काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले संघीय संसद्को चालू हिउँदे अधिवेशनबाट शिक्षासम्बन्धी तीन ऐन पारित गरिने बताएका छन् ।

शिक्षा पत्रकार समूहले आयोजना गरेको ‘संघीयतामा शिक्षा : स्थानीय तहका राम्रा अभ्यास, अवसर र चुनौती’ विषयक अन्तक्र्रिया कार्यक्रममा सम्बोधन गर्दै मन्त्री पोखरेलले जारी भइसकेका नयाँ शिक्षा नीतिका आधारमा विद्यालय शिक्षा, प्राविधिक तथा व्यावसायिक शिक्षा र उच्च शिक्षाका तीन  ऐन ल्याउने तयारी भएको बताएका हुन् ।

मन्त्री पोखरेलले पहिला एकीकृत संघीय शिक्षा ऐनको तयारीमा रहेको र त्यसका लागि मन्त्रिपरिषद्बाट सैद्धान्तिक सहमति भइसहेको भएपनि अहिले तीन अलग–अलग विधेयकको आवश्यकता महसुस भएकाले त्यसको मस्यौदा निर्माणमा तीन समिति बनाएर मन्त्रालय जुटिरहेको बताए ।

मन्त्री पोखरेलले बाहिर टिप्पणी गरिएजस्तो संघीय सरकार र स्थानीय तहबीच शिक्षाको प्रबन्ध र गुणस्तरीय शिक्षाका सन्दर्भमा कुनै टकराव नरहेको स्पष्ट पारे ।

२०७६ पुस ९ गते ११:२९मा प्रकाशित

प्रतिकृया दिनुहोस्