शिक्षक, विद्यार्थी र अभिभावकमा रहेको कोरोना त्रास यसरी हटाऔं

रिसेटिङः ‘आफु भित्रको आफु’ को खोजी

एजुकेशन पाटी

Byएजुकेशन पाटी

८ असार २०७७, सोमबार

विषय प्रवेश
विश्वव्यापी महामारी कोभिड–१९ वा नयाँ कोरोना भाइरस संक्रमणले आज संसारलाई आक्रान्त पारिरहेको अवस्था हो । आ–आफ्नो सामाजिक, सांस्कृतिक र आर्थिक अवस्था अनुसार बाहिरी वा सांसारिक समाज तथा समुदायमा व्यस्त, व्यग्र र एकोहोरो भइरहेको मानव समुदायलाई यो महामारीले एकाएक भित्र कोचिरहेको छ, भित्र बस्न बाध्य बनाइरहेको छ । यो महामारी कसरी उत्पन्न भयो ? र यसबाट कसरी मुक्त हुने भन्ने बारे विभिन्न अड्कलबाजी र तयारीहरु भए पनि यसको ठोस र सर्वस्वीकार्य उत्तर अहिले विश्वव्यापी रुपमा छैन ।

मात्र यसको संक्रमणबाट बच्न समाज र समुदायबाट टाढा वा एकान्तबास नै सबैले स्वीकारेको र अपनाएको एकमात्र उपाय होस यद्यपि यसबाट हुने संक्रमण र मृत्यु भने बढिरहेको छ । एउटा आशा लाग्दो पक्ष के हो भने संक्रमित भएर पनि पुनः यो भाइरसलाई परास्त गरि नयाँ जीवनमा फर्किरहेको सयौं उदाहरणहरु पनि भएकोले रोग प्रतिरोध क्षमता वृद्दी गरि यसबाट बच्न सकिने सम्भावनाहरु आएका छन् । रोग प्रतिरोध क्षमता बृद्दी गर्ने विभिन्न कृत्रिम तथा प्राकृतिक उपायहरु पनि अगाडी आइरहेका छन र कतिपयले यसलाई जोडतोडले अपनाइ रहेका पनि छन् ।

त्यसैले कोभिड–१९ अहिले विश्वका मानवका लागि ठूलो चुनौती बनेर उभिएको छ, तपार्ईंं हाम्रा लागि पनि यो ठूलो चुनौती बनेको छ । संसारमा हरेक समस्याको समाधान छ, मानवले आफु सामु आइपरेका हरेक चुनौतीहरुलाई ढिलो वा छिटो समाधान गर्दै समायोजन हुँदै आएको छ । यो प्राणीको उत्पत्ति भएको समय देखि नै लागु भइरहेको छ । यसमा मानवले मात्र होइन हरेक प्राणीले बाच्नका लागि संघर्ष गरिरहेकै हुन्छ, यो प्राकृतिक नियम हो । यसमा मान्छे अझ उच्च चेतना शक्ति भएको प्राणि भएकोले आफ्नो अस्तित्वका लागि मात्र होइन अन्य प्राणीको अस्तित्वका लागि पनि संघर्ष गर्नु पर्ने हुन्छ जसको अस्तित्व मानव अस्तित्व सँग पनि जोडिएको हुन्छ त्यसैले यो यथार्थतामा मौनता र निस्कृयता देखाउँदा विभिन्न कालखण्डमा मानवले यस संसारमा ठूल्ठूला प्राकृतिक विपत्तिहरुको सामना गरिरहनु परेको छ ।

यस घटनाले संसारका मानवलाई पुनः स्मरण गराएको छ कि वातावरण, पर्यावरण वा प्राकृतिक रुपले एकाकार वा मैत्रीपूर्ण नहुने गरि गरिएका जस्तासुकै विकास, परिवर्तन वा आविस्कार र नयाँपनहरु यस प्रकृतिका प्राकृतिक विपत्तिहरुका अगाडि निरर्थक भएकाछन् । विज्ञान र प्रविधिको अभूतपूर्व विकासले प्रायः विकसित भनिएका मानवहरुको जीवनशैली पूर्ण रुपमा कृत्रिम र एक किसिमले प्रकृति माथि नै विजय हासिल गरेको अहमता ति मानवमा रहे पनि विद्यमान परिस्थितिले पूर्ण रुपमा विज्ञान प्रविधि मुखी जीवन शैली भएका मानवलाई निरिह बनाइदिएको छ र प्रकृति तर्फ फर्क भन्ने अवधाराणालाई केवल अवधारणाको रुपमा मात्र नलिइ व्यवहारमा नै उतार्न झस्काई दिएको छ ।

प्राकृतिक जीवन शैली, खानपान, वातावरणमैत्री विकास र परिवर्तनले मात्र मानव अस्तित्वलाई कायम गर्न सक्छ्र प्रकृति मानव जीवनका लागि साधन मात्र होइन मानव जीवनको परिपुरक हो, प्रकृतिको विचलन मानव जीवनको विचलन हो त्यसैले मानवले प्रकृतिको विकल्प दिन सक्दैन । ब्रह्माण्ड नै प्रकृति हो, प्रकृतिको काखमा नै मानवको अस्तित्व छ । जब त्यहि मानव विज्ञान र प्रविधिले ल्याएको परिवर्तनको हुंकार छोडी प्रकृति माथि धावा बोल्छ तव प्रकृतिले पनि आफ्नो यथास्थितिलाई सन्तुलनमा ल्याउन चल्मलाउनु पर्ने हुन्छ यो प्रकृतिको चलायमान अवस्था मानव जीवनको लागि घातक हुन जान्छ ।

उल्लेखित अवस्थाबाट छुटकारा पाउन तत्काल त सम्भव छैन यसका लागि पृथ्वीलाई ‘साझा घर’ को रुपमा लिई विश्वव्यापी रुपमा आ–आफ्नो ठाउँबाट सम्पूर्ण मानव नै लाग्नु पर्ने हुन्छ । प्रकृतिवाद र आध्यात्मवाद दुवैलाई आत्मसात गर्नु पर्ने हुन्छ । प्रकृतिवादबाट बाहिरी संसारलाई बुझ्न र देख्न सकिन्छ भने आध्यात्मवादबाट भित्रि संसार लाई बुझ्न र देख्न सकिन्छ । बाहिरी संसारको सांसारिक प्राप्तिले मानवलाई सुखी बनाउन त सक्छ तर खुशी भने बनाउन सक्दैन त्यसैले सुख र खुशी दुवै प्राप्त गर्न साथै सफल, सम्वृद्ध, सुखी र स्वस्थ बन्न बाहिरी र भित्रि दुवै संसार सँग साक्षात्कार गर्न जरुरी छ ।

हामी प्रायः अरुका लागि धेरै बाच्ने गर्दछौं वा बाहिरी संसारका लागि धेरै समय दिन्छौं यहि गर्दा–गर्दै हाम्रो इहलिला समाप्त हुन्छ तर हामीले खोजेको खुशी प्राप्त गर्न सक्दैनौं । धेरै मेहनत र परिश्रम गरेर भौतिक तथा सांसारिक वस्तुहरु प्राप्त गर्दै जान्छौं सुखी बन्दै जान्छौं तर त्यो सुखले क्षणिक खुशी मात्र दिन्छ सांसारिक वस्तुको चाहना बढ्दै जान्छ त्यहि अनुसार त्यसको प्राप्ति गर्दै जान्छौं, अरुको खुशीलाई आफ्नो खुशी सँग जोड्छौं, अरुको लागि खुशी खोज्दै जीवन सकिन्छ तर पनि स्थायी खुसी प्राप्ति गर्न सकिरहेका छैनौं ।

