काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले तयार पारिरहेको शिक्षा ऐनको मस्यौदामा शिक्षक तथा विद्यालय कर्मचारीका लागि सहुलियतपूर्ण उपचारका लागि शिक्षक अस्पतालको स्थापना गर्ने व्वस्था गरिएको छ ।

नेपाल शिक्षक महासंघले लामो समय देखि शिक्षक अस्पतालको माग गर्दैै आएको थियो । मन्त्रालयले शिक्षा ऐनको मस्यौदामा शिक्षक महासंघको सो माग सम्बोधन गरेको हो ।

यस्तै, मस्यौदामा शिक्षक अस्पताल निर्माण नभएसम्मका लागि सातवटा प्रदेशमा रहेका सरकारी अस्पतालहरुमध्ये कुनै अस्पतालमा शिक्षक तथा विद्यालयलाई सहुलियत दरमा उपचार गर्ने व्यवस्था मिलाइने उल्लेख गरिएको छ ।

हाल निजामति कर्मचारी, नेपाली सेना ,नेपाल प्रहरीका लागि छुट्टै अस्पतालको व्यवस्था छ ।

२०७६ माघ ५ गते १९:४८मा प्रकाशित

प्रतिकृया दिनुहोस्