काठमाडौं । माध्यमिक शिक्षा परीक्षा(एसईई)को परीक्षाफल प्रकाशित हुने अनिश्चित भैरहेको अवस्थामा राजधानी लगायत देशका केही माध्यमिक विद्यालयल प्रि अनलाईन रजिष्ट्रेशनको नाममा कक्षा ११ को भर्ना प्रकृया शुरु गरिरहेका छन् । राजधानीका कहलिएका जिरो प्लसटु र केही माविले आफ्नो वेव साइटमा अनलाईन प्रि रजिष्ट्रशन शुरु गरिसकेका छन् ।

परीक्षाफल प्रकाशित नहुदै भर्ना प्रकृया शुरु गर्न मिल्छ त ? भन्ने प्रश्नमा अधिकांस विद्यालय सञ्चालकको भनाई थियो–यो त कति विद्यार्थीले फारम भर्छन भन्ने विषयको मुल्याङकन मात्र भएको दाबी गरेको छ । अधिकांस राजधानीका माविले अनलाईन भर्ना आब्हान गरेका छन् । परीक्षाफल प्रकाशित नभै भर्ना लिन नहुने सरकारी मान्यतालाई बिर्सदै मनपरी रुपमा भर्ना थालेका छन् ।

पछिल्लो समय तीन महिनाको विभिन्न शुल्क सहित एक लाख रुपिया भन्दा बढी शुल्क बुझाउन अभिभावकलाई दवाब दिने ललितपुर खुमलटारको प्रिमियर स्कुलले कक्षा ११ को लागि प्रि रजिष्ट्रेशन खुला गरेको छ । प्रिमियर इन्टरनेशनल आइबी वल्र्ड स्कुलको नाममा वेवसाइटमा फारम र फेसबुकमा विज्ञापन गरेको छ ।

विशेषगरी राजधानीका ठुला भनिएका र राजनीतिक पहँुच बोकेका विद्यालयले प्रि अनलाईन रजिष्ट्रेशन खुला गरेका छन् । बत्तिसपुतलीको गोल्डेनगेट, वागबजारको केएमसि, कोटेश्वरको सिसिआरसी, कमलादीको युनिग्लोब लगायतका विद्यालयले अनलाईन रजिष्ट्रेशन खुला गरेका छन् । सिसिआरसीले इ सर्भिसबाट १ सय २५ रुपिया तिरेर फारम लिन समेत सुचना जारी गरेको छ ।

उपत्यकामा कोरोना संक्रमण बढीरहेको अवस्थामा दुर दराज र घरमा बसेर तनाव झेलिरहेका विद्यार्थी अनलाईन रजिष्ट्रेशन गर्नुपर्ने व्यवस्थाले गर्दा थप तनाब पुगेको छ ।कोभिड–१९ को संक्रमण देखिनासाथ सरकारले माग गरेको अवस्थामा ५ हजार कक्षा कोठामा क्वारेन्टिन बनाउन दिने बचन दिएको हिसानले हालसम्म एउटा कोठापनि दिन सकेको छैन ।

सरकारलाइ कक्षाकोठा दिएर सहयोग गर्न नसक्ने र कक्षा १२ को कक्षा शुरु गर्न नसक्ने विद्यालयले विद्यार्थी संकलन गरेर आर्थिक अवस्था धरासायी भएका अभिभावकसंग दाम कमाउन भर्ना प्रकृया शुरु गरेका छन् । भर्ना प्रकृया शुरु गरेपछि राजधानीका दुई महानगपालिका शिक्षा शाखाले तत्काल अनलाईन रजिष्टे«शन रोक्न आग्रह गर्ने भएका छन् ।

काठमाडौं महानगरपालका शिक्षा शाखा प्रमुख मोती खनालले मनपरी रुपमा अनलाईन रजिष्ट्रेशन खुला गरेर भर्ना प्रकृया शुरु गर्ने विद्यालयमाथि कारबाही गर्ने बताउनुभयो । भन्नुभयो–विभिन्न उच्च सरकारी निकायबाट रजिष्ट्रशन खेला गरेको विषयमा मौखिक उजुरी दिइरहेका छन् , हामीले केही विद्यालयलाई परीक्षाफल प्रकाशित नभै अनलाईन प्रि रजिष्ट्रेशनको नाममा भर्ना गर्ने प्रकृया रोक्न निर्देशन दिइसकेका छौ ।

