एसईईको नतिजा र हाम्रो चिन्तन

एजुकेशन पाटी

Byएजुकेशन पाटी

४ भाद्र २०७७, बिहीबार
राजन कार्की

सर्वप्रथम २०७७को एसईई परीक्षामा सफलता हासिल गर्ने सम्पूर्ण विद्यार्थीहरूलाई हृदयत बधाई । यस उपलव्धिले आगामी दिनमा देशले चाहेको दक्ष जनशक्ति तयार भई राज्यलाई उत्तरोत्तर प्रगति पथमा लैजाउन शुभकामना । विश्वमा कोरोना महामारीले आक्रान्त भइरहेको समयमा विद्यार्थी भाईबहिनीहरूले परीक्षा दिन सक्ने अवस्था सहज थिएन र नेपाल सरकारले बन्दाबन्दी घोषणा गरे लगत्तै परीक्षा कार्यक्रम स्थगित हुन पुग्यो ।

समय समयमा परीक्षा यो दिन हुने, त्यो दिन हुने, अर्को दिन भन्ने हल्लाले विद्यार्थीहरूको मनोविज्ञानलाई असर पुर्याएकै हो । नेपाल सरकारले माध्यामिक शिक्षा परीक्षा (एसईई) कक्षा १० को विद्यार्थी मूल्यांकन, नतिजा प्रकाशन तथा प्रमाणीकरण कार्यविधि, २०७७ स्वीकृत गर्यो । सोहि कार्यविधिका आधारमा शिक्षा विकास तथा समन्वय इकाइहरुबाट प्रमाणित भई आएका विद्यार्थीहरुको प्राप्तांकलाई संकलन, रुजु र ग्रेडीङ गरी राष्ट्रिय परीक्षा बोर्डले २०७७ भदौ १ गते एसईई नतिजा प्रकाशन गर्यो ।
यो निर्णय यस्तो विषम समयमा विवेकपूर्ण काम हो । विद्यालयहरूले आन्तरिक मूल्यांकनका आधारमा अंक हालेर बोर्डले परीक्षाफल प्रकाशन गरेको बिल्कुलै नयाँ अभ्यास हो । विद्यालयले हालेर पठाएको एसईई नतिजाको अंकलाई जोडेर बजारमा फरक–फरक धारणा राखेको पाइन्छ ।

विद्यालयमा भौतिक सेवा, सुविधा, ल्याब, विज्ञान प्रयोगशाला, पुस्तकालय, कम्प्युटर कक्ष, फूलबारी जती सुकै राम्रा र असल भएता पनि सबैले मूल्यांकन गर्ने एक मात्र साधनको रूपमा परीक्षाको अन्तिम नतिजालाई मानिदो रहेछ । यो गलत प्रवृत्ति हो कि ? यस मानेमा के बुझिदो रहेछ भने प्रत्येक अभिभावक, विद्यार्थी, शिक्षक र आम नागरिकलाई विद्यार्थीले प्राप्त गरेको प्राप्तांकको मात्र मतलव हुने रहेछ न कि उसको अन्तरनिहित ज्ञान ।

परीक्षा भित्र एक लुकेको पक्ष के छ भने विद्यार्थीहरूले परीक्षामा जुन ग्रेडरजिपि ल्याएता पनि उसको वास्तविक जिवनमा व्यवहारि ज्ञान र सफलता हासिल गर्न सकने भने त्यो विद्यार्थीले पाएको प्राप्तांकको खासै अर्थ हुँदैन । हाम्रा विद्यालय शिक्षामा पनि व्यवहारिक, सिपमुलक र प्रयोगात्मक शिक्षाका पाठ्यक्रमहरू तयार पारेरर लागू गरेर जीवन उपयोगी सीप र ज्ञानमा आधारित विषयवस्तु पढाउन र सिकाउन सके स्वंम विद्यार्थी, अभिभावक र सिङ्गो राष्टलाई टेवा पुग्ने छ ।

