एजेन्सी । कोरोना भाइरसको महामारीपछि चीनको ठूला शहरका विद्यालयहरु खुल्न थालेका छन् । सोमबार देखि  विद्यार्थीहरु विद्यालय जान थालेका छन् । विद्यार्थीलाई मास्क लगाउन अनिवार्य गरी कक्षाकोठामा बस्न निश्चित दूरी कायम गर्दै  विद्यालयहरु खुलेका हुन् ।

सांघाइमा मिडिल र हाइस्कुलका विद्यार्थी स्कुल जान थालेका छन् भने राजधानी बेइजिङमा पनि विद्यार्थीलाई विश्वविद्यालय प्रवेश परीक्षाको तयारीका लागि स्वीकृति दिइएको छ । अरु धेरै सहयमा यसअघि न विद्यालयहरु खुलेका छन् ।

गत वर्ष कोरोना भाइरसको सुरुवात भएको चीनको वुहानमा मे महिनाको ६ तारेखदेखि विद्यालय खुलाउने तयारी छ ।

उत्तरी चीनको भित्री मंगोलिया स्वायत्त क्षेत्रमा ३ लाख ३७ हजार  बढी विद्यार्थीहरू विद्यालयमा फर्केका छन् ।

आफ्नो स्कूलको पोशाक लगाएर विद्यार्थीहरु किन्जेल क्षेत्रीय राजधानी होहहतको होहहट नं. ६ मिडिल माध्यमिक विद्यालयको गेटबाट हिंडे तब ढोकाले स्वचालित रूपमा उनीहरुको तापक्रम लियो । त्यसपछि उनीहरु निर्दिष्ट लेनमा दूरी कायम गर्दै हिडेर कक्षा कोठामा पुगे ।

यसैबीच, शिन्जियांगका ५ लाख १० हजार विद्यार्थीले नयाँ सेमेस्टरको अफलाइन स्कुलको पहिलो दिन खुसीसाथ कक्षाकोठामा रमाएर पढे । नयाँ वर्षको छुट्टी र कोरेनाभाइरसको प्रकोपको कारण हप्तौं घरमै अनलाइन कक्षा लिएपछि उनीहरु विद्यालय फर्केका हुन् ।

एक १६ वर्षे विद्यार्थी किन्जेलले भनिन्, ‘अति लामो शीतकालीन बिदा सकियो । विद्यालय खुल्ने भएपछि मैले आफ्ना सहपाठी र शिक्षकहरूलाई धेरै सम्झिए र  हिजो निद्रा गुमाए ।’

चीनको हाङझोउमा एक प्राथमिक विद्यालयका हेडमास्टले विद्यार्थीहरुबीच दूरी कायम गराउन सबैलाई ‘एक मिटर ह्याट’ लगाउन अनिवार्य गरेका छन् ।

चीनको शिक्षा मन्त्रालयले बेइजिङमा विद्यार्थीको तापक्रम नापेपछि मात्र विद्यालयको गेटबाट प्रवेश गर्न पाइने व्यवस्था गरेको छ । त्यस्तै विद्यालय जान मोवाइल एपमा उनीहरुको स्वास्थ्य अवस्थाबारे ग्रिन कोड देखाउनुपर्नेछ ।

बेइजिङमा अहिले पनि विदेशबाट आउनेहरुलाई दुई हप्ता क्वारेन्टाइनमा राख्ने गरिएको छ ।

‘कम जोखिम भएका क्षेत्रहरूमा विद्यालय पुनः सञ्चालनले महामारी नियन्त्रणमा चीनको प्रगति देखाउँदछ, जसले प्रकोपलाई परास्त गर्नेमा जनताको आत्मविश्वासमा सुधार ल्याउँछ, र स्थानीय शासनका लागि चुनौतीहरू खडा गर्दछ’, मध्य चीन सामान्य विश्वविद्यालयका समाजशास्त्र प्राध्यापक मे झिज्गले भने ।

विद्यालयहरुमा, कीटाणुशोधन स्प्रेयर, थर्मस बोतल, सफा कपडा र अन्य दैनिक आवश्यकताहरू उपलब्ध गराउन प्रत्येक कक्षाको ढोका बाहिर अलग्ग राखिएका छन् ।

चीनले कोरोना भाइरसको संक्रमण धेरै हदसम्म नियन्त्रणमा आएको बताएको छ । चीनमा गत शुक्रबारदेखि जम्मा २६ जना संक्रमितमात्र थपिएका छन् । चीनमा अहिलेसम्म ८२ हजार ८ सय ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

२०७७ बैशाख १६ गते १०:४७मा प्रकाशित

प्रतिकृया दिनुहोस्