अज्ञान विकृती र विसङ्गती सवै नै हटाइ
ज्योती छरेर शिक्षाको सवमा सदगुण वढाइ
शिक्षा प्रदान गर्नु निश्चय सधै गरेर सुधार
विकसित शिक्षा भए फेर्ने छ देशले मूहार ।

अठोट हुन्छ शिक्षकको राष्ट्र निर्माता वनाउने
सुयोग्य नागरिकहरु सवै शिक्षाबाट नै गराउने
ज्ञान गुण सीपले क्षमता दक्षता सबमा वढाइ
शिक्षा दिनु छ निरन्तर यो देशका कर्णाधारलाइ ।

शिक्षाका ज्योती शिक्षक हुन शैक्षिक चेतना जगाउने
दक्ष जनशक्ति तयार गरेर समुन्नत राष्ट्र वनाउने
शिक्षाका ज्योति शिक्षक , पेशाको मर्यादा हुनु छ ।।
शिक्षालाइ व्यवसायिक र जीवनोपयोगी वनाउनु छ ।।

-हेटौडा ५ सानो पोखरा

प्रतिकृया दिनुहोस्