम्ला, दार्चुला
अनि डोल्पा लगायत क्षेत्रको उन्नयनका लागि ?
अती गर्यो तिमी चुपचाप रहेर पनि भोकै बसेरै
सर्वत्र थर्कमान, त्राहिमाम र कोलाहल ।
आखिर के को लागिः स्वास्थ्य, शिक्षा, समृद्धी
सुशान र कानूनी राज्य तथा भ्रष्ट्रचारको विरोध
तथा समान नागरीक अधिकार आदी !

हो, नयाँ हस्तिनापुर बनाउनु छ कान्तीपुरी नगरी
तिमीलाई मेरो पनि साथ, सहयोग र सम्मान ।

-शान्तिनगर, काठमाडौं

प्रतिकृया दिनुहोस्