काठमाडौ । सरकारले विद्यालय भर्ना र परीक्षा सञ्चालनको बाटो खुला गरिदिएको छ । तर, विद्यालय भने तत्काल सञ्चालन नहुने भएको छ ।

नोवेल कोरोना भाइरस (कोभिड–१९) महामारीका कारण स्थगित विद्यार्थी भर्ना र परीक्षा १ भदौदेखि सञ्चालन गर्न पाइने भएको हो । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले ‘विद्यार्थी भर्ना, शैक्षिक र अन्य परीक्षा सञ्चालन’ गर्न दिने निर्णय गरेको सूचना तथा सञ्चार प्रविधि मन्त्री डा. युवराज खतिवडाले बताए ।

तर यसरी भर्ना र परीक्षा सञ्चालन गर्दा जनस्वास्थ्य तथा सुरक्षा मापदण्ड भने अनिवार्य रुपमा पालना गर्नुपर्ने मन्त्री खतिवडाले जानकारी दिए ।

विद्यालय, कलेज, ट्युसन सेन्टर, तालिम केन्द्र जस्ता शैक्षिक संस्थाहरू भने अर्को सूचना प्रकाशित नभएसम्म खोल्न नपाइने मन्त्रिपरिषद् बैठकको निर्णय छ ।

यो सँगै अब कोरोना भाइरसको कारण स्थगित कक्षा १२ र विश्वविद्यालयका परीक्षा सुचारु हुने भएका हुन् । सकारले कक्षा १० को एसईई र कक्षा ११ को परीक्षा विद्यालयको आन्तरिक मूल्याकनका आधारमा गर्ने निर्णय गरिसकेको छ ।

प्रतिकृया दिनुहोस्