हरेक लेख र विचारहरुमा शिक्षक, विद्यार्थी, शिक्षा नीति र कक्षाकोठाको वातावरणका बारेमा मात्रै चर्चापरिचर्चा हुने गर्छ । यस्तोमा हामीलाई लाग्यो कि शिक्षक, प्रशिक्षकहरुका लागि पनि एउटा लेख तयार पारौं ।

प्रायः मान्छेहरु प्रश्न गर्छन, कि हामी विद्यालय जाने तयारी कसरी गर्नुपर्छ ? प्रधानाध्यापकहरुसँग कसरी र कस्ता कुराकानी गर्नुपर्छ ? शिक्षकका प्रश्नहरुका कस्तो उत्तर दिनुपर्ला ? यदि कोही एकदमै आक्रमक तरिकाले कुरा गर्छन् भने हामीले के गर्नुपर्ला ?

हरेक प्रश्न छन् जरुरी
विद्यालय जान अगाडि सम्भावित प्रश्नहरु र त्यसका जवाफको बारेमा पहिल्यै विचार गर्नुहोस् । विद्यालयमा प्रधानाध्यापकका साथै अन्य बाँकी शिक्षकहरुसँग भेट्नुहोस् । यसले उनीहरुलाई लाग्ने छैन कि तपाईले उनीहरुलाई देखेर पनि नदेखे झैं गरिरहनुभएको छ । आफ्ना कुराहरुलाई राम्रोसँग प्रस्तुत गर्नुहोस् । कुनैपनि खाले नकारात्मक प्रश्न वा कमेन्ट गर्न छाडिदिनुस् । यदि कुनै शिक्षकले कुनै नीतिगत समस्याको दावी गरिरहेको छ भने तपाईंले केवल सुन्नु मात्रै पर्छ । यसमा तपाईंले आफ्नो राय व्यक्त नगर्नु नै उपयुक्त हुन्छ । यसले तपाईंको ध्यान विद्यालय प्रतिको मुख्य उद्देश्य बाट हेट्ने छैन ।

आफ्ना काम रुचीपूर्वक गर्नुस्
तपाईंले जुन योजना बनाउनुहुन्छ त्यसको कार्यान्वयन गर्नुहोस् ।  तपाईं विद्यालयमा कुनैपनि आकस्मिक या नयाँ गतिविधि नगर्नुस् । बालबालिकाहरुसँग कुराकानी गर्न पहिल्यै तयारी गर्नुस् । ताकी बालबालिकासँग सिधै सम्वादका क्रममा सहज रहोस् । सबै बालबालिकालाई गतिविधिमा सहभागी हुने मौका दिनुहोस् । यसले शिक्षकमा यस कुराको भरोसा हुनेछ ताकि तपाईंलाई यो काम मा रुची छ र तपाईं आफ्नो काम केवल औपचारिकता या देखाउनका लागि गरिरहनुभएको छ ।

तपाईं जे भन्नुहुन्छ, गरेर देखाउनुस
बालबालिकासँग कुनै गतिविधि गर्ने समयमा यदि उनीहरु तपाईंको कुरा सुन्दैनन् । मनोमानी गर्छन् भने उनीहरुलाई सहजरुपमा सम्झाउने कोशिश गर्नुहोस् । उनीहरुको ध्यान आफ्नो तर्फ आकर्षित गर्नका लागि कुनै गतिविधि गर्नुस् । उनीहरुमाथि कुनै हालतमा नरिसाउनुहोस् । बालबालिका बारेका तपाईंका व्यवहार आफ्नो मूल्यका अनुसार हुन आवश्यक छ कि एउटा विद्यालयमा भयमुक्त माहौल हुन आवश्यक छ ।बालबालिकाहरु माथि कुनैपनि खाले सजाय दिइनु हुँदैन । यसले तपाईंलाई बालबालिकाका बारेमा आफ्नो पक्ष राख्न सहज हुनेछ ।

यसरी शिक्षक प्रशिक्षक आफ्नो विद्यालय भ्रमणका दौरान केही कुराहरुमा ध्यान दिन आवश्यक देखिन्छ । विद्यालय आएपछि वा विद्यालयमा रहँदा आफ्नो नोट लिन आवश्यक छ । किनकी हरेक कुरालाई याद राख्न सम्भव हुँदैन । बालबालिका तथा शिक्षकका कुराहरु नोट गर्न सकिन्छ ताकि शब्दहरुमाथि पुनः गौर गर्न मौका मिलोस् । कसैकोपनि बारेमा पूर्वाग्रह नराख्नुहोस् । परिस्थितिहरु बदलीरहन्छन् । तर, कहिल्यैपनि तथ्यहरुलाई नजरअन्दाज नगर्नुस्, किनकी हाम्रा कामका आधार त्यही हुनेगर्छ ।

अन्तिममा दुई कुरा
त्यसैले आफ्ना विचारलाई तथ्यहरुको आधारमा मात्रै स्वीकार गर्नुहोस् । आधारभूत रुपमा आउने समस्याहरुको समाधान खोज्दै गर्नुस् । लगातार पढ्ने गर्नुहोस् । व्यवहारिक ज्ञानका साथ–साथै यस क्षेत्रमा हुने नयाँ अनुसन्धानसँग आफूलाई अपडेट गर्नु, शिक्षकका साथ त्यसलाई सहज भाषामा साझा गर्नु एउटा सुन्दर अनुभव हुन सक्छ । शिक्षक आफ्नो अनुभवबाट बताउन सक्छ कि उसका विचारलाई कुनहदसम्म आफ्नो विद्यालयमा लागु गर्न सकिन्छ । वा उसमा के अपेक्षित सुधार गरेर, त्यस विचारलाई विद्यालय अनुकुल बनाउन सकिन्छ ।

विभिन्न एजेन्सीहरुको सहयोगमा

प्रतिकृया दिनुहोस्