काठमाडौं । शिक्षा मन्त्रालयले गत सोमबार नै गठन गरिएको उच्च स्तरीय शिक्षा आयोगको सदस्यहरुको नामावली सार्वजनिक गरेको छ । गत सोमबार बसेको मन्त्रिपरिषदको बैठकले उपप्रधान तथा शिक्षामन्त्री गोपालमान श्रेष्ठको अध्यक्षतामा अयोग गठन गरेको थियो ।

शिक्षा मन्त्रालयले गत मंगलबार नै आयोग गठन बारे जानकारी दिने तयारी गरेपनि आन्तरिक बिबादका कारण ढिलोगरी सर्वजनिक गरिएको हो । बिहीबार मन्त्रालयका प्रवक्ता डा. हरी प्रसाद लम्सालले विज्ञप्ति जारी गरी आयोग गठनको निर्णय औपचारिक रुपमा सार्वजनिक गरेका हुन् ।

विज्ञप्तीमा मन्त्रिपरिषद्को भदौ १९ गतेको निर्णय अनुसार उच्चस्तरीय शिक्षा आयोग र उच्चस्तरीय कार्यदल गठन भएको स्वीकारिएको छ । विज्ञप्तीमा जनाइए अनुसर उक्त आयोगलाई ५ महिना भित्र सुझाव पेश गर्ने गरी समयावधि तोकिएको छ ।

शिक्षाविद् तथा विज्ञहरुलाई नेतृत्व दिनुको सट्टा शिक्षामन्त्री नै सर्वेसर्वा हुनेगरी आयोग गठन भएको छ । यस अघि गठन भएका आयोगहरुमा समेत शिक्षामन्त्रीलाई सर्वेसर्वा बनाइदै आइएको थियो । अस्थायी शिक्षकका पक्षमा ऐनसंशोधन प्रक्रिया अगाडी बढाएर आलोचित भएका शिक्षामन्त्रीले आलोचना केही कम गर्न साथै काम गरेको देखाउनका लागि मात्रै आयोग गठन गरेको जस्तो देखिएको छ । किन भने आयोगका सदस्य र आकार हेर्दा यसले नेपालको शैक्षिक मार्गनिर्देश गर्नेमा भने शंकै देखिन्छ ।

शिक्षामन्त्रालयले शिक्षा मन्त्री श्रेष्ठको अध्यक्षतामा आयोग र पूर्व सचिव विद्याधर मल्लिकको संयोजकत्वमा कार्यदल गठन गरेको हो । यसले प्रारम्भिक बाल शिक्षादेखि विश्वविद्यालय शिक्षा सम्मको समग्र नीति निर्माण देखि कार्यक्रम कार्यान्वयन तहसम्मको अध्ययन एवं विश्लेषण गरी मुलुकको संघीय संरचना (संघ, प्रदेश र स्थानीय तह) अनकूल शिक्षा नीति कार्यक्रम र संगठनात्मक स्वरुपको सुधार एवं परिमार्जन गर्ने जनाइएको छ । शिक्षा क्षेत्रमा विद्यमान समस्या पहिचान गरी तत्काल गर्नु पर्ने कामहरु सिफारिस गर्ने र संघीयतामा गर्नु पर्ने दिर्घकालिन सुधारको मार्गचित्र तयार गरी प्रतिवेदन पेश गर्न भन्दै उच्चस्तरीय कार्यदल गठन गरिएको जनाइएको छ ।

यी हुन् आयोगका सदस्यहरु

अध्यक्ष– शिक्षामन्त्री गोपालमान श्रेष्ठ
सदस्य–राज्यमन्त्री शेषनाथ अधिकारी
सदस्य – महिला वालबालिका तथा जेष्ठ नागरिक समितिको सभापति रञ्जु झा
सदस्य– सांसद प्रा.डा. गणेशमान गुरुङ
सदस्य– सांसद डा. गंगालाल तुलाधर
सदस्य– सांसद धनीराम पौडेल
सदस्य– सांसद जीवन परियार
सदस्य– सांसद उमेश श्रेष्ठ
सदस्य– सांसद गीता राणा
सदस्य– सांसद डा. शिवजी यादव
सदस्य– सांसद जगीलाल राय यादव
सदस्य– सांसद रुक्मिणी चौधरी
सदस्य– सांसद सुरेश आचार्य
सदस्य– सांसद भक्त खपाङ्गी
सदस्य– सांसद तेजकुमारी पौडेल
सदस्य– शिक्षाविद् प्रा. केदारभक्त माथेमा
सदस्य– शिक्षाविद् प्रा.डा. सुरेशराज शर्मा
सदस्य– शिक्षाविद् प्रा.डा. मनप्रसाद वाग्ल
सदस्य– शिक्षाविद् प्रा.डा. विद्यानाथ कोइराला
सदस्य– शिक्षाविद् प्रा.डा. वासुदेव काफ्ले
सदस्य– शिक्षाविद् प्रा.डा. मिनबहादुर विष्ट
सदस्य– शिक्षाविद् प्रा.डा. विनय कुसीयत
सदस्य– शिक्षाविद् प्रा.डा. प्रेमनारायण अर्याल
सदस्य– शिक्षाविद् प्रा.डा. टंकनाथ शर्मा
सदस्य– शिक्षाविद् डा. सुशन आचार्य
सदस्य– शिक्षाविद् डा. पशुपति रेग्मी
सदस्य– शिक्षाविद् ई. ध्रुवराज थापा
सदस्य– शिक्षाविद् बुनु जोशी
सदस्य– शिक्षाविद् बद्रीनाथ श्रेष्ठ
सदस्य– शिक्षाविद् राजेश खड्का
सदस्य– शिक्षाविद् चिरञ्जिवी भण्डारी
सदस्य– शिक्षाविद् गोविन्द कर्मचार्य
सदस्य– राष्ट्रिय योजना आयोगमा शिक्षा हेर्ने सदस्य
सदस्य– विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष
सदस्य– त्रिभुवन विश्वविद्यालयका उपकूलपति
सदस्य– नेपाल संस्कृत विश्वविद्यालयका उपकूलपति
सदस्य– काठमाडौं विश्वविद्यालयका उपकूलपति
सदस्य– मध्यपश्चिम विश्वविद्यालयका उपकूलपति
सदस्य– खुला विश्वविद्यालयका उपकूलपति
पदेन सदस्य– शिक्षा मन्त्रालयका सचिव
सदस्य– अर्थ मन्त्रलयका सचिव
सदस्य– स्थानीय विकास मन्त्रलयका सचिव
सदस्य– शिक्षक सेवा आयोग
सदस्य– त्रिवि सेवा आयोग
सदस्य– राष्ट्रिय परीक्षा बोर्ड
सदस्य– उद्योग बाणिज्य महासंघका अध्यक्ष
सदस्य– सिटिईभिटिका उपाध्यक्ष
सदस्य– प्रध्यापक संघ
सदस्य– हिसान
सदस्य– प्याव्सनका अध्यक्ष
सदस्य– एन प्याव्सनका अध्यक्ष
सदस्य– नेपाल शिक्षक संघ
सदस्य– नेपाल राष्ट्रिय शिक्षक संगठन
सदस्य– एकीकृत अखिल नेपाल शिक्षक संगठन
सदस्य– कक्षा ११ र १२ का शिक्षक मध्येबाट २,
सदस्य– सामुदायिक विद्यालयका प्रअ मध्येबाट २
सदस्य– अभिभावक संघ नेपाल
सदस्य– राष्ट्रिय अभिभावक संघ
सदस्य– विद्यालय ब्यवस्थापन समिति मध्येबाट २
सदस्य सचिव–सहसचिव डा. हरिप्रसाद लम्साल

उच्चस्तरीय कार्यदलका सदस्यहरु

संयोजक– विद्याधर मल्लिक
सदस्य– शिक्षा सचिव शान्तबहादुर श्रेष्ठ
सदस्य– प्रा.डा. मनोहरलाल श्रेष्ठ
सदस्य– प्रा.डा. श्रीरामभक्त माथे
सदस्य–प्रा.डा. अमुदा श्रेष्ठ
सदस्य– श्रीकृष्ण यादव
सदस्य– जनार्दन नेपाल
सदस्य– महाश्रम शर्मा
सदस्य– सोम पनेरु
सदस्य सचिव–सहसचिव डा. हरिप्रसाद लम्साल

२०७४ भदौ २२ गते ०९:५२मा प्रकाशित

प्रतिकृया दिनुहोस्