त्रिभुवन विश्वविद्यालयका द्रोर्णाचार्यहरू

एजुकेशन पाटी

Byएजुकेशन पाटी

७ मंसिर २०७७, आईतवार

द्रोर्णचार्य पौराणिक कालका एकजना सुप्रसिद्ध विद्वान थिए । उनी देवगुरू बृहस्पतिका नाति, भारद्वाज ऋषिका छोरा हुन् । भारद्वाज तत्कालिन कुरुवंशी राजा दुश्यन्तका राजगुरू थिए । त्यही गुरू परम्पराअनुसार द्रोणाचार्य पनि कुरू वंशीय राजखलकका गुरूको रूपमा पाण्डव र कौरवका राजगुरूको रुपमा कार्यरत रहेका थिए । भारद्वाजको एउटी अप्सरासँंग अबैध सम्बन्ध रहन गएको थियो । भारद्वाज र ती अप्सरा ध्रीताची नाम गरेकी अप्सराका वीच अवैध गर्भ रहन गई उनीहरूका वीचको सन्तानका रुपमा द्रोर्णाचार्यको जन्म भएको थियो । उनको जन्म पातको दुनामा भएकाले द्रोर