आज भौतिक सुविधा र आर्थिक समृद्धिको तह उच्च भएका देशका नागरिकहरुको खुशी सूचकांक निम्न रहनुलाई पनि यसको उदाहरणको रुपमा लिन सकिन्छ । घर, परिवार, समाज, समुदाय, राष्ट्र हुँदै अन्तराष्ट्रमा पनि योगदान गर्न पुग्छौं तर यो केवल बाहिरी तत्वको खोजी हो । दिगो र स्थायी खुसीका लागि भित्रि संसारको समेत खोजी गर्न जरुरी छ । आफुलाई वा आफ्नो मन मस्तिष्कलाई अनि आफ्नो शरीरलाई समय दिन जरुरी । यो बन्दाबन्दिको समयलाई अवसरमा परिणत गर्न आफुलाई समय दिने सुनौलो मौका प्राप्त भएको छ जसले मस्तिष्कलाई प्रेतात्माको डेरा बनाउनको सट्टा वा नकारात्मक अनुभूतिको सट्टा इश्वरको डेरा बनाउने वा सकारात्मक अनुभूति तर्फ लैजान सकिन्छ । अरुको आवाजलाई धेरै सुन्दै आयौ अब आफ्नो आवाजलाई सुन्ने अवसर प्राप्त भएको छ ।

‘डर’ र डरबाट मुक्ति
यो विश्वव्यापी बन्दाबन्दिको समय हो । मानिसहरु घरमा थुनिएका छन् । निश्चय पनि यस्तो अवस्थामा बाहिरी संसारले कब्जामा लिएको हाम्रो मस्तिष्कमा नकारात्मकता आउनु स्वाभाविक हो । विभिन्न मनोवैज्ञानिक समस्याहरुः डिप्रेसन, एकोहोरोपना, चिन्ता यि सब ‘डर’ को कारणले उत्पन्न हुन जान्छ र यो डरबाट मुक्त हुन कतिले आत्महत्याको बाटो रोज्छन भने कतिपय मानसिक रुपमा बिचलित भइ डर त्रासमा छट्पटाएर बाचिरहेका हुन्छन्, यस्ता कुराहरु सामान्यरुपमा देखिएका हुदैनन् । अहिले विभिन्न संचार माध्यमहरुले आत्महत्याको दर बढिरहेको तथ्यांक प्रस्तुत गरिरहँदा यसको कारण उल्लेखित कुराहरु नै हुनसक्छ भनेर भन्न सकिन्छ । डरबाट उन्मुक्त हुननसक्ने निस्कर्ष जव मस्तिष्कले दिन्छ तब मानिसले आत्महत्या गर्दछ तर जो आत्महत्या गरेका हुँदैनन् उनीहरु मध्ये धेरै जसोको मस्तिष्क पनि यति ठूलो नकारात्मक चिन्तन र डर रुपि पहाडले थिचिएको हुन्छ कि उनीहरु जिउँदो भएर पनि सयौं पटक मरिरहेका हुन्छन् ।

डर वा भयको सन्दर्भमा कुरा गर्दा सामान्यतया सबैलाई लाग्न सक्छ हामीलाई मृत्युसँग डर लाग्छ, तर यो बिल्कुल गलत हो । हामीलाई मृत्युसँग वा मर्न डर लागेकै हुँदैन । तपार्ईंंको चिन्तनको तह उच्च छ भने केहि क्षण स्थिर रहेर सोच्नोस तः हामी मानिसलाई वास्तवमा मृत्यु सँग डर लाग्दैन । डर त केवल हाम्रो मिसन वा जिम्मेवारीहरु पुरा नहुँदै मरिने पो हो किस हाम्रो धन सम्पत्ति अरु बाहिरका व्यक्तिले खाइदिने पो हो किस भन्ने डर मात्र हो ।

हामी विभिन्न माया जाल वा सांसारिक बन्धनमा बाधिएका हुन्छौं, ति सांसारिक वस्तुलाई सुख उपभोगका माध्यम ठानेका हुन्छौं । ठूलो घर, धेरै जग्गा जमिन, कलकारखाना, उद्योग, धेरै सेयर, बैंक ब्यालेन्स, सुन्दर जवान श्रीमति वा श्रीमान, मेहनत गरेर जम्मा गरेका भौतिक वस्तु, गरगहनास यि सबै उपभोग गर्न नपाइ मरिने हो कि भन्ने डर : अनि आफ्ना सन्तान, नजिकका नाता तथा हाम्रो आश्रयमा रहेका व्यक्तिहरु प्रतिको जिम्मेवारी पुरा नहुँदै मरिने हो कि भन्ने डर हो ।

तर यो संसारिक जीवनको बास्तबिक सत्य हामीलाई थाहा हुँदैन वा थाहा भए पनि सामुहिक चेतनाको कारण त्यो सत्य हाम्रो विश्वास प्रणाली भित्र हुँदैन राम्रो लाउन, मिठो खान र मोज मस्ती गर्न नपाइ मरिने पो हो कि भन्ने डर हो । यथार्थमा मृत्युको डर होइन । जव विचलित र तनावमा रहेको मस्तिष्कले उल्लेखित सबै कुराको ढोका बन्द भएको ठहर गर्दछ अथवा सो पुरा गर्न आफुलाई पूर्ण रुपमा असक्षम ठान्छ तब आत्महत्याको बाटो रोज्दछ । उल्लेखित सम्पूर्ण समस्याबाट मुक्त हुन सकिन्छ । अहिलेको एकान्तवासलाई चुनौतिको रुपमा होइन अवसरको रुपमा लिई निम्न तिन कुराको सैद्दान्तिक रटान होइन व्यावहारिक अभ्यास गरेर उत्पन्न हुन सक्ने समस्याबाट छुटकारा पाउने मात्र होइन एकान्तवास पूर्वको अवस्था भन्दा सशक्त, क्षमतावान, सालिन तथा उर्जाशिल भएर पुनः समाज तथा समुदायमा आफुलाई प्रभावशाली पात्रको रुपमा अगाडि ल्याउन सकिन्छ । रिसेटिङका तीन तरिकाहरु निम्नानुसार छन् ।
१. मौनता
२. स्थिरता
३. एकान्तता
यसलाई स्थिर र दिगो खुशी प्राप्त गर्ने सशक्त माध्यमको रुपमा लिन सकिन्छ । हामी भित्र रहेको विभिन्न कुराहरुको त्रास वा डरले हाम्रो जीवनमा काम गरिरहेको हुन्छ । अथवा हामीलाई पूर्ण रुपले ‘डर’ ले कब्जा गरेको हुन्छ । हामी ‘डर’ सँग जोगिने वा त्योसँग भाग्ने कोशिस गरिरहन्छौं तर ‘डर’ बाट मुक्त नहुँदा नहुँदै हामी मृत्युको मुखमा पुग्छौं । विडम्वना यो छ कि ‘डर’ सँग जति भाग्छौं त्यति त्यसले हामीलाई खेदिरहेको हुन्छ । जति जोगिने प्रयत्न गर्दछौं त्यति त्यति ‘डर’ विभिन्न रुपमा विकराल बन्दै गइरहेको हुन्छ । विभिन्न उमेर र अवस्था अनुसार फरक–फरक किसिमका ‘डर’ हरुले हामीलाई सताइरहेको हुन्छ ।

सम्पत्ति नहुँदा दुख पाइएला भन्ने डर, हुँदा सम्पत्ति परिचालन गर्ने र जोगाउने डर, सन्तान नहुँदा बुढेसकालमा दुख पाइएला वा स्वर्गको बाटो थुनिएला भन्ने डर, सन्तान हुँदा हुर्काउने, बढाउने, पढाउने वा स्वावलम्वी बनाउने समस्याको डर, त्यस्तै राम्रो श्रीमान वा श्रीमति नपाइएला कि भन्ने डर, पाए पछि छोड्ने हो कि भन्ने डर, डर नै डरले भरिएको छ मानव जीवन । यि सबै बाहिरी संसारबाट उत्पन्न समस्याहरु हुन् । यदि भित्रि संसार दर्शन गर्ने प्रयास गर्ने हो भने त्यहा डरलाई परास्त गर्ने तागत छ । भयरहित जीवन बनाउने उपायहरु छन् । त्यहाँ वास्तविक सुख र खुशीहरु छन् । त्यसका लागि मौनताको अभ्यास : दैनिक मौन बस्ने, स्थिरताको अभ्यासः स्थिर बस्ने, एकान्तताको अभ्यासः एकान्तमा बस्ने, भित्रि संसारको चिन्तनपूर्ण खोज गर्ने ।

