हामी किन पढ्छौं ?

Avatar photo

Byएजुकेशन पाटी

२४ जेष्ठ २०७७, शनिबार

हर कसैको किताब, पत्रपत्रिका, रिसर्च पेपर या अन्य सामग्री पढ्नुको आ–आफ्ना कारण रहेका हुन्छन् । यो साझा पनि हुन सक्छ । पढ्नुको धेरै फाइदाहरु छन् । पढ्नाले हामीलाई ज्ञान, जानकारी, सूचना तथा बुझाई मिल्दछ । यसले मस्तिष्कको सम्झने शक्तिको समेत विकास हुन्छ ।

पढ्नुको फाइदाहरु के–के छन् ?
पढ्नाले हाम्रो कल्पना–शक्ति राम्रो हुन्छ । आलोचनात्मक चिन्तन एवं लेखन कौशलको विकास हुन्छ । तपाइको पनि पढ्नुको कारण के–के छन् ? हामीसँग आदानप्रदान गर्न सक्नुहुन्छ । एकजना अधिवक्ता आफ्नो पढ्नुको कारण यसरी व्यक्त गर्नुहुन्छ ।

१. सिक्नका लागि
२. योजना बनाउनका लागि
३. आफ्नो विश्वासलाई वैधता प्रदान गर्नका लागि
४. यो जान्नका लागि कि म एक्लै छैन
५. नयाँ विचार खोज्नका लागि
६. आन्तरिक रूपबाट प्रेरित हुनका लागि
७. सोच्न, सिक्नका लागि
८. सिक्न योग्य बन्नका लागि
९. सपना देख्न साहस जुटाउनका लागि
१०. साहसी बन्नका लागि
११. आशाका लागि
१२. आफ्ना धारणा मजबूत बनाउनका लागि
१३. लेख्न, सिक्नका लागि
१४. प्रेम गर्नका लागि

-एजेन्सी

प्रतिकृया दिनुहोस्