• शिक्षक पदपूर्तिको विज्ञापनः अवसर, चुनौति र निराकरणका उपायहरु
    ()



  • ताना गौतम
    अध्यक्ष, शिक्षक सेवा आयोग

     

    विषय प्रवेश
    शिक्षा ऐन, २०२८(आठौं संशोधन)ले २०६१ श्रावण २१ ग्तेभन्दा अघि नियुक्त भएका अस्थायी शिक्षकहरुको पूर्ण र तत्पश्चात् नियुक्त भएका शिक्षकहरुको आंशिक व्यवस्थापनको लागि मार्ग प्रशस्त गरेको छ । शिक्षक सेवा अयोगले सो ऐनको प्रावधान अनुरुप १९,१३७ रिक्त स्थायी शिक्षक पदपूर्तिको लागि विज्ञापन प्रकाशन गरी दरखास्त संकलन गरिरहेको छ । त्यस्तै, सुविधा लिएर अवकाशमा जान चाहने शिक्षकहरुको लागि पनि निवेदन संकलन गर्ने कार्य अन्तिम चरणमा पुगेको छ ।  विभिन्न जिल्लाबाट प्राप्त प्रारम्भिक सूचना अनुसार २०६१ श्रावणभन्दा अघि नियुक्त भएका शिक्षकहरु मध्ये झण्डै ७५ प्रतिशतले सुविध सहितको अवकाश र त्यसपछि नियुक्त भएका शिक्षकहरु मध्ये झण्डै ५० प्रतिशतले सुविधा सहितको अवकाश रोज्ने अनुमान गरिएको छ ।


    विज्ञापित १९,१३७ रिक्त स्थायी पदहरु मध्ये झण्डै ५० प्रतिशतले सुविधा सहितको अवकास रोजेको खण्डमा बाँकी ५० प्रतिशत पद खुला विज्ञापनबाट पूतिर्त गर्नुपर्ने हुन आउँछ । शिक्षा विभागले आयोगलाई उपलब्ध गराएको विवरण अनुसार २०७२ आश्विन २ गतेसम्म कुल २६,१५१ दरवन्दी रिक्त रहेको देखिन्छ ।  यसप्रकार हाल विज्ञापन भएको १९,१३७ पदको ५० प्रतिशतले हुन आउने झण्डै ९,५६८ र खुला विज्ञापनको लागि छुट्याइएको रिक्त दरवन्दी ७०१४ (२६,१५१–१९,१३७) समेत गरी झण्डै १६,५८२ शिक्षक पद खुला प्रतियोगिताबाट पूर्ति गर्नुपर्ने अवस्था छ ।


    आयोगले सिफरिश गरेको शिक्षकहरु क्रमशः वृद्धि हुँदै जाँदा शैक्षणिक क्रियाकलापहरुमा गुणात्मक सुधार हुँदै गएको विभिन्न अध्ययन र अनुसन्धानबाट खुल्दै गएको छ । त्यसैले खुला विज्ञापनको माध्यमबाट शिक्षक पदपूर्ति हुनु विद्यालय शिक्षाको गुण्स्तर सुधारको लागि एक कोशे ढुंगा र एउटा महत्वपूर्ण अवसरको रुपमा लिनुपर्ने भएको छ ।


    खुला विज्ञापन एक सुनौलो अवसर
    शिक्षक सेवा आयोगले आफ्नो स्थपना कालदेखि २०६९, २०७१ र २०७२ गरी तीन पटक मात्र खुला प्रतियोगितात्मक परीक्षाको माध्यमबाट शिक्षक पदपूर्तिको लागि सिफारिश गरेको छ । नेपालका सामुदायिक विद्यालयहरुमा स्वीकृत स्थायी दरवन्दी १,०७,००० मध्ये हालसम्म १६,९२२ अर्थात १५.८१ प्रतिशत शिक्षकहरु आयोगको प्रतिस्पर्धात्मक परीक्षाको माध्यमबाट नियुक्त भएको पाइन्छ । आयोगको सिफारिश बमोजिम नियुक्त हुने शिक्षक पदसंख्या (अब नियुक्त हुने १६,५८२ पद समेत जोड्दा) ३३,५०४ अर्थ कुल दरवन्दीको ३१.३१ प्रतिशत पुग्नेछ ।


    खुला विज्ञापन प्रकाशनको लागि हाल देखिएको जटिलहरु
    आयोगले शिक्षा ऐन, २०२८(आठौं संशोधन समेत) को दफा ११ (च)को उपदफा १ खण्ड ख को १, २ र ३ बमोजिम प्रकाशन गरेको विज्ञापन विभिन्न कालखण्डमा रिक्त पद र सो अवधिमा नियुक्त भई अविच्छिन्न रुपमा कार्यरत अस्थायी शिक्षकहरुका लागि हो । उक्त विज्ञापन ऐन जारी भएको मिति (२०७३–०३–१५) बाट एक वर्षभित्र गरी सक्नुपर्ने प्रावधान बमोजिम गरिएको हो । यस प्रक्रिया बमोजिम स्थायी भएका शिक्षकहरुलाई साविकमा कार्यरत स्थायी शिक्षकहरुलाई झैं आधारभूत र माध्यमिक तहमा समायोजन गर्नुपर्ने चुनौति रहेको छ । त्यसर्थ, अस्थायी शिक्षक व्यवस्थापनका लागि गरिएको विज्ञापनलाई खुला विज्ञापनसँग सर्सती तुलना गरेर हेर्न सकिने अवस्था छैन ।