यसको अभ्यासको क्रममा हुँदा ‘जीवनमा केहि कुराले रोक्दैन भने तपार्ईंं के गर्न चाहनुहुन्छ ?’, ‘राम्रो मानिसमा हुनु पर्ने असल गुणहरु के के हुन् ?’ आदिको चिन्तन गर्ने । हाम्रो मस्तिष्क बाहिरी संसारको प्रभावले जकडिएको हुँदा शुरु–शुरुको अभ्यासको क्रममा धेरै बाहिरी कुराहरु आउन सक्छ, नकारात्मक कुराहरु पनि आउन सक्छ तर त्यस्तो बाहिरी प्रभावलाई रोक्न प्रयत्न गर्दै जानु पर्छ । यसको लागि एकान्तमा भयरहित स्थिरता र मौनताको आवस्यक पर्दछ । हामीलाई के के कुरासँग डर लाग्छ ? त्यसको सुची तयार पार्ने र त्यससँग आमने–सामने हुने कोशिस बारम्बार गर्दै जानु पर्दछ ।

वास्तवमा डरको मूल श्रोत के हो ? पहिचान गर्नुपर्दछ त्यसको मुकावाला सकारात्मक पूर्वक गर्नुपर्छ । आकर्षणको नियम अनुसार नकारात्मक संदेश अन्तर्गत त्रास, भय, आक्रोस, निरासा, संकट तथा समस्याहरुको इमेज बारम्बार मस्तिष्कमा ल्याउनु भनेको त्यहि सुचना हामीले ब्रह्माण्डमा पठाउनु हो, हामीले जे जस्तो सूचना वा सन्देस ब्रह्माण्डमा पठाउछौं त्यो जस्ताको तस्तै हाम्रो जीवनमा प्राप्त गर्दछौं । आज हामी जे जस्तो धरातलमा उभिएका छौं, त्यो हिजो हामीले ब्रह्माण्डमा पठाएको सन्देशको परिणाम हो त्यसैले सधैँ सकारात्मक सोचौं, सकारात्मक संदेश सम्प्रेसण गरौं ।

स्वचेतना
माथिका तीन कुराको अभ्यासका लागि स्वचेतनाको अभ्यास जरुरी हुन्छ । हामी धेरै जसो अरुलाई सचेत गराउने नाममा विभिन्न चेतनाका कार्यहरु गर्दै हिड्छौं, भन्दै हिड्छौं, अर्ति उपदेश दिन्छौं तर आफै सचेत वा स्वसचेत भने हुँदैनौं । शुरुवात आफैबाट, आफ्नो शरीरबाट अनि आफ्नो मस्तिष्कबाट गर्नुपर्दछ । यो समयमा यो क्षणमा आफ्नो शरीरमा आफ्नो मस्तिष्कमा के भइरहेको छ । आफ्नो शरीरको मौसम जाच गर्ने । यसका लागि सचेतन स्वास प्रस्वास गर्न जरुरी छ वा नाकको माध्यमबाट लामो स्वास लिई शरीरको कुना कुनामा सिञ्चित गर्ने र पैताला देखि शिर सम्मको बटुलेर लामो प्रस्वास गरि मुख आ… गरेर सम्पूर्ण कार्वनडाइअक्साइड बाहिर फाल्दै जाने प्रक्रियाबाट आफ्नो शरीरको भित्रि तह सम्मको अवस्था जाच गर्ने ।

यो त आफ्नो शरीरको शारीरिक मौसम जाच गर्ने अभ्यास मात्र हो भने योसँगै हाम्रो चिन्तन वा मस्तिष्क प्रणालीमा पनि सकारात्मकता मात्र खोज गरेर लिने र नकारात्मकता जति सबै बाहिर फ्याक्दै जाने अभ्यास दिनहुँ गर्दै जाँदा निश्चय पनि हामी क्रमशः उर्जाशील बन्दै गएको अनुभूति गर्न सक्छौं । यस अवस्थामा अत्यन्त आनन्दको अनुभूति गर्दै एकाग्रता… अनि शून्यता… भएर भित्रि संसारमा हराउँदै जाने । यो कुरामा हामी निश्चित हुन पर्दछ कि आनन्द, शान्ति, खुसी हामी भित्रैबाट शृजना हुने तत्वहरु हुन् । बाहिर खोजेर भेट्न सकिदैन र अरु कसैले दिन सक्ने बस्तु पनि होइनन् ।

निश्चय पनि हामी जुन धरातलमा उभिएका छौं सो धरातल मजवुत र स्थिर हुन जरुरी छ । यसका लागि भित्रि स्थिरता आवश्यक पर्दछ जसको प्राप्ति मौनताबाट हुन्छ । वास्तवमा हामी शक्ति बाहिर खोजेर हिड्छौं तर शक्तिको श्रोत आफै सँग हुन्छ । दैनिक स्वचेतनको अभ्यास गर्ने र आफ्नो लागि भएका सिकाइहरुको अनुभूत गर्ने । यो कार्य स्वमनन वा स्वप्रतिबिम्बको अभ्यासबाट गर्न सकिन्छ । दैनिक रुपमा आफुमा रहेका सबल पक्ष र कमजोरीहरुको बारे मनन् गर्ने, आफु कृतज्ञ रहेका कुराहरुको प्रतिबिम्ब खिच्ने आदि अभ्यासबाट यो कार्य गर्न सकिन्छ । राम्रो मान्छे बन्ने सबैको चाहना हुन्छ ।

राम्रो मान्छे वा आदर्शवान मान्छे बन्न के कस्ता गुणहरु आवश्यक पर्दछ त्यो पनि हामीलाई थाहा हुन्छ तर पनि मानवीयता दिनानुदिन ओरालो लागिरहेको छ । जीवन सुखी र खुशी बनाउन हामी सबै चाहन्छौं तै पनि हामी सकिरहेका छैनौं । जीवन सुखी र खुशी बनाउन आवश्यक विभिन्न तत्वहरुको सन्तुलनको अभावले हामी धेरै जसो ‘डर’ मा बाचिरहेका छौं । कति काम नचाहेर पनि हामी गरिरहेका छौं । ‘डर’ को कारणले र कति काम हामीले चाहेर पनि गरिरहेका छैनौं । त्यसको कारण पनि ‘डर’ नै हो । डर नै डर ले हाम्रो जीवन गुज्रिरहेको छ । हाम्रो सामाजिकीकरण यसरि नै भयो, हाम्रो शिक्षा प्रणालीले हामीलाई यहि नै सिकाएको छ । डर कै कारणले हाम्रा इच्छा र स्वार्थहरू बाझिरहेका छन् । र त्यो पुरा गर्न हामी विभाजित भएर लागि परेका छौं यसले ‘म’ र अन्य मानिस, प्राणीमा फरक छ भन्ने भ्रमपूर्ण भावना हरेक मानिसमा जागृत भएको छ । हामी किन सुखी, सम्वृद्धि र खुसी बन्न नसकेको होला ? साथी बनाउन नसकेर, मिलेर काम गर्न नसकेर, आफ्ना लागि मात्र काम गरेर, अहम् पालेर, अरुलाई महत्व नदिएर, अरुको सद्गुण देख्न नसकेर, अनि आफैलाई चिन्न नसकेर । ‘म’ र ‘अन्य’ एकै हो भन्ने भावना जागृत हुनु हो भने सुख, सम्वृद्धि र खुशी दुवै प्राप्त हुन सक्छ ।

