teacher asking question with children in classroom

शिक्षक शब्द अंग्रेजी टिचर शब्दको नेपाली अनुवाद जस्तै प्रतीत हुन्छ । अर्थात्, यस्तो मान्छे जसले शिक्षण कार्य गर्ने गर्छ । सिक्ने र सिकाउने प्रक्रियालाई सहजता साथै विशेषज्ञताका साथ गर्छ । नेपालमा शिक्षकका लागि गुरू  शब्दको प्रयोग प्राचीननकालदेखि हुँदै आएको पाइन्छ । गुरू शब्दको शाब्दिक अर्थ हुन्छ सम्पूर्ण यानि जो हामीलाई जीवनको सम्पूर्णतालाई हासिल गर्ने दिशामा अघि बढ्नका लागि हाम्रो पथ ओलोकित गर्ने गर्दछन् । २१ शताब्दीमा शिक्षामा अनेकन परिवर्तन र सुधारहरु आएका छन् । तर, मानवीय सम्पर्क तथा दुईतर्फी संवादको भुमिका  समयको साथ अझै धेरै प्रासंगिक हुँदै हामी सामु आइरहेको छ ।

शिक्षकको भुमिका महत्वपूर्ण
भलै पश्चिमा देशहरुमा हाल पर्सनलाइज्ड लर्निङ जस्ता संप्रत्ययले लोकप्रियता पाइरहेका छन् साथै आर्टिफीशियल इन्टलीजेन्स माथि मान्छेको विश्वास र भरोसा बढिरहेको छ । तर, यस विषयमा वैज्ञानिकहरुले चेतावनी पनि दिन थालेका छन् कि यस्तो टेक्निक मान्छेहरुका लागि एकदिन ज्यानमारा बन्न पनि सक्छ । यसै सिलसिलामा प्रकाशित एउटा लेखमा मानवीय त्रुटि तथा मूर्खताहरुलाई मानवीय स्वाभावका निम्ति अति आवश्यक भएको बताउँदै यस कुराको वकालत गरिएको छ कि मेशिनहरुमा समेत यस्ता विशेषताहरुको विस्तार गरिनु आवश्यक छ ताकि उसलाई पनि ज्यादा मानवीय बनाउन सकियोस् ।

बालबालिकाको पहिलो ‘रोल मोडल’ हुन्छ शिक्षक
गएको वर्ष एकजना अभिभावकले आफ्ना साना बच्चाको लागि विद्यालयमा भएको  चुनाव  वारे आफ्नो अनुभव सुनाउँदै भनेका थिए– बालबालिकाको रोल मोडल शिक्षक नै हुने गर्छन् । एकजना बच्चा धेरै मान्छेहरुले आफ्नो शिक्षकको कुरा मानेको देखेर, उनको इशारामा काम गरेको देखेर, नेतृत्व गरेको देखेर भित्र भित्र प्रभावित नभइ बस्नै सक्दैन ।  यस्तोमा आवश्यक छ कि उसको शिक्षक योग्य साथै आफ्नो काम पुरा विशेषज्ञता, तनमन र प्रभावशाली ढंगमा पुरा गरेको होस् ।

यसको साथ ति शिक्षकले बालबालिकालाई स्नेह तथा आश्वासन देओस् जो उनीहरुलाई भविष्यमा जिम्मेवारी लिन सक्ने, आफ्नो गल्ति स्वीकार गर्न सक्ने र आफ्नो गल्तिबाट सिकेर अगाडि बढ्ने मान्छे बन्न सिकाओस् । जसले गर्दा उनीहरु जीवनमा निरन्तर प्रगतिपथमा लम्किदै आफ्ना सम्भावनाहरुको शिखर छुन सकुन् । एउटा सपनालाई साकार पार्न सकुन् जसलाई मान्छेको सर्वश्रेष्ठ सम्भावनाहरुलाई  वास्तविकतामा बदल्नु भनिन्छ । यस कलाले एउटा शिक्षकलाई खास बनाउछ जसले उ सम्भावनालाई सच्याइमा ढाल्ने कला जानेको हुन्छ । उसले मात्रै छात्रछात्रालाई आफ्नै सन्तान जस्तै स्नेह दिन्छ र चुनौतिहरुको सामना साथै आफैबाट बाहिर निक्लन  संघर्ष गर्ने स्वतन्त्रता दिनेगर्छ ।

शिक्षक मात्र तलब खाने कर्मचारी होइनन्
यसको मतलव शिक्षक यस्तो प्रशिक्षक हो जसले ओलम्पिक जस्तै ठूलो प्रतिस्पर्धाको खेलका लागि आफ्ना बालबालिकालाई तयार पारिरहेका हुन्छन् । तर, उसलाई यो पनि थाहा हुन्छ कि यो खेलमा सबै एउटै लक्ष्यमा पुग्ने होइनन् । यिनिहरुमध्ये धेरै राम्रा दर्शक मात्रै बन्नेछन् । यिनिहरुमध्ये यस्ता बच्चाहरुपनि हुनेछन् जसले संगितको दुनियामा आफ्नो नाम राख्नेछन् । यिनिहरुमा यस्ता बच्चाहरुको पनि कमी हुने छैन जो भविष्यमामा शिक्षक बनेर बाँकी बालबालिकाहरुको सपनाहरुलाई साकार गर्ने भुमिका स्वीकार गर्नेछन् । मतलव, एउटा शिक्षक सदैव सम्भावनाको द्वार पार गर्ने व्यक्तिहरुको निर्माणमा समर्पणको साथ लागिरहेको हुन्छ । उ तलवखाने मात्रै काम गर्दैन ।


एउटा शिक्षक केवल पुरस्कार र पदको आकाङ्क्षी हुँदैन । उ साचो अर्थमा एउटा किसान जस्तै हुन्छ । उ कुनैपनि बिरुवाको भविष्य तय गर्न उसका हरेक परिवर्तनहरुमा आफ्नो भुमिका सहजै पहिचान गर्नसक्छ । भलै, जतिपनि मुस्कील र चुनौतिहरु किन नआउन् । तर, उ आफ्नो मार्गबाट कहिल्यै विचलित हुँदैन । किनकि उसको काम भनेको अध्यारोको बिरुद्धमा लड्नेवाला पीढीलाई भविष्यको अथाह चुनौतिहरुका लागि तयार पार्नु हो । जुन चुनौतिका बारेमा उ अनुमान मात्रै लगाउन सक्छ ।  किनकी ति भविष्यको गहिराइमा हुन्छन् । त्यसैले उ आफ्ना छात्रछात्राका क्षमतामा भरोसा गर्दछ । साथै, उनीहरुलाई आफ्नो जीवनमा संघर्ष गर्न र आफ्ना सपना साकार पार्न उ त्यसको पीछा गर्नका लागि सदैव प्रोत्सहित गरि नै रहन्छ ।

(एजेन्सीहरुको सहयोगमा तयार पारिएको सामग्री)

प्रतिकृया दिनुहोस्