विगतमा एसईई परीक्षाफल प्रकाशित हुँदा सामाजिक सञ्जाल र चिया गफमा चर्चा परिचर्चा हुने गथ्र्यो आज पनि त्यो जस्ताको त्यस्तै यथास्थितिमा छ । यो विद्यालयका यति जना पास भए, सामुदायिकका यति र निजीका त्यति जिपीए ल्याए आदि । यो विद्यालयका सरहरूले राम्रो सँग पढाए, अर्को छिमेकी विद्यालयका शिक्षकले अल्छी गरे वा पढाएनन् भनेर एकहोरो शिक्षकमाथि सम्पूर्ण दोष थुपारेको पाइन्छ । विद्यालयको नतिजा कम आउनुमा, विद्यार्थी कम पास हुनुमा केही शिक्षकहरूले पढाएनन् वा अल्छि गरे होलान, आफ्नो पेसामा इमान्दारीता देखाएनन होला तर के विद्यार्थीहरूको नतिजा कम वा बढी आउनुमा शिक्षक मात्रै दोषी छन् त ? छैनन् । नतिजा उढारचढाव हुनुमा स्यम परीक्षा प्रणाली, विद्यार्थी, अभिभावक, पाठ्यक्रम, शिक्षा पद्धतिको र बाह्य वातावरण जस्ता अनेकौं पक्षले पनि ठूलो भुमिका रहन्छ । यस पक्षमा हामी सबैले उपयुुक्त वातावरण बनाउनु आवश्यक छ ।

२०७७ को एसईई नतिजाले हामी सबैमा यो कुरा स्पष्ट गर्यो कि विद्यार्थीहरूको मूल्यांकन आन्तरीक तरिकाबाट हुँदा र लिँदा राम्रो हुने देखियो यस मानेमा खुसी हुनुपर्छ, पुरानो केन्द्रीकृत परीक्षा प्रणाली असफलरवैज्ञानिक र झन्झटिलो रहेछ भन्ने बुझिन्छ । तीन घण्टे परीक्षाले व्यक्तिको सम्पूर्ण क्षमताको जाँच गर्न सक्दैन । त्यसैले परीक्षा प्रणाली समय अनुसार परिस्कृत र सुधारको खाँचो छ ।

अर्कोतिर के छ भने हालको एसईई परीक्षाको नतिजाले विद्यालयमा विद्यार्थीले पाएको जिपिएका आधारमा विद्यालयले नम्बर राख्न पाउने अधिकारले गर्दा मनोमानी रूपमा नम्बर बढाएर राखिएको हो भने आशंका सहि भएमा पक्कै पनि निकट भविष्यमा आज राम्रो जिपिए ल्याएर पास भएका विद्यार्थीहरूको भविष्य माथि खेलवाड गर्नु नै हो वा आजको मूल्यांकनले भोलिका दिनमा ऊनिहरूको जीवन अन्धकारमा धकेल्नु हो । यो मानेमा विद्यालय र सरहरूले बेइमानी पक्कै पनि नगरेका होलान भनी अनुमान लगाउन सकिन्छ ।

अन्त्यमा, विगतका एसईई नतिजा भन्दा यो वर्ष धेरै विद्यालय र विद्यार्थीहरूले, राम्रो जिपिए ल्याएको तथ्यांकले देखाउछ । एसईई उत्तीर्ण विद्यार्थीहरूलाई भोलिका दिनमा माथिल्ला कक्षामा कसरी टिकाइ र शैक्षिक क्षति हुन नदिने हो यो गम्भीर प्रश्न हो । विद्यार्थीहरूलाई शिक्षा क्षेत्रमा राखी राख्नका लागि शिक्षाविद्यालय पाठ्यक्रममा सुधार, शिक्षामा क्षेत्रको लगानीमा वृद्धि, पाठ्यक्रममा समसामयिक सुधार र परिमार्जन, दक्ष जनशक्तिको शिक्षा क्षेत्रमा प्रवेश, आधुनिक सुचना तथा संञ्चारका साधनको प्रयोग,व्यवस्थापकिय सुधार जस्ता पक्ष समावेश हुनुपर्छ ।

नेपालका धेरै ठाउँमा खोटाङमा रहेको मदन सुभद्रा फाउन्डेसनले खोलेको गरिखाने शिक्षा प्रदान गर्ने विद्यालय जस्ता, भारतको लद्दाखमा रहेको सोनाम वाङचुकले चलाएको क्भ्ऋःइी जस्ता विद्यालय सञ्चालन हुन आवश्यक छ । यस्ता विद्यालय संञ्चालनले विश्व बजारमा प्रतिस्पर्धा गरी आफुलाई अब्बल साबित गरि शिक्षा क्षेत्रमा न त शैक्षिक क्षति हुने न त परीक्षा प्रणालीलाई दोेष लगाउन मिल्ने ठाउँ हुन्छ । राज्यले र अन्य संस्थाहरूले चाहेका बखत जस्तोसुकै दक्ष जनशक्ति परिचालन र प्रयोग गर्न सकिन्छ ।

प्रतिकृया दिनुहोस्