यसो हुनुमा एउटा व्यक्तिको दोष छैन कि हाम्रो सामुहिक चेतना । हामी सबै सामुहिक चेतनाको पछाडि दगुरेका छौं । किनकि समाज, संस्कृति र समुदायले हामीलाई यसकै आधारबाट मूल्यांकन गरिरहेको हुन्छ, यसैको आधारबाट ठिक बेठिक छुट्याइरहेको हुन्छ ।

रि–सेटिङको मान्यता अनुसार जीवन (जिउनु) र मृत्यु (मर्नु) महत्वपुर्ण होइन, कति लामो र छोटो जीवन बाच्यौं त्यो पनि महत्वपुर्ण होइन, कति नाम र दाम कमाउन सक्यौं त्यो पनि महत्वपुर्ण होइन । हामी कति बाच्यौं त्यो कसरी बाच्यौं ? त्यो नै सबै भन्दा महत्वपुर्ण कुरा हो । जीवन सहज तरिकाले बढी दिन सम्म बाच्नु मात्र मानव जीवन होइन । ‘उच्च उद्देश्य सहितको जीवन’ र ‘अर्थपूर्ण जीवन’ नै जीवनको महत्वपुर्ण पक्ष हो । यसका लागि आफुमा विश्वास र समर्पणको जरुरी पर्दछ । निश्चय पनि असल गुण अपनाउन गाह्रो छ तर असल गुणसँग बाच्न सरल छ । खराब बानी सजिलै अपनाउन सकिन्छ तर खराब बानीव्यहोरा अपनाएर बाच्न गाह्रो छ ।

प्रकृतिको नियमहरु
संसारमा सामान्यतया कुनै पनि प्रकारका वा कुनै पनि स्तरका मानिसहरु दुखि छन् । कुनै न कुनै कुराहरुले हाम्रो जीवनमा गाह्रो बनाइरहेको हुन्छ । हामीलाई के कुराहरुले सबै भन्दा दुखी र गाह्रो बनाइरहेको छ ? त्यसैगरि हामीले अहिलेको जीवनमा गर्न खोजेको महत्वपुर्ण कुरा वा चाहेको कुरा के हो ? यसको यकिन गरौं । यो ब्रह्माण्ड निश्चित नियमहरु द्वारा चलेको छ । हामी सम्पूर्ण मानिस, प्राणीसमेत यहि नियमद्वारा सञ्चालित छौं र यहि नियममा बाधिएका छौं ।

जब हामी ब्रह्माण्डका आध्यात्मिक नियमहरूको बारेमा सोच्ने गर्दछौ हाम्रो दिमाग सिधा आकर्षणको नियम तर्फ जान सक्छ । किनकि यसमा एक आपसमा जोडिएका सम्पूर्ण आध्यात्मिक नियमहरूको सम्पूर्ण नेटवर्क छ जुन हाम्रो जीवनको प्रत्येक पक्षमा असर गर्न सक्छ । यद्यपि यी नियमहरू आकर्षणको नियम बुझ्नको लागि प्रयोग गर्न सकिन्छ ।

ब्रह्माण्डको बाह्र आध्यात्मिक नियमहरू प्रत्येकले तपार्ईंंलाई कल्याण, खुसी र सफलताको बारेमा अनौंठो कुरा सिकाउँदछ । जब तपार्ईंंसँग यी आध्यात्मिक नियमहरूको पूर्ण ज्ञान हुन्छ, संसारमा तपार्ईंंको आफ्नै ठाउँको स्पष्ट तस्वीर विकास गर्न सक्नुहुन्छ । यसले तपार्ईंंलाई कसरी प्रभाव पार्छ र कसरी उनीहरूको बारेमा तपार्ईंंको जागरूकतालाई सकारात्मक परिवर्तन तर्फ निम्त्याउन सक्छ भनेर बुझ्न मद्दत गर्दछ । यस लेखमा प्रमुख बाह्र नियमहरुको बारेमा छोटकरीमा उल्लेख गरिएको छ ।
१. कम्पनको नियम
२. पत्राचारको नियम
३. कारण र प्रभावको नियम
४. एकताको नियम
५. प्रेरित कार्यको नियम
६. आकर्षणको नियम
७. क्षतिपुर्तिको नियम
८. उर्जाको स्थायी रुपान्तरणको नियम
९. सापेक्षताको नियम
१०. लैङ्गिक नियम
११. ध्रुवीकरणको नियम
१२. लयको नियम

१. कम्पनको नियम
‘आकर्षण’ एक नियम हो तर यो गौण नियम हो, प्राथमिक नियम कम्पनको नियम हो । ‘कम्पन’को नियम ब्रह्माण्डको एक आधारभूत नियम हो । यसले यस्तो आदेश दिन्छ कि यो ब्रह्माण्डमा सबै कुरा चलायमान छ, केही पनि स्थिर छैन, हामी गतिको सागरमा बाँचिरहेका छौं । तपार्ईंंको मस्तिष्क कोशिका सक्रिय रूपमा तपार्ईंंको आफ्नो शरीरको एक कम्पन सेट हो । यदि तपार्ईंं वास्तवमै राम्रो कम्पनमा हुनुहुन्छ र एक व्यक्तिसँग जो एकदम नकारात्मक छ तपार्ईंं तिनीहरूको उपस्थितिमा सहज महसुस गर्नुहुन्न । चेतना, जागरूकता कम्पनको महसुस हो, तपार्ईं तिनीहरूको ऊर्जामा सहज महसुस गर्नुहुन्न र तपार्ईंं अब तिनीहरूबाट टाढा हुन चाहनुहुन्छ । यदि तपार्ईंं नकारात्मक हुनुहुन्थ्यो र ती नकारात्मक छन् भने तपार्ईंं उनीहरु सँगै हुनुहुनेछ ।

२. पत्राचारको नियम
हाम्रो वर्तमान वास्तविकता हामी भित्र के भइरहेको छ भन्ने कुराको दर्पण हो । हाम्रो बाहिरी वास्तविकता हाम्रो भित्री प्रभावशाली सोचको परिणाम हो। यदि हाम्रो जीवन असन्तुष्टता, अराजकताले भरिएको छ वा केवल सीधा अपूर्ण भइरहेको छ भने, यो एक कारण हो कि जुन हामी भित्र यहि सन्देश सम्प्रेसण गरिरहेका छौं । हाम्रो बाहिरी संसार हाम्रो भित्री संसारको प्रतिबिम्ब बाहेक अरु केही होइन । यो एउटा असाधारण सिद्धान्त हो र यसले वास्तवमै भन्छ कि हाम्रो वर्तमान वास्तविकता हामी भित्र के भइरहेको छ भन्ने कुरा वा हाम्रो सोच सम्प्रेषण को दर्पण हो ।

३. कारण र प्रभावको नियम
कारण र प्रभावको सार्वभौम नियमले भन्छ कि हरेक प्रभावको लागि एक निश्चित कारण हुन्छ, त्यस्तै प्रत्येक कारणका लागि एक निश्चित प्रभाव छ । तपार्ईंंका विचारहरू, आचरणहरू, र कार्यहरूले विशिष्ट प्रभावहरू शृजना गर्दछ जुन प्रकट हुन्छ र तपार्ईंको जीवनलाई शृजना गर्नुहुन्छ । यदि तपार्ईंं आफूले शृजना गरेको प्रभावहरूमा खुसी हुनुहुन्न भने, तपार्ईंंले तिनीहरूको कारणहरू परिवर्तन गर्नुपर्नेछ जुन पहिला शृजना गरिएको थियो । तपार्ईंंले आफ्नो जीवन परिवर्तन गर्नुभयो ? आफ्ना विचारहरू परिवर्तन गर्नुहोस्, र तपार्ईंं नयाँ गन्तव्य शृजना गर्नुहुन्छ । यो विश्लेषण कारण र प्रभावको अपरिवर्तनीय नियममा केन्द्रित छ र यसको बुझाइले हाम्रो जीवन सुधार गर्न सहयोग गर्दछ ।

