शिक्षकगान

Avatar photo

Byएजुकेशन पाटी

२८ जेष्ठ २०७७, बुधबार

शिक्षक हामी

शिक्षक हामी ज्ञान सीपका खानी ।।
बाड्ँछौ हजुर सबलाई केहि झर्को नमानी ।।

बालबालिका भविष्यका कर्णधार ठानी ।
आफ्नो आफ्नो कर्तव्य र दायित्वलाई जानी ।
पाठ्यक्रम निर्देशिका सधँै राखि साथमा ।
उपलब्धि मूलक शैक्षिक सामग्री छन् हातमा ।

शिक्षक हामी ज्ञान सीपका खानी ।
विद्यार्थीलाई बाँड्छौ केहि झर्को नमानी ।।

स्कुलको समयलाई खेर फाल्ने छैनौं ।
राजनीतिको झोला बोकी हामी हिड्ने हैनौं ।
बिद्यालय शान्ति क्षेत्र बनाएरै छाड्छौ ।
गरीखाने शिक्षा अब भाइ बैनीलाइ बाड्छौ ।

शिक्षक हामी ज्ञान सीपका खानी ।
बाँड्छौ हजुर सबलाई केहि झर्को नमानी ।।

अभिभावक भेला राखि अन्तरक्रिया गर्छौ ।
स्कूलको समस्यालाई सबै मिलि टार्छौ ।
बालमैत्री बाल केन्द्रित शिक्षण विधि छानी ।
सिक्छौ अनि सिकाउछौ रमाइलो मानी ।

शिक्षक हामी ज्ञान सीपका खानी ।
बाँड्छौ हजुर सबलाई केहि झर्को नमानी ।।

किताबका पाना पाना घोकाउन छोडी ।
सिकाइलाइ व्यवहार सँग सिकाउछौ जोडी ।
खेल संगीत छलफल र अनुसन्धान गरी ।
बालमैत्री शिक्षण विधि प्रयोग थरि–थरि ।

शिक्षक हामी ज्ञान सीपका खानी ।
बाँड्छौ हजुर सबलाई केहि झर्को नमानी ।।

परियोजना कार्य भ्रमण लघु शैक्षिक ।
अतिरिक्त क्रियाकलाप भाइबैनिमा लक्षित ।
सिर्जनात्मक सीपलाई आत्मासाथ मानी ।
मर्यादित शिक्षण पेशा कहलाउँछौँ जानी ।

शिक्षक हामी ज्ञान सीपका खानी ।
बाँड्छौ हजुर सबलाई केहि झर्को नमानी ।।

प्रतिकृया दिनुहोस्