काठमाडौं । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) ले शैक्षिक सत्र २०७९/८० मा प्रमाणपत्र तह नर्सिङ कार्यक्रममा भर्ना आवेदन फाराम खोलेको छ । परिषद्ले यस अघि नै अन्य चिकित्सा शिक्षाको भर्ना खोलेपनि नर्सिङ कलेजको अनुगमन बाँकी रहेको भन्दै नर्सको भर्ना आवेदन रोकेको थियो ।
परिषद्ले शुक्रवार सूचना जारी गर्दै पूर्ण शुल्कीय तर्फ विद्यार्थी छनोट गर्न योग्यता पुगेका व्यक्तिहरूबाट भदौ १० गतेभित्र रीतपूर्वक आवेदन फाराम भर्न/भराउन निर्देशन दिएको छ । सञ्चालन सम्बन्धन/स्वीकृति पाएका आङ्गिक, साझेदार तथा निजी स्तरमा सञ्चालित शिक्षण संस्थामा प्रवेश परीक्षाका लागि आवेदन खुला गरेको हो ।
परिषद्ले डिप्लोमा तथा प्रमाणपत्र तहको प्रवेश परीक्षा सञ्चालन, छात्रवृत्ति वितरण तथा भर्ना सम्बन्धी निर्देशिका, २०७९ बमोजिम आवेदन खुला गरेको जनाएको छ ।
प्रतिकृया दिनुहोस्