४. एकताको नियम
यस नियमको मुख्य आदेश यो हो कि सबै कुरा जडित छ र सबै कुरा अस्तित्वमा रहेको सबै कुराबाट प्रभावित हुन्छ र त्यसमा तपार्ईंं समावेश हुनुहुन्छ । तपार्ईंं ब्रह्माण्डको उर्जाबाट प्रभावित हुनुहुन्छ र तपार्ईंं एक व्यक्तिको रूपमा ब्रह्माण्डको एक हिस्सा हो– तपार्ईंंको विचारहरू, भावनाहरू, र कार्यहरूले केही हदसम्म सबै कुरामा प्रभाव पार्दछ । सबै कुरा जोडिएको छ । तपार्ईंं पृथ्वीको साथ साथै, सौर्यमण्डलका ती सबै तत्वहरुसँग जोडिनुभएको छ । तपार्ईंले सोच्ने कुरा, भन्ने कुरा, गर्ने कुरा र विश्वास गर्ने सबै कुराले सम्पूर्णलाई प्रभाव पार्दछ । यसले सबैलाई असर गर्छ किनभने यस ब्रह्माण्डमा सबै प्राणीहरु र चीज वस्तुहरू सबैसँग एक अर्कासँग जडान भएका छन् । एक अर्कासँग साझेदारी छन् । यो ब्रम्हाण्डका सबै प्राकृतिक चिज बस्तुहरु एकताको नियमद्वारा संचालित छन् ।

५. प्रेरित कार्यको नियम
यो नियम आकर्षणको नियमको नजिक छ । यदि हाम्रा इच्छा वा चाहनाहरुलाई ब्रह्माण्डमा सन्देशको रुपमा पठाइसके पछी त्यो जस्ताको तस्तै प्रेरणाको रुपमा हामीतर्फ नै आकर्षित हुन्छ । त्यो नै सामान्य अर्थमा प्रेरणाको नियम हो तपार्ईंंले प्रकट गर्न चाहनु भएको इच्छालाई नक्सांकन गरिसकेपछि प्रेरित कार्य आउँदछ, तपार्ईंंले यसलाई कल्पना गर्नुभयो र महसुस गर्नुभयो, र यसको लागि तपार्ईंं उत्साहित हुनुभयो । त्यसपछि प्रेरित कार्य विचार, सुझाव र संयोगको रूपमा आउन शुरू हुनेछ । लाग्छ कि यो प्रेरणा र आकर्षण एकै हो । यो त्यस्तो कार्य हो जसको बारेमा तपार्ईंं सोचाइ रोक्न सक्नुहुन्न । तपार्ईंले यस तरिकाले पनि महसुस गर्नुहुनेछ जब प्रेरित कार्यले तपार्ईंलाई हिट गर्दछ, तपार्ईंं यसलाई आफ्नो दिमागबाट हटाउन सक्षम हुनुहुने छैन र तपार्ईंं अन्य कार्यहरु गर्दै हुनुहुन्छ भने पनि यसकै बारेमा सोचिरहनुहुनेछ । ब्रह्माण्डले तिनीहरूलाई पठाउँदै जान्छ जब सम्म तपार्ईंं त्यसमा काम गर्नुहुन्न । जब तपार्ईंं वास्तवमै प्रकट गर्ने बानीमा पर्नुहुनेछ । तपार्ईंंले प्रायः यस्ता घटनाहरू अनुभव गर्न थाल्नुहुनेछ । प्रेरित कार्य उत्तेजनाको रूपमा वा सहज ज्ञानको रूपमा आउँछ ।

६. आकर्षणको नियम
आकर्षणको नियम प्रकृतिको विश्वव्यापी नियम हो । गुरुत्वाकर्षणको नियम जस्तै यो पनि निष्पक्ष छ । जबसम्म तपार्ईंं लगातार विचार गरेर कुनै चिज बस्तुको आह्वान गर्नु हुन्न तब सम्म कुनै पनि चिज तपार्ईंंको जिन्दगीमा आउँदैन । ‘तपार्ईंंको विचार अनि भावनाले तपाईंको जीवन निर्माण गर्दछ र यो सधै यस्तै तरिकाबाट हुँदै आइरहेको छ र यस्तै हुँदै जानेछ । पक्का ग्यारेन्टी छ ।’ –लिसा निकोल्स ।

यो नियम ब्रह्माण्डको सम्पूर्ण व्यवस्था, तपाईं को जीवनको हर समय अनि जीवनका हरेक अनुभव लेख्दछ । तपाईं को हो र कहाँ हुनुहुन्छ भन्ने कुराले यसलाई केहि फरक पर्दैन । आकर्षणको नियमले तपाईंको जीवनको अनुभव, सोच र विचारलाई आकार दिइरहेको हुन्छ । यो सर्र्वशक्तिमान नियम तपार्ईंका विचारका माध्यमले यसो गर्दछ । तपाईं आफ्नो विचारले आकर्षणको या नियमलाई सक्रिय बनाइरहनु भएको छ ।

‘यदि तपाईं आफ्नो दिमागमा कुनै चिज देख्न सक्नु हुन्छ भने त्यो तपाईंको हातमा आउछ । तपाईं आफ्नो दिमागमा आफुले चाहेको कुरा सोच्नु हुन्छ र त्यसलाई प्रवल विचार बनाउनु हुन्छ भने त्यो चिज तपाईंको जीवनमा प्रकट हुनेछ’, वव प्राक्टर ।

वास्तवमा हाम्रो मस्तिष्कमा बारम्बार आउने नकारात्मक हुन् या सकारात्मक विचारहरुले यो ब्रह्माण्डमा चुम्बकीय संकेत पठाउदछ र उस्तै चिज वा घटनालाई हामी तर्फ नै आकर्षित गर्दछ । वा आकर्षण को नियम नैसर्गिक नियम हो र यो निष्पक्ष छ अनि राम्रो वा नराम्रो चिजहरुमा भेदभाव गर्दैन । यो तपाईंको विचारहरुलाई तपाईंकै जीवनमा साकार गराउँदछ । तपाईं जे को बारेमा सोच्नु हुन्छ, आकर्षणको नियम तपार्ईंलाई त्यही दिलाउछ ।

७. क्षतिपूर्तिको नियम
यो नियम आकर्षणको नियमसँग एकदम मिल्दोजुल्दो छ कि तपार्ईंले संसारमा जे राख्नुभयो त्यो तपार्ईंलाई फिर्ता आउनेछ । यसले तपार्ईंको हृदयमा जे छ त्यो तपार्ईंलाई फिर्ता ल्याउने कुरा हो भनेर उल्लेख गर्दछ । हाम्रो भावना र विश्वास संरचना जसले हाम्रो विचारहरूलाई अस्तित्वमा प्रकट गर्ने क्षमतालाई शक्ति दिन्छ । यो ब्रह्माण्ड उर्जाबाट बनेको छ र यो नियम अनुसार हामीले जस्तो उर्जाप्रेषित गरेका छौं । त्यस्तै उर्जासँग क्षतिपूर्ति हुनेछ भन्ने कुरा पुष्टि गर्दछ । उदाहरण को लागि, यदि तपाईं कसैको लागि राम्रो काम गर्नुहुन्छ तर आक्रोशका साथ वा नकारात्मक तरीकाले गर्नु हुन्छ भने वास्तवमा फिर्ता हुने कुरा भनेको असन्तुष्टि र क्रोध हो । यदि तपार्ईंं यी कार्यहरू गर्नुहुन्छ त्यो कार्यलाइ आफ्नो मुटुमा प्रेम सँग राख्नुहुन्छ भने तब क्षतिपूर्तिको रूपमा प्रेम नै फिर्ता हुनेछ ।

