काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईको अभिव्यक्तिप्रति कर्मचारी संगठनले आपत्ति जनाएको छ । मन्त्री भट्टराईले पदकै गरिमा गिराएको भन्दै प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सीटीईभीटी) को नेपाल राष्ट्रिय कर्मचारी संगठनले विज्ञप्ति जारी गरी विरोध जनाएको हो ।

संगठनका कार्यवाहक अध्यक्ष मेनुका घिमिरे र महासचिव शिवानन्द मिश्रले जारी गरेको विज्ञप्तिमा सीटीईभीटीको अध्यक्ष समेत रहेकी मन्त्री भट्टराईले कर्मचारीलाई लाञ्छना लगाउनु लज्जास्पद भएको भनिएको छ । मन्त्री भट्टराईले आफू नै अध्यक्ष रहेको र आफ्नै मातहत रहेको संस्थाको बेइज्जत गर्ने गरी सामाजिक सञ्जालमा अभिव्यक्ति दिएको संगठनको भनाइ छ ।

सीटीईभीटीका पदाधिकारी र कर्मचारीले आर्थिक चलखेल गरेका भए वा, सो सम्बन्धी सूचना प्राप्त गरेको भए सोझै कारबाही गर्न सक्ने सामर्थ्य मन्त्रीमा रहेको भए पनि सामाजिक सञ्जालमा भ्रामक अभिव्यक्ति दिएर मन्त्रीले संस्था र आफ्नै पनि गरिमा गिराएको संगठनको आरोप छ ।

अपारदर्शी ढंगबाट दर्ता क्रम सङ्ख्या मिचेर दिएको निजी शैक्षिक संस्थाको मनसाय पत्रलाई स्वीकृत गरी सदर गर्ने र मन्त्रीको हैसियतले ती शैक्षिक संस्थालाई सम्बन्धन प्रदान पनि गर्ने मन्त्री भट्टराईलाई सामाजिक सञ्जालमा स्टन्टबाजी नगर्न संगठनले सुझाव दिएको छ । साथै, संगठनले सो बैठकमा हस्ताक्षर गर्ने सबैको सम्पत्ति छानबिन गर्न समेत माग गरेको छ ।

शुक्रवार मन्त्री भट्टराईले सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै सीटीईभीटीसँग सम्बन्धित सम्बन्धन, परीक्षा, प्रमाणपत्र लगायतका काममा कार्यालय प्रमुख, निर्देशक र कर्मचारीले अनावश्यक दबाब दिएको, काममा ढिलाइ गरेको र आर्थिक लेनदेन समेत गरेको गुनासो प्राप्त भएको भनेकी छन् । साथै, सो विषयमा स-प्रमाण जानकारी गराउन पनि उनले आग्रह गरेकी छन् ।

अनुसन्धान र कारबाहीको अधिकार प्राप्त मन्त्रीले सामाजिक सञ्जालमा स्टन्टबाजी गर्दा कर्मचारीको मनोबल र परिषद्को गरिमा गिरेको कर्मचारी संगठनले ठहर गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईको अभिव्यक्तिप्रति कर्मचारी संगठनले आपत्ति जनाएको छ । मन्त्री भट्टराईले पदकै गरिमा गिराएको भन्दै प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सीटीईभीटी) को नेपाल राष्ट्रिय कर्मचारी संगठनले विज्ञप्ति जारी गरी विरोध जनाएको हो ।

संगठनका कार्यवाहक अध्यक्ष मेनुका घिमिरे र महासचिव शिवानन्द मिश्रले जारी गरेको विज्ञप्तिमा सीटीईभीटीको अध्यक्ष समेत रहेकी मन्त्री भट्टराईले कर्मचारीलाई लाञ्छना लगाउनु लज्जास्पद भएको भनिएको छ । मन्त्री भट्टराईले आफू नै अध्यक्ष रहेको र आफ्नै मातहत रहेको संस्थाको बेइज्जत गर्ने गरी सामाजिक सञ्जालमा अभिव्यक्ति दिएको संगठनको भनाइ छ ।

सीटीईभीटीका पदाधिकारी र कर्मचारीले आर्थिक चलखेल गरेका भए वा, सो सम्बन्धी सूचना प्राप्त गरेको भए सोझै कारबाही गर्न सक्ने सामर्थ्य मन्त्रीमा रहेको भए पनि सामाजिक सञ्जालमा भ्रामक अभिव्यक्ति दिएर मन्त्रीले संस्था र आफ्नै पनि गरिमा गिराएको संगठनको आरोप छ ।

प्रतिकृया दिनुहोस्