लिमीको सुनखानी स्कुल अब नयाँ भवनमा

Avatar photo

Byएजुकेशन पाटी

६ आश्विन २०८१, आईतवार

हुम्ला । हिमालपारीको गाउँ नाम्खा– ६, हल्जीस्थित सुनखानी प्रावि नयाँ भवनमा सरेको छ । नयाँ भवनको निर्माण कार्य सम्पन्न भएपछि यसअघिको पुरानो भवनबाट विद्यालय आवासीय सुविधासहित नयाँ भवनमा सारिएको हो ।

लिमीका वडा अध्यक्ष पाल्जोर तामाङले यसअघि विद्यालय जान उकालो र ओरालो हिँड्नु पर्ने, भवन पुराना र जीर्ण भएको कारण नयाँ स्थानमा भवन निर्माण गरेर विद्यालय सारिएको बताए ।

वडाध्यक्ष तामाङकाअनुसार भव्य कार्यक्रमका बिच विद्यालयलाई नयाँ स्थानमा सारिएको हो । तीन करोड रुपैयाँको लगानीमा अमेरिकाको आत्मी संस्थाले निर्माण गरेको दुई ओटा दुईतले नयाँ विद्यालय भवनमा सोह्र कोठा रहेका छन् ।

गएको वर्षदेखि निर्माण आरम्भ भएको नयाँ भवनको निर्माणकार्य अन्तिम चरणमा पुगिसकेको छ । भवनका उद्घाटन भएसँगै विद्यालय नयाँ भवनमा सञ्चालन आएको छ । अब जीर्ण भवनमा पढ्दै आएका विद्यार्थीहरु अत्याधुनिक कक्षाकोठामा पढ्न पाएका छन् । त्यो पनि आवासीय सुविधासहित ।

विद्यालयमा हाल बालविकास देखि कक्षा ८ सम्म ३० विद्यार्थी अध्ययनरत छन् । अब नयाँ भवन बनेसँगै ९ शिक्षक र ३० विद्यार्थीले आवासीय सुविधा पाएका छन् । एक भव्य कार्यक्रमका बिच गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर लामाले भवनको उद्घाट गरेका थिए । सो कार्यक्रममा नाम्खा गाउँपालिकाका पुर्ब अध्यक्ष बिष्णुबहादुर शाही सहयोग संस्थाका प्रमुखको समेत सहभागिता रहेको थियो ।

प्रतिकृया दिनुहोस्