८. उर्जाको स्थायी रुपान्तरणको नियम
यो नियमानुसार सबै व्यक्तिहरूसँग तिनीहरूको जीवनको अवस्था परिवर्तन गर्ने शक्ति हुन्छ । उच्च कम्पनहरू उपभोग गर्दछ र कामलाई रूपान्तरण गर्दछः यसैले, हामी प्रत्येकले विश्वव्यापी नियमहरू बुझ्ने र सिद्धान्तहरूलाई लागू गर्ने तरिकामा परिवर्तन गरेर हाम्रो जीवनमा उर्जाहरू परिवर्तन गर्न सक्दछौं । आफ्नो पुस्तक ‘द साइन्स अफ गेटिङ’ रिचू मा लेखक वालेस डी वाटल्सले पर्पेर्चुअल ट्रान्समिटेशनको नियमको बारेमा चर्चा गरेका छन् । सरल शब्दमा भन्नुपर्दा, निराकार क्षेत्रबाट भौतिक जगतमा लगातार उर्जा बगिरहेको हुन्छ र त्यसले स्वरूप लिइरहेको हुन्छ । यो उर्जा असीमित र अक्षय हो ।

पुरानो स्वरूपहरू समाप्त भएपछि ब्रह्माण्डमा अदृश्य रुपमा रहेका नयाँ उर्जाहरु बाहिर आउँदछन् । ब्रह्माण्डको उर्जासँधै चलायमान र रुपान्तरित भइरहेका हुन्छन् र नयाँ–नयाँ स्वरुपमा बाहिर आइरहेका हुन्छन् । प्रकृतिको यो नियमले हामीलाई भन्दछ कि उर्जासँधै गतिको अवस्थामा रहन्छ र कहिल्यै स्थिर हुँदैन । यो नियम ब्रह्माण्ड र हाम्रो चेतना को अनुभूति को माध्यमसँग सम्बन्धित छ कि देखिने र नदेखिने सबै कुरा लगातार परिवर्तन भइरहेको छ । हामी यस उर्जालाई सदुपयोग गर्न र यसलाई हामीले चाहेको जुनसुकै रूपमा रूपान्तरण गर्न सक्दछौं, तब हामीले महसुस गर्नुपर्दछ कि यस समय हाम्रो साथमा रहेको उर्जालाई राम्रोतर्फ केन्द्रित गर्न सकिन्छ र त्यसपछि हाम्रो वरपरका र हामीभित्रका सबै कुराहरु राम्रोसँग बदलिन सक्छन् ।

९. सापेक्षताको नियम
यो नियमले भन्छ कि ब्रह्माण्डमा सबै कुरा तटस्थ छन् जुन पृथक रुपमा देखिन्छ र जब हामी कुनै पनि चीज बस्तुको कुनै अर्थ राख्छौं जुन हामीले यसलाई हाम्रो वास्तविकतामा प्रतिबिम्बित भएको देख्छौं । यहाँ वास्तवमा कुनै राम्रो वा खराब छैन, यो केवल हाम्रो प्रभाव हो कि यसले ती लेबलहरू दिन्छ । ब्रह्माण्ड एक खाली क्यानभास हो जुन हाम्रो विचारहरू र विश्वासहरू हामीलाई फिर्ता गर्दछ ।

हाम्रो दिमाग एक फिल्म प्रोजेक्टर जस्तै छ र हाम्रो विचारहरू प्रोजेक्टर मार्फत प्रेषण गरिएको फिल्म जस्तै हो । हामी जे सोच्छौं ब्रह्माण्डको खाली क्यानभासमा प्रक्षेपित गरिएको हुन्छ र हाम्रो जीवनको चलचित्र जस्तो फिर्ता गरेर हामीलाई देखाइन्छ । यदि तपाईंका विचारहरू नकारात्मक छन् र कलहले भरिएका छन् यो ब्रह्माण्डले यसको खाली स्क्रीनमा प्रतिबिम्बित गर्दछ । यदि तपाईंका विचारहरू प्रेम, अनुकम्पा र दयाका छन् भने यो फिल्म हो जुन हामीलाई त्यही रुपमा फिर्ता प्रतिबिम्बित हुनेछ । तपार्ईंंको जीवनको चलचित्रलाई एक फिल्म हुन अनुमति दिनुहोस् कि तपार्ईंं संसारलाई गर्व गर्न लायक विचार दिनुहोस् र यसलाई मास्टरपिस बनाउनुहोस् ।

१०. लैङ्गिक नियम
यो ब्रह्माण्ड पुरुष र महिला दुबैको उर्जाले बनेको छ जसलाई चिनियाँहरुले थ्ष्ल र थ्बलन को रूपमा चिनाउँछन् । धेरै मानिसहरूले सोच्न सक्छन् कि यी विपक्षी शक्तिहरू हुन् वास्तवमा तिनीहरू परिपुरक शक्तिको रूपमा छन् जुन एक अर्का विना अस्तित्वमा हुँदैन । पुरुष र महिलाको उर्जा एकसाथ मिल्दा ऊर्जाको एउटा अर्को इकाई बनाउँदछ । योगीहरूले यसलाई योगको उच्चतम रूप भन्छन् । हामी यसलाई ‘पावर कपल’को रुपमा मा देख्छौं जुन एकताको रूपमा बलियो हुन्छ । व्यक्तिगत रूपमा भन्दा परिपुरक उर्जाको एकताको शक्तिले संसार परिवर्तन गर्न सक्दछ ।

११. ध्रुवीकरणको नियम
यस ब्रह्माण्डमा सबै चीज विपरित छ । खुशीमा उदासिनता हुनुपर्दछ, तातो र चिसो हुनुपर्दछ, माथि–तल हुनुपर्दछ र दिन–रात हुनुपर्दछ । हामी प्रत्येकको ध्रुवीकरणलाई बुझ्न सक्दैनौं जब सम्म हामी प्रत्येक विपरितको आवश्यक छ । हामी यो ब्रह्माण्डमा एकताको रुपमा छौं । हामीले यस संसारमा हाम्रा छनौटहरूलाई वैधता प्रदान गर्न हामीले विपारितहरूको अनुभव लिनु पर्दछ । प्रत्येक विपरीत तत्वको एक सिकाइ निर्माणको रूपमा मूल्य हुन्छ जसले हामीलाई चाहेको जीवन शृजना गर्ने अवसर प्रदान गर्दछ । यदि ब्रह्माण्डले हाम्रो लागि छनौट गरेको थियो भने यसले हाम्रो स्वतन्त्रतालाई उन्मूलन गथ्र्यो । यहि स्वतन्त्रताको माध्यमबाट हामी हामी सबै एक अर्कामा जडित छौं । पहिलो विश्वव्यापी नियम, विश्वव्यापी एकताको नियमको सत्यता महसुस हामीलाई प्रेम वा घृणाको छनौट दिइएको छ ।

१२. लयको नियम
सबै चीजको एक चक्र र लय हुन्छ । जीवन र मृत्यु सँधै जोडिएको छ, हिउँद पछि वर्षा, शिशिर पछि वसन्त गरि विभिन्न ऋतुहरुमा बदलिन्छ । हामी वर्षौंको लागि विवाहित हुन सक्दछौं र त्यसपछि आफैलाई अविवाहित वा प्रशस्त जीवन बिताएको पाउँदछौं र हामी एक दिन आफुलाई अभावमा रहेको पाउँदछौं । यी सबै ब्रह्माण्डको प्राकृतिक चक्र हो । एक पटक सुन्दर गुलाब अन्ततः सुक्छ र धुलोमा बिलाउछ । यी चक्रहरूलाई बुझ्ने र स्वीकार गर्दा हामीले जीवनको कुनै पनि एक अवस्थामा मात्र बढी जोडिन हुँदैन ।

ज्वारहरू उठ्दछन् र फेरिन्छन् र यि प्रत्येक अवस्था उचित छन् । जीवन तव मात्र सहज हुन्छ जब हामी एकबाट अर्को अवस्थासँग सहजै जोडिन सक्छौं नत्र हामी दुख र असन्तुष्टिलाई हाम्रो जीवनमा ल्याउँछौं । योगीले प्रत्येक चरणलाई उस्तै व्यवहार गर्दछन् । जब हामी बुझ्दछौं कि सबै चीजहरू परिवर्तन हुन्छन् तव हामी शान्तिको ठाउँमा आउन सक्दछौं ।