विद्यालय तहको शिक्षा हेर्ने जिम्मा पाएको स्थानीय तह कामपाले निर्णयको वेवास्ता गरे कारबाही प्रकृया अघि बढाउने चेतावनी दिएका छन् ।राष्ट्रिय परीक्षा बोर्डमा दर्ता भएको आधारमा सञ्चालित भएका जिरो प्लस टु र १–१२ तह सञ्चालन गरीरहेका विद्यालयले मनपरी अनलाईन रजिष्ट्रेशनको बारेमा कामपाले गम्भीर छलफल गर्ने विभागले जनाएको छ ।

परीक्षाफल प्रकाशित नहुदै अनलाईन रजिष्ट्रेन खुला गरेको विषयमा रापबोर्डले कामपा शिक्षा विभागलाई जानकारी गराएको थियो । नयाँ शिक्षा ऐन नआएको यस्ता विद्यालयलाई कस्तो कारबाही गर्ने भन्ने विषयमा निर्णय गर्न समस्या भएको खनालको भनाई छ । उहाले कसैले उजुुरी दिए लिखित स्पष्टीकरण सोधेर कारबाही गर्ने बताउनुभयो ।

ललितपुर महानगरपालिका शिक्षा शाखा प्रमुख महेन्द्र क्षेत्रीले अनलाईन रजिष्ट्रेशन खुला गरेको विषयमा महानगरमा उजुरी अँउको बताउदै यस विषयमा छानविन भैरहेको बताउनुभयो । उहाले भन्नुभयो–परीक्षाफल प्रकाशित नै नभएको अवस्थामा कसरी रजिष्ट्रेशन गर्न मिल्छ ? नमिल्ने विषयमा जबरजस्ती गर्ने विद्यालयमाथि कारबारी गर्नेछौ ।

उहाले केही विद्यालयलाई अनलाईन रजिष्ट्रेशन खुला गर्नन निर्देशन दिइसकेको बताउनभयो । अहिले हाम्रो काम त लकडाउनको समयमा विद्यालयले शुल्क माग गरेको र ठुला माविले कक्षा ११ को अनलाईन रजिष्ट्रेसन खुला गरेको उजुरी आउने गरेको बताउनुभयो ।
हामीले यो कुरा स्पष्ट पारेका छौ कि परीक्षाफल प्रकाशित नगरी अनलाईन कक्षा सञ्चालन गर्ने जस्तोसुकै विद्यालयलाई कारबाही गर्नेछौ ।

सरकारले बिसं २०७६ सालको एसईई परीक्षा खारेज गरी विद्यालयलाईनै अन्तिम मुल्याङकन गरी शिक्षा समन्वय इकाइमा पठाउने र इकाइले विद्यार्थीको प्राप्ताङक प्रमाणित गरी रापबोर्डमा पठाउने र बोर्डले अक्षराङक प्रणालीमा परीक्षाफल प्रकाशित गर्ने व्यवस्था गरेको छ ।

बोर्डले साउनको दोस्रा ेसाता परीक्षाफल प्रकाशित गर्ने तयारी गरिरहदा राजधानीका केही विद्यालयले अनलाईन रजिष्ट्रेशन गरी भित्रभित्रै भर्ना प्रकृया थालेका छन् ।१–१२ सञ्चालन भएका केही विद्यालयले त आफ्नै विद्यालयका १२ कक्षा सम्म पढ्नैपर्ने गरी उर्दी जारी गरेको छ । केही जिरो प्लस टुले त अनलाईन रजिष्ट्रशेन गरी परीक्षाफल प्रकाशित हुनु अघिनै भर्ना गरिसक्ने योजना बनाएका छन् ।

बोर्डको परीक्षाफलको प्रतिक्षामा रहेका केही विद्यालयले अनलाईन वा अन्य कुनै माध्यमबाट प्राप्ताङक अनाएसम्म भर्ना प्रकृया शुरु नगर्ने अडानमा छन् । सबै मावि तहको विद्यालयको संगठन हिसानका अध्यक्ष रहनुभएका सिलवालले भने आफुले कुनै गल्ती नगरेको र अनलाईन रजिष्ट्रसनको सुचना नहटाउने जिकीर गर्नुभएको छ ।

