काठमाडौं । शिक्षक सेवा आयोग सानोठिमी भक्तपुरले गत फागुन १६ गते प्रकाशित माध्यमिक तहको स्थायी अध्यापन अनुमति पत्र(शिक्षक लाइसेन्स) परीक्षाको पुनर्योग नतिजा सार्वजनिक गरेको छ ।

आयोगले गत फागुन १६ गते प्रकाशित नतिजामा चित्त नबुझी पुनर्योगको आवेदन दिएका प्रदेश १,२, बागमती र गण्डकी प्रदेशका उम्मेदवारहरुको पुनर्योगको नतिजा सार्वजनिक गरेको हो ।

आयोगको नतिजा अनुसार पुनर्योगका लागि आवेदन दिएका २४१ जनामध्ये ११ जनाको नतिजामा सुधार भएको छ । पहिले अनुत्तीर्ण उनीहरु पुनर्योग पछि उत्तीर्ण भएका छन् ।

हेर्नुहोस् नतिजा

प्रतिकृया दिनुहोस्