यी १२ सर्वव्यापी नियमहरुले तपार्ईंंको जीवनलाई मालिक बन्न मद्दत गर्दछन् । तपार्ईंं यसलाई विश्वास गर्नुहुन्छ कि हुँदैन त्यसले केहि फरक पर्दैन किनकी तपार्ईंं गुरुत्वाकर्षणको नियमलाई विश्वास गर्न सक्नुहुन्न, तर यदि तपार्ईंं एक तले भवन माथि बाट फुत्कनु भयो भने तपार्ईंं भूईमा खस्नुहुनेछ र सम्भवतः तपार्ईंंको मृत्यु पनि हुनेछ अब भन्नुहोस तपार्ईंं गुरुत्वाकर्षणमा विश्वास गर्नुहुन्छ वा गर्नुहुन्न । यी नियमहरू तपार्ईंंलाई आफ्नो सर्वोत्तम जीवन शृजना गर्न मद्दतको लागि विभिन्न स्रोतहरुबाट दिएका छन् ।

यी १२ युनिभर्सल नियमहरूलाइ तपाईंको जीवनमा लागु गर्ने प्रयास गर्नुहोस् तपार्ईं आफ्नो जीवनमा प्रभुत्व पाउनुहुनेछ ।

यो ब्रह्माण्डमा दुईवटा संसार रहेका छन् । बाहिरी र भित्रि संसार बाहिर । देखिने जुन भौतिक संसार हुन्छ यसको दर्शन र यसबाट प्राप्त तत्वहरुले क्षणिक भौतिक शुख दिन सक्छ तर खुशी दिन सक्दैन भने भित्रि संसारको दर्शन र त्यसबाट प्राप्त तत्वहरुले आत्मिक र स्वर्गीय सुख दिन सक्छ त्यसैले दिगो सुख र खुशीका लागि र अर्थपूर्ण जीवन प्राप्तिका लागि भित्रि संसार देख्न सक्नु पर्दछ जसको प्राप्ति मौनता, स्थिरता र एकान्तता बाट प्राप्त हुन्छ । यि तीन प्रक्रियाबाट उल्लेखित बाह्र सर्वव्यापी नियमहरुलाई आफ्नो जीवनमा लागु गरि आफ्नो जीवनमा प्रभुत्व पाउन सकिन्छ ।

हाम्रो मन वा मस्तिष्क
प्रसिद्ध मनोवैज्ञानिक सिग्मन्ड फ्रायडका अनुसार चेतनाको दृष्टिकोणले मानव मस्तिष्कको जागरण वा चेतना तीन स्तरमा विभाजित छ ।
१. चेतन मस्तिष्क (१० प्रतिशत)
२. अवचेतन मस्तिष्क (५०–६० प्रतिशत)
३. अचेतन मस्तिष्क (३०–४० प्रतिशत)
हाम्रो मस्तिष्क वा सोच विचारलाई री–सेटिङ गर्नका लागि हामीले मस्तिष्कबारे केहि बुझ्न जरुरी छ ।

१. चेतन मस्तिष्क
चेतन भनेको कुनै चिज वस्तु वा घटनाको बारे राम्रो सँग बुझिएको छ । कुनै पनि घटनाहरु मनको गतिविधिको रुपमा बुझ्न सक्छौ, सम्झन सक्छौ । सचेत दिमागले सबै चिज समावेश गर्दछ जुन हाल सालै चेतनामा छ र सोच्छौं यो थोरै अवधिको मेमोरिसँग केहि मिल्दो छ तर क्षमताको हिसाबले सिमित छ । हामी आफु र आफ्नो वरपरको संसारको बारेमा यो हाम्रो चेतनाको एक भाग हो । त्यस्तै यो दिमागले हाम्रो लागि एक स्क्यानरको रुपमा कार्य गर्दछ । सचेतन मनको क्षमताहरुले सम्बोधन गर्न सक्ने दुई कार्यहरु छन् । हाम्रो ध्यान केन्द्रित गर्ने र अवास्तविक कुराहरुको कल्पना गर्ने । यसले घटनालाई प्रत्यक्षीकरण गर्दछ र आवश्यक छ भने प्रतिक्रिया दिन्छ ।

२. अवचेतन मस्तिष्क
यो यस्तो भण्डारण बिन्दु हो जसले ताजा सम्झनाहरुलाई द्रुत याद गराई दिन्छ । जस्तो कुनै टेलिफोन नम्बर, भर्खरै भेटेका व्यक्तिको नाम आदि । यसले दैनिक प्रयोगमा आउने ताजा सूचनाहरुलाई समेत ग्रहण गर्दछ । जस्तो हाम्रा हालका बिचारहरु, व्यवहारका ढाँचाहरु, हाम्रा बानीहरु र भावनाहरु । यो मस्तिष्कले अनियमित पहुच मेमोरी (र्याम) को रुपमा काम गर्दछ । यो कुनै स्पष्ट कारण बिना प्रकट हुने विचारहरुको श्रोत, बिर्सिएका सम्झनाहरुको भण्डार (जुन पछी कुनै समयमा चेतन मनमा पहुच योग्य हुन सक्छ) हो ।

हामीले धेरै राम्ररि सिकेका व्यवहारहरु हामी कुनै सोच विचारै नगरी गर्दछौ जसलाई चेतन मनले निर्देशित गरेकै हुँदैन । अवचेतन दिमाग सबै चिज वस्तुहरुका लागि डाटा बैंक हो जुन हाम्रो सचेतन दिमागमा हुँदैन । यसले हाम्रो बिश्वास, हाम्रो सिकाइ अनुभव, हाम्रा सम्झना, सिप, कौशल, क्षमता आदि भण्डारण गर्दछ । हामीले देखेका गरेका वा सोचेका सबै कुरा यहा हुन्छन् । यो दिमाग हाम्रो मार्ग दर्शक प्रणाली पनि हो र यो दिमागको अधिक उपयोगले हामीलाई अधिक सफलता पनि मिल्दछ ।

३. अचेतन मस्तिष्क
अवचेतन दिमाग यस्तो दिमाग हो जहा हाम्रा सबै सम्झनाहरु र बिगतका अनुभवहरु बस्दछन् । आघाताद्वारा दबिएका, अब हाम्रा लागि त्यति महत्वपुर्ण नभएका, जुन हामीले सजिलै सँग बिर्सिएका सुचनाहरु यो अचेतन मनमा हुन्छन् । यो ति याद तथा अनुभवहरु हुन् जुन हाम्रो विश्वास बानी र व्यवहार बन्दछ वा स्वचालित विचारहरु हुन् । अवचेतन र अचेतन मनको एक अर्कामा लिंक हुन्छ । यदि हामी ति सुचनाहरु, मन परेका हाम्रा सबै सम्झना, बानी, व्यवहारहरुको यो दिमाग भूमिगत पुस्तकालय हो । यो हाम्रो गहिरो भावनाहरुको भण्डार हो जुन जन्मदेखि प्रोग्राम गरिएको हुन्छ ।

फ्रायडका अनुसार अचेतन दिमाग भनेको भावना, विचार, आग्रह र सम्झनाको भण्डार हो जुन हाम्रो चेतना जागरुकता भन्दा बाहिर हुन्छ । अचेतन मनका धेरै जसो सामाग्रीहरु अस्वीकार्य र अप्रिय हुन्छन् । जस्तै पिडा, चिन्ता वा द्वन्दका भावनाहरु ।

चेतन र अवचेतनको विश्लेष्ण गर्ने सम्बन्धमा शिव खेडाका अनुसार चेतन भनेको सोच्ने क्षमता हो । यसले स्वीकृत वा अस्वीकृत गर्ने काम गर्दछ तर अवचेतनले स्वीकार्ने कार्य मात्र गर्दछ । यसले भित्रिने कुरामा केहि छेकबार लगाउदैन । यदि हामीले आफ्नो दिमागलाई डर, शंका र घृणाले भर्यौ भने आत्म–सुझाव जागरुक हुन्छ र त्यसलाई अपनाउन थाल्छ ।