सूचना राख्दा मिडियालाई सोध्नुपर्ने ?
हिसान अध्यक्ष रमेश सिलवाल

हिसानका अध्यक्ष रमेश सिलवालले कहाबाट कति विद्यार्थी आउन सक्छन भन्ने उद्धेश्यले आफ्नो वेवसाइटमा अनलाइन रजिष्ट्रेशन खुला गरेको बताउनुभयो । हिसानका पदाधिकारी र अन्य सदस्यलाई सरकार वा स्थानीय तहले निर्णय नगरेसम्म भर्ना प्रकृया शुरु नगर्न सल्लाह दिनुपर्ने अध्यक्ष सिलवालले नियम विपरित अनलाइन रजिष्ट्रेशन खुला गर्नुभएको छ ।

तपाई त हिसानको अध्यक्ष, अहिले नै भर्ना प्रकृयाको नाममा अनलाईन रजिष्ट्रेशन खुला गर्न आवश्यक छ त ? भन्ने प्रश्नमा उहाको उत्तर थियो– हामीले कस्तो विज्ञापन राख्ने ? भन्ने विषयमा मिडियालाई सोध्नुपर्छ ? भन्ने जवाफ दिनुभयो । कानुन अनुसार चल्नुपर्ने वकालत गर्ने अध्यक्ष सिलवालले आफ्नै विद्यालयले भर्ना प्रकृया शुरु गर्ने सही प्रकृया हो त ? भन्ने प्रश्नमा उहाले भन्नुभयो– के गर्ने भन्ने विषयमा हामीलाई पनि जानकारी हुन्छ यो विषयमा कसैलाई भन्नुपर्ने अवस्था हुदैन ।

गोल्डेनगेटले कहिलेपनि विद्यार्थीको फोटो राखेर विज्ञापन नगरेको बताउने हिसान अध्यक्ष सिलवालले अनलाईन रजिष्ट्रेसनको सूचना जारी गर्दा पुर्व विद्यार्थी नवाज अन्सारीको नाम फोटो राख्नुभएको छ । विद्यार्थी लोभ्याउन कै लागि उहाले आइओएम र विपि कोइराला स्वाथ्य विज्ञान प्रतिष्ठानका २०७६ सालको टपर विद्यार्थी नावाजको फोटो राखेर विज्ञापन गर्नुभएको छ । यसअघि सो उमाविले विज्ञापन गर्दा कहिलेपनि विद्यार्थीको फोटो राख्ने गरेको थिएन ।

उहाले भन्नुभयो–भर्ना खुला गरेको सूचना जारी गर्दा त कहिलेपनि विद्यार्थीको फोटो राखिन । तर अहिले अनलाईन रजिष्ट्रेशन गर्दा विद्यार्थीको फोटो राखिएको छ ।‘सिबिएसी र ए लेभलको भर्ना खुला गर्दा कुनै समस्या नपर्ने तर अनलाईन रजिष्ट्रशेनको सूचना जारी गर्दा समस्या पर्ने यो विचार गलत हो– उहाको धारणा थियो ।

शिक्षा निति र विभिन्न नियम , कार्यविधि निर्माणगर्दा आफ्नो सहभागिता रहने गरेको दाबी गर्नुहुने अध्यक्ष सिलवालले नियम विपरित अनलाईन रजिष्ट्रेशन खुला गर्दा नियम मिचेको मानिदैन त ? भन्दा उहाको उत्तर थियो यस्तो सूचना जारी गर्दा हामीले तपाईहरुलाई भन्नु पर्ने हो र ।

उहाले कस्तो नियम छ भन्ने विषयमा नसिकाउन आग्रह गर्दै भन्नुभयो –हामीले भर्ना खुला गरेको होइन यस्तो सूचना राख्दा हुनै फरक पदैन । हिसानका अन्य पदाधिकारीको भनाई भने फरक छ । सरकारले निर्णय नगरेसम्म कुनै किसिमको अनलाईन मार्फत प्रि रजिष्ट्रेशनको सुचना जारी गर्नु हुदैन । अधिकांस सञ्चालकले अध्यक्षले नै नियम उलंघन गरेको आरोप लगाएका छन् ।

अध्यक्ष सिलवालले विराटनगर लगायतका केही स्थानका विद्यालयले भर्ना प्रकृया थाल्दा कुनै असर नपर्ने तर हामीले सूचना जारी गर्दा समस्या पर्ने भन्ने विषय गलत भएको दाबी गर्नुभयो ।

ईश्वरराज ढकालले नेपाल समाचारपत्रमा खबर लेखेका छन् ।

प्रतिकृया दिनुहोस्