काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले प्रदेशस्थित सामाजिक विकास मन्त्रालयमार्फत् रकम विनियोजन भई सम्बन्धित जिल्लाहरुलाई पेश्की स्वरुप उपलब्ध गराइएको एसईई तयारी खर्च फिर्ता गर्न निर्देशन जारी गरेको छ ।

शिक्षा मन्त्रालयले सातै प्रदेशका सामाजिक विकास मन्त्रालयलाई पत्र लेखी केन्द्राध्यक्षहरुलाई उपलब्ध गराइएको पेश्की रकम फिर्ता माग्न भनेको हो ।

परीक्षा केन्द्रका केन्द्राध्यक्षहरूले आफनो र सहायक केन्द्राध्यक्षको बढीमा दुई दिनको भत्ता, आन्तरिक बानी, अस्थायी शौचालय निमाण, स्टेशनरी र विविध खर्च शीर्षकमा खर्च भएको भए सोको बील भरपाईसाथ बाँकी रकम शिक्षा विकास तथा समन्वय इकाईको खातामा जम्मा गर्नुपर्ने जनाइएको छ ।

यस्तै, सात दिनभित्र पेश्की फस्र्यौट गर्ने र शिक्षा विकास तथा समन्वय इकाईहरुले जिल्लाको तोकिएको शीर्षकहरुमा भएको खर्चको आवश्यक बील भरपाई हित केन्द्राध्यक्षहरूबाट फिर्ता भएको रकम शिक्षा विकास निर्देशनालयको खातामा यथाशीघ्र जम्मा गरी पेश्की फस्र्यौट गराउने व्यवस्था मिलाउन मन्त्रालयले भनेको छ ।

हेर्नुहोस् शिक्षा मन्त्रालयले पठाएको पत्र

विषयः प्रश्नपत्र, उत्तरपुस्तिका तथा परीक्षा सञ्चालन खर्चका सम्बन्धमा ।

श्री सामाजिक विकास मन्त्रालय
(सबै प्रदेश) ।

शैक्षिक सत्र २०७६ को माध्यमिक शिक्षा परीक्षा (कक्षा १०) नेपाल सरकार, मन्त्रिपरिषदको मिति २०७७–०२–०८ निर्णयानुसार सम्बन्धित विद्यालयको आन्तरिक मूल्याङ्कनका आधारमा राष्ट्रिय परीक्षा बोर्डले प्रमाणीकरण गरी प्रमाणपत्र जारी गर्ने व्यवस्था भएकाले आव २०७६–७७ को परीक्षा सञ्चालन तथा व्यवस्थापनका लागि पठाइएको प्रश्नपत्र, उत्तरपुस्तिका र परीक्षा सञ्चालन खर्चका सम्बन्धमा देहाय बमोजिम हुन मिति २०७७–०३–१२ को निर्णयानुसार अनुरोध छ।

(क) माध्यमिक शिक्षा परीक्षा २०७६ को प्रश्नपत्र सम्बन्धमाः हाल प्रहरी कार्यालयमा रहेका कक्षा १० का प्रश्नपत्रहरु कक्षा १२ आगामी परीक्षाको प्रश्नपत्रका सम्वन्धित सुरक्षा निकायमा नपुगेसम्म यथावत् सुरक्षित राख्ने र कक्षा १२ को प्रश्नपत्र राष्ट्रिय परीक्षा बोर्डबाट सम्बन्धित सुरक्षा निकायमा पुर्याएपछि कक्षा १० को प्रश्नपत्रहरु राष्ट्रिय परीक्षा बोर्ड प्रदेश कार्यालय या शाखा कार्यालयहरूले फिर्ता ल्याई सुरक्षित राख्ने व्यवस्था गर्ने ।

(ख) माध्यमिक शिक्षा परीक्षा २०७६ को उत्तरपस्तिका सम्बन्धमा : परीक्षा केन्द्रहरुलाई प्राप्त मूल तथा थप उत्तरपुस्तिका प्रदेश शिक्षा विकास निर्देशनालयहरुले अर्को सूचना नगरेसम्म परीक्षा केन्द्र रहेकै विद्यालयहरुमा सम्बन्धित प्रधानाध्यापकले सुरक्षित राख्ने व्यवस्था गर्ने ।

(ग) परीक्षा सञ्चालनका लागि दिइएको पेश्की रकम सम्बन्धमाः प्रदेशस्थित सामाजिक विकास मन्त्रालयमार्फत् रकम विनियोजन भई सम्बन्धित जिल्लाहरुलाई पेश्की स्वरुप उपलब्ध गराइएको र शिक्षा विकास तथा समन्वय इकाईहरुले तोकिएको केन्द्राध्यक्षहरुलाई नम्र्स अनुसार उपलब्ध गराइएको पेश्की रकम सम्बन्धमा सम्बन्धित परीक्षा केन्द्रका केन्द्राध्यक्षहरूले आफनो र सहायक केन्द्राध्यक्षको बढीमा दुई दिनको भत्ता, आन्तरिक बानी, अस्थायी शौचालय निमाण, स्टेशनरी र विविध खर्च शीर्षकमा खर्च भएको भए सोको बील भरपाईसाथ बाँकी रकम शिक्षा विकास तथा समन्वय इकाईको खातामा जम्मा गरी सात दिनभित्र पेश्की फस्र्यौट गर्ने र शिक्षा विकास तथा समन्वय इकाईहरुले जिल्लाको तोकिएको शीर्षकहरुमा भएको खर्चको आवश्यक बील भरपाई हित केन्द्राध्यक्षहरूबाट फिर्ता भएको रकम शिक्षा विकास निर्देशनालयको खातामा यथाशीघ्र जम्मा गरी पेश्की फस्र्यौट गराउने व्यवस्था मिलाउने ।
बोधार्थ तथा कार्यार्थ
श्री राष्ट्रिय परीक्षा बोर्ड, सानोठिमी भक्तपुर ।
श्री शिक्षा विकास निर्देशनालय सात वटै
श्री शिक्षा विकास तथा समन्वय इकाई सतहत्तर वटै

बालकृष्ण सिंखडा
शाखा अधिकत

प्रतिकृया दिनुहोस्