काठमाडौं । दक्षिणकाली नगरपालिकाका–९ स्थित सेतीदेवी मावि र कालीदेवी आधारभूत विद्यालयले नयाँ भवन भएका छन् । शनिवार एकै दिन जिल्ला आयोजना कार्यान्वयन इकाई(शिक्षा)काठमाडौंले दुई विद्यालयलाई नवनिर्मित भवन हस्तान्तरण गरेको हो ।

इकाईले दुवै विद्यालयमा ४ कोठे पक्की भवन, विद्युत र  शौचालय निर्माण गरिदिएको हो ।

दुवै विद्यालयको नयाँ भवनको उद्घाटन गर्दै दक्षिणकाली नगरपालिकाका मेयर मोहन बस्नेतले इकाईले बनाइदिएको भवनमा विद्यार्थी भर्ने र सिकाइ गुणस्तर बढाउने काम नगरपालिकाले गर्ने बताए । विद्यालय शिक्षाको अधिकार स्थानिय तहमा आएपछि आफूहरु सामुदायिक विद्यालयको स्तर सुधार्न लागिपरेको उनको भनाइ थियो ।

दक्षिणकाली नगरपालिका वडा–९ का वडाध्यक्ष अमृता बलामीले सामुदायिक विदालयको सुधार गर्न आफूहरु प्रतिबद्ध रहेको बताइन् ।

नवनिर्मित भवन नगरप्रमुखलाई हस्तान्तरण गर्दै जिल्ला आयोजना कार्यान्वयन इकाई(शिक्षा)काठमाडौंका प्रमुख अर्जुन रायमाझीले भूकम्प प्रभावित विद्यालयको पुनर्निर्माणको काम द्रुत गतिमा बढीरहेको बताए । नयाँ भवनमा कार्यालय राख्ने खाली राख्ने काम नगरी विद्यार्थी राख्न, भर्न र गुणस्तरीय शिक्षा दिन उनको आग्रह थियो ।

२०७६ असार १४ गते २२:५९मा प्रकाशित

प्रतिकृया दिनुहोस्