    नेपालको संविधान र शिक्षा ऐन, २०७२ (आठौं संशोधन) समेतले विद्यलय शिक्षालाई माध्यमिक र अधारभूत भनी वर्गीकरण गरेको तथा संघीय संविधान जारी भैसकेको पृष्ठभूमिमा शिक्षक पदपूर्तिको लागि खुला विज्ञापन प्रकाशन गर्ने सन्दर्भमा निम्न जटिलताहरुको निक्र्यौल गर्नुपर्ने भएको छ ।


    (क) रिक्त १६,५८२ पदहरु मध्ये आधारभूततर्फ पर्ने र माध्यमिकतर्फ पर्ने पदसंख्या यकीन गर्नुपर्ने । त्यस्तै, साविक कक्षा ११ र १२ को लागि स्वीकृत दरवन्दी समेतलाई माध्यमिकतर्फ समायोजन गर्नुपर्ने हो होईन यकीन गर्नुपर्ने ।


    (ख) आधारभूत र माध्यमिकतहको शिक्षक पदको लागि आवश्यक न्यूनम योग्या निर्धारण गर्ने ।


    (ग) हाल प्राथमक तहका शिक्षकहरुको परीक्षामा विषयगत ज्ञान (Subject matter knowledge) सम्बन्धी प्रश्नहरु सोध्ने गरिएको छैन । अब लिईने आधारभूत तहको परीक्षा विषयगत हुने कि नहुने ? यकीन गर्नुपर्ने ।


    (घ) आयोगले अहिलेसम्म प्रावि तहको उम्मेदवारको प्रतिस्पर्धा जिल्ला स्तरमा तथा निमावि र मावि तहको प्रतिस्पर्धा विकास क्षेत्र स्तरमा गर्दै आएको छ । विद्यालय शिक्षाको तह दुईवटा मात्र कायम भएको सन्दर्भमा र संविधानको मर्म र भावना बमोजिम विद्यमान प्रतिस्पर्धाको स्तर निक्र्यौल गर्नुपर्ने ।


    (ङ) शिक्षक सेवा आयोगले हालसम्म प्रावि, निमावि र मावि तहको अध्यापन अनुमतिपत्रको लागि परीक्षा लिई अध्यापन अनुमति पत्र दिने गरेको छ । आयोगद्वारा हालसम्म जरी भएका अध्यपन अनुमतिपत्रलाई अब हुने विज्ञापनमा कसरी समायोजन गर्ने ? यो पनि निक्र्यौल गर्नुपर्ने ।


    सक्षम, योग्य र व्यवसायिक शिक्षक छनौटका लागि अवलम्वन गर्नुपर्ने थप उपायहरु
    (क) आयोगसँग १११७ रिक्त पदको विज्ञपन गर्दा झण्डै १ लाख उम्मेदवारहरुले दरखास्त पेश गरेको अनुभव छ । यसबाट शैक्षिक वेरोजगारी प्रचुर रहेको र बजारमा योग्य र सक्षम उम्मेदवारको कमी नरहेको स्पष्ट संकेत गरेको छ । निजामती सेवाको शाख अधिकृत(रा.प. तृतीय श्रेणी) को छनौट ४०० पूर्णांकको लिखित परीक्षाको माध्यमबाट गरिन्छ । जवकि समान तहको मावि तीतृय श्रेणीको शिक्षकको छनौट १०० पूर्णांकको परीक्षाबाट ? नसुहाउने भएको छ । यसतर्फ पुनर्विचार किन नगर्ने ?


    (ख) हाल खुला प्रतियोगिताबाट अन्तर्वार्ताको लागि छनौट भएका अस्थायी कार्यरतत शिक्षकहरुलाई अनुभव वापको बढीमा १२ अंक दिने गरिएको छ । यसबाट नवप्रवेशीहरुलाई मर्का पर्ने गरेको छ जुन खुला प्रतियोगितात्मक परीक्षाको भावना अनुकूल पनि छैन । यसमा पुनर्विचार गर्ने कि ?


    (ग) शिक्षा ऐन, २०२८(आठौं संशोधन) बमोजिम प्रकाशन भएको विज्ञापनले २०६१ श्रावण २१ ग्तेसम्म नियुक्त अस्थायी शिक्षकको व्यवस्थापन गर्नेछ  भने तत्तपश्चात नियुक्त शिक्षकहरुको हकमा सुविधा लिई  अवकाश रोजेको अवस्थामा बाहेक आयोगको परीक्षामा असफल भएका अस्थायी शिक्षकहरु यथावत कार्यरत नै रहने छन् । यसबाट अस्थायी शिक्षकको व्यवस्थापन आंशिक रुपले मात्र संवोधन हुनेछ । खुला विज्ञपन जति ढिलो हुँदै गयो, अस्थायी शिक्षक व्यवस्थापनको मुद्दा पुनः बल्झिरहने भएकोले यसलई पूर्ण रुपमा अन्त्य गर्ने उपायहरुको खोजी गर्न जरुरी रहेको ।


    (घ) हाल खुला र समावेशी तर्फको पदपूर्ति अनुपात ५५ः४५ रहेको छ । समावेशी तर्फको ४५ प्रतिशतलाई पनि विभिन्न समूहको लागि कोटा छुट्याईको छ । समूहगत कोटा छुट्याउँदा कतिपय समूहमा उपयुक्त उम्मेदवार छनौट हुन सकिरहेको छैन । के दूर्गम के सुगम, के धनी के गरीव देशभित्रका सबै बालबालिकाले योग्यतम शिक्षकबाट शिक्षा लिन पाउने समान अवसरको प्रत्याभूति गर्नको लागि उपयुक्त कुनै वैकल्पिक उपाय अवलम्वन गर्न सकिन्छ कि ? यसतर्फ पनि गम्भीरतपूर्वक सोच्न जरुरी भएको छ ।  

     

     

    तस्विर : गुगल