काठमाडौँ । प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक आज बस्ने भएको छ। बैठक दिउँसो ३ः३० बजेका लागि बोलाइएको छ । बैठकमा विद्यालय शिक्षा विधेयक,२०८० सम्बन्धमा गठित उपसमितिको कार्य प्रगति प्रस्तावमाथि छलफल हुनेछ । उपसमितिले विधेयकमाथिको दफावार छलफल सकाएको छ।
दफावार छलफल सकेपछि समिति सचिवालयले प्रतिवेदन लेखनको कार्य अघि बढाएको छ। प्रतिवेदन लेखनका लागि केही दिन समय लाग्ने भएकाले आजको बैठकमा समय थप माग गर्ने भएको छ।
शिक्षा समिति सचिव दशरथ धमलाले दफावार छलफल सकिएको र प्रतिवेदन लेखनका लागि समय माग गर्ने निर्णय भएको बताए । आइतबारको अन्तिम बैठकमा उपसमितिले दफावार सकेको हो । अब प्रतिवेदन लेख्नका लागि समय लाग्ने भएकाले शिक्षा समितिमा समय माग गर्दै शिक्षा समिति सचिव धमलाले जानकारी दिए । प्रतिवेदन लेखन सकेपछि उपसमितिमा प्रतिवेदनमाथि छलफल हुनेछ । त्यसपछि उपसमिति पारित गरेपछि शिक्षा समितिमा पेस गरिने सचिव धमलाले बताए । त्यसका लागि करिब १० दिनको समय माग गरिने उनको भनाइ छ।
शिक्षा समिति सचिवालयले प्रतिवेदन लेखन गर्ने र त्यसपछि उपसमितिमा पास गरेपछि शिक्षा समितिमा पेश गरिने सचिव धमलाले बताए ।प्रतिवेदन लेख्न र समितिमा पेश गर्न समय अभाव भएकाले भोलीको बैठकमा थप समय माग गर्ने निर्णय गरेको सचिव धमलाले बताए । ३५ दिनको समयसिमा पाएको उपसमितिमा ३९ वटा बैठक बसेको थियो । उपसमितिले दफावार छलफलपछि कुनै पनि विषयमा असहमति नराखिएको र सबै विषयमा सहमती जुटेको सचिव धमलाले बताए ।