हाम्रो अवचेतन डाटा बैंक जस्तै हो । अवचेतन गाडी जस्तै हो भने चेतन चाहि ड्राइभर जस्तै हो । यि दुइ मध्ये अवचेतन बढी शक्तिशाली हुन्छ । शक्ति त आखिर गाडीमा हुन्छ तर त्यसलाई चलाउने त ड्राइभरले हो नि ।

अवचेतन मनले हाम्रालागि सोच विचार गर्न पनि सक्दैन । त्यसमा सोच विचार गर्ने क्षमता हुँदैन । यदि हामी सफल भइरहेका छैनौं भने हामीले हाम्रो अवचेतन मनलाई पुनः संरचना गर्नु पर्दछ । अवचेतन मन बगैँचा जस्तै हो । यसमा हामीले जे रोपे पनि हुन्छ । यदि हामीले राम्रो बिउ रोप्यौं भने बगैँचामा राम्रा बोटविरुवा फुल्नेछन् नत्र भने झारपात र घास हुर्कन्छन् अझ स्पस्ट त के हो भने यदि हामीले राम्रो बिउ रोप्यौं भने जंगली झारपातले दुख दिईरहन्छन्, तिनीहरुलाई बारम्बार उखेलेर फाल्नु पर्छ ।

मानिसको दिमाग पनि त्यस्तै हो कि असल र खराव दुवै गुण दिमागमा अटाउन सक्दैनन् । त्यसैले सफल हुनका लागि हामीले दिमागको पुनः संरचना सकारात्मक रुपले गर्नु पर्छ ।

फ्रायडको मानव मन विश्लेषणको समर्थन आलोचना दुवै भएका छन् यद्दपि उनको यो दृष्टिकोण मानसिक स्वास्थ्य उपचारको क्रममा व्यापक प्रयोग भएको छ र हुन सक्छ । वर्तमानमा यदी हामी कसैमा कुनै मानसिक समस्या वा दिमागी व्यवहार, सोच, विश्वास, दृष्टिकोण तथा भावनाहरु निश्चय पनि हाम्रा बिगत देखिका अनुभव, सिकाइ, भोगाइहरु सँग शृंखलाबद्द रुपमा जोडिएका हुन्छन् ।

निष्कर्ष
मानव जीवनमा विभिन्न आरोह अबरोहहरु आउँछन् । अघिपछी यस्ता सुखद दुखद सबै घटना क्रमहरुको शृंखलाले हाम्रो मस्तिष्क भरिएको हुन्छ । जीवनका कुनै घटना, व्यवहार तथा स्मरणहरु हामी सदाका लागि बिर्सन चाहदनौं जुन हामीलाई सुखद लाग्छ तर यस्ता घटनाहरु पनि हुन्छन् जुन हामी सदाका लागि बिर्सन चाहन्छौं र पनि त्यस्ता भोगाइहरु हाम्रो मानसपटलमा आइनैरहेको हुन्छ ।

हाम्रो चेतन मनले बनाएको सोच, बिचार अनि हाम्रो अवचेतन मनमा रहेको विश्वास, बानी, कौशल, क्षमताहरु भन्दा फरक ढंगबाट वर्तमानका घटनाक्रमहरु अगाडी बढेमा वा वर्तमानमा भएका घटना क्रमहरु हाम्रा अचेतन मनमा रहेका घात, पिडा, धोका, संकट, उत्पीडन आदि सँग सम्बन्धित हुन गएमा हाम्रो मस्तिष्क अति विचलित हुन जान्छ त्यसैले मानसिक रुपमा यस्ता दिमागी संकटबाट मुक्त भइ सहज र सफलता पूर्वक वर्तमान जीवनलाई अवतरण गरि सुन्दर भविष्य तर्फ उन्मुख हुन र सफल, समृद्धि, सुखी र स्वस्थ रहन रिसेटिङ वा मस्तिष्कको रिप्रोग्रामिङ आवश्यक छ ।

सकारात्मकता र नकारात्मकता दुबैको श्रोत हाम्रो सोच नै हो । नकारात्मकताले निश्चय नै हामी भित्रको उर्जा, शक्ति तथा क्षमतालाई ह्रास गरिरहेको हुन्छ भने सकारात्मकताले हामीलाई थप उर्जाशील बनाइरहेको हुन्छ । हाम्रा सम्बन्धहरु, कार्य प्रणाली र ढाँचाहरुमा नयाँपन थपिरहेको हुन्छ जसले आफ्नो जीवन सार्थक छ, आवश्यक च भन्ने विश्वास जागिरहेको हुन्छ । जीवन सँग प्रेम बढ्छ, आफ्ना कर्महरु प्रति कृतज्ञता जाग्छ, आफ्ना सोच, व्यवहार सँग आशावादी बन्न सकिन्छ ।

त्यसैले रिसेटिङका लागि दैनिक मौनता, स्थिरता र एकान्तताको अभ्यास गर्ने, एकाग्र भइ अंतरानुभुत गर्ने, अनि यसबाट के हुन्छ यसको रिफ्लेक्सन नोट गर्दै जाने । यो क्रम निरन्तर भएमा केहि समय पछी यो अवचेतन मनमा गइ आदत बन्दछ । हाम्रा दैनिक कर्म तथा योगदानहरुको पनि दैनिक रिफ्लेक्सन तयार गर्ने । शक्तिको श्रोत आफै भित्र हुने भएकोले स्वचेतनाको अभ्यास गर्ने । आफु उभिएको धरातललाई सके सम्म बलियो र स्थिर बनाउने । दैनिक आफ्नो शरीरको मौसम जाँच गर्ने । आजको दिन तपाईं कृतज्ञ रहने कुराहरु के के भए । कृतज्ञताको लागि सजिव निर्जिव सबैलाई धन्यवाद दिनुहोस् ।

कस्ता गुण भएका मान्छेलाई राम्रो मान्छे ठान्नुहुन्छ, सुची तयार गर्नुहोस् र त्यसको अभ्यास गर्नुहोस् । सचेत श्वास प्रश्वासको दैनिक अभ्यास गर्नुहोस् । जीवनमा के कुराले दुख वा गार्हो बनाइरहेको छ ? कमि भएको कुरा के हो ? सुची बनाउनुहोस् र त्यस्ता दुख वा गाह्रो परिस्थितिका कारणहरु वा श्रोतहरु पहिल्याउनुहोस् । तपाईंले अहिलेको जीवनमा गर्न खोज्नु भएको महत्वपुर्ण कुरा के हो ? त्यो प्राप्त गर्न के के कुराले रोकेको छ ? जीवनका आवश्यक सम्पूर्ण कुराहरुमा सकेसम्म सन्तुलन कायम गर्नुहोस् ।

चाहना र समस्याहरुको समाधान सकेसम्म आवश्यकता र जरुरीको क्रमबाट गर्नुहोस् । र अन्त्यमा यि प्रश्नहरुको उत्तर ‘म’ भएर आफ्नो जीवनको आधारमा खोज्नोस र लेखेर पठाउनुहोस् ।

[email protected]

-म को हूँ ?
-मैले खोजेको जीवन के हो ?
– मैले खोजेको जीवन कसरी जिउने ?

– जीवनमा केहि कुराले रोक्दैन भने तपाईं के गर्न चाहनु हुन्छ ?

धन्यवाद

सन्दर्भ सूचीः
१. खेडा, शिव, जीत तपाईंको( YOU CAN WIN)
२. निरौला, तुलसी (२०७२) आफैलाई चिन्ने कोशिसः बागबजार, काठमाडौंः सांग्रिला पुस्तक प्रालि
३. बर्न, रान्डाः एक रहस्य (The Secret): काठमाडौं
https://www.amazon.com
https://www.google.com

Home


https://en.wikipedia.org/wiki/Law_of_attraction
https://np.linkedin.com/in/debendra-manandhar-59307349

प्रतिकृया दिनुहोस्