काठमाडौं । शिक्षक सेवा आयोगले निम्न माध्यमिक तहका लागि खुला प्रतियोगिताबाट शिक्षक पदपूर्तिका लागि विज्ञापन आह्वान गरेको छ ।आगामी माघ ६ गतेसम्म दरखास्त दिन पाइने छ । यो पनि अनलाइन माध्यमबाट नै फाराम भर्न सकिने जनाइएको छ ।

यस्तो छआवेदन भर्ने तरिका

– शुरुमाआवश्यक  कागजात तयार पार्नुपर्छ । (प्रष्ट देखिने गरी तस्बिर खिचेर वा स्क्यान गरेर राख्नुपर्ने हुन्छ )

– त्यसपछि आयोगको online.tsc.gov.np (अनलाइन डट टीएससी डट जीओभी डट एनपी)मा लगइन गर्नुपर्छ ।

-लगइन गरेपछि त्यहाँ एकाउन्ट लगइन/रजिष्टर देखाउँछ । ईमेल ठेगाना र पासवर्ड देखाउँछ ।

-त्यसले मागेको कुरा उल्लेख  गरेपछि लगइन हुन्छ ।

-त्यसपछि छ डिजिटको ओटीपी (वान टाइम पासवर्ड) आउँछ ।

-त्यो राखेपछि भेरिफाइ भएको भन्छ र त्यहाँभित्र पस्न अनुमति पाइन्छ।

-त्यसपछि लगातार मागेका व्यक्तिगत विवरणदेखि अनुभवका कुरा  भर्दै जानुपर्छ ।

-व्यक्तिगत विवरणमा नाम, बीचको नाम र थर, लिङ्ग, जन्ममिति, नागरिकता नम्बर, नागरिकता जारी भएको स्थान, विषय भर्नुपर्ने हुन्छ ।

-स्थायी ठेगानामा प्रदेश, जिल्ला, स्थानीय तह र वडा नम्बर भर्नुपर्छ ।

-सम्पर्क ठेगानामा पनि स्थायी ठेगानामा जस्तै प्रदेश लगायतका विवरण भर्नुपर्ने हुन्छ ।

-अध्यापन अनुमतिपत्रसम्बन्धी विवरणमा अध्यापन अनुमतिपत्र प्राप्त तह, त्यसको प्रकार, त्यसको क्रम सङ्ख्या, त्यसको प्राप्त मिति र आयोगले निर्णय गरेको मिति उल्लेख गर्नुपर्छ ।

-कार्यरत अघिल्ला विद्यालयको विवरण, न्यूनतम शैक्षिक योग्यताको विवरण, तालिम विवरण, कागजातहरु आदि भर्नुपर्ने हुन्छ ।

-नागरिकता, शैक्षिक योग्यताको प्रमाणपत्र, अध्यापन अनुमतिपत्र, तालिमको प्रमाणपत्र, समावेशी समूह खुल्ने कागजातको जेपीजी फम्र्याटमा तस्बिर राख्नुपर्छ । तस्बिर २०० KB आकारको हुनुपर्छ ।

– यति विवरण भरेपछि स्वतः भौचर प्राप्त हुन्छ र त्यसलाई प्रिन्ट गरेर बैँकमा राजश्व तिर्न जानुपर्ने हुन्छ ।

-नेपाल बैँक लिमिटेड वा राष्ट्रिय वाणिज्य बैँकमध्ये कुनै एक बैँकमा गई राजश्व तिर्न सकिने सुविधा दिइएको छ ।

-रकम भुक्तानी गरेको करिव १५ मिनेटमा रेस्पोन्स आउँछ ।

-श्यामश्वेत प्रवेशपत्र प्राप्त हुन्छ । त्यसलाई प्रिन्ट गरेर परीक्षाका बखत ल्याउनुपर्छ ।

-त्यसरी प्रिन्ट गरिएको प्रवेशपत्रले अन्तर्वार्तासम्मलाई काम लाग्ने भएकाले सुरक्षित राख्नुपर्छ ।

प्रतिकृया दिनुहोस्