काठमाडौं । कक्षा १२ को नतिजा सार्वजनिक भएको छ । सार्वजनिक गरिएको नतिजा अनुसार नियमिततर्फ ५२.९१ प्रतिशत विद्यार्थी उत्तीर्ण (ग्रेडेड) भएका छन् भने ४७.०९ प्रतिशत विद्यार्थी नन ग्रेडेड (एनजी/अनुत्तीर्ण ) भएका छन् ।  शुक्रबार बिहान बसेको बोर्ड बैठकले कक्षा १२ को नतिजा सार्वजनिक गर्ने निर्णय गरेको थियो ।

सार्वजनिक नतिजाअनुसार ९ हजार पाँचसय ९१ विद्यार्थीले ३.६१ द्येखि ४.० जीपीए ल्याएका छन् । यसैगरी ४६ हजार आठसय ९३ विद्यार्थीले ३.२१ देखि ३.६० जीपीए ल्याएको बोर्डले जनाएको छ । २.८१ देखि ३.२० जीपीए ल्याउने विद्यार्थीको संख्या ७८ हजार ७५ रहेको छ भने ६१ हजार ३६ विद्यार्थीले २.४१ देखि २.८० जीपीए ल्याएका छन् । ८ हजार दुईसय ४० विद्यार्थीले २.०१ देखि २.४० जीपीए ल्याउँदा १२ जना विद्यार्थीको नतिजा १.६१ देखि २.० जीपीए आएको छ ।

प्रतिकृया दिनुहोस्