सल्यान । शारदा नगरपालिका–१, सितलपार्टीस्थित शिवजन माविले कक्षा ११ को वार्षिक परीक्षा स्थगित गरेको छ । कोरोना संक्रमणको जोखिम बढेको भन्दै स्थानीय प्रशासनले श्रीनगर बजार सिल गरेपछि विद्यालयले परीक्षा स्थगित गरेको हो । जिल्लाका अन्य विद्यालयले भने २१ गतेदेखि नै परीक्षा सञ्चालन गरेका छन् ।

श्रीनगरमा गत शनिबार कोरोना संक्रमणबाट १ जनाको मृत्यु भएपछि आइतबारदेखि बजार सिल गरिएको छ । कोरोनाका कारण बजार सिल भएपछि अर्को सूचना प्रकाशित नहुँदासम्मका लागि परीक्षा स्थगित गरिएको विद्यालयका प्रधानाध्यापक हिरालाल नेपालीले बताए । उनका अनुसार अन्य कक्षाको पढाइ पनि अनिश्चितकालका लागि बन्द गरिएको छ ।

विप्लव महर्जनले कान्तिपुरमा खबर लेखेका छन् ।

प्रतिकृया दिनुहोस्