काठमाडौं । नवनियुक्त शिक्षामन्त्री रघुजी पन्तले वार्ताबाटै शिक्षकहरुको माग सम्बोधन गर्ने प्रयास गर्ने बताएका छन् । शिक्षामन्त्रीको पदभार ग्रहणपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले आफू बोल्न भन्दा काम गरेर देखाउन मन्त्री बनेको स्पष्ट पारे । शिक्षकहरुलाई वार्ताबाट कक्षाकोठामा फर्काउने प्रयास गर्ने उनको भनाइ थियो ।
‘अब बोल्ने भन्दा पनि काम गर्ने ठाउँमा आएको छु। वार्ताबाट शिक्षकहरूको माग सम्बोधन गर्ने प्रयास गर्छु । मेरो सम्पूर्ण ध्यान त्यता केन्द्रित हुन्छ।’ उनले भने । शिक्षकहरुको मागबारे जानकार भएपनि अहिलेसम्म भएका प्रयासहरुबारे जानकारी लिएपछि मात्रै कसरी अगाडि जाने भन्ने विषयमा बोल्ने उनले बताए ।
विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने माग गर्दै शिक्षकहरू गत चैत २० गतेदेखि काठमाडौँ केन्द्रित आन्दोलनमा छन् ।
प्रतिकृया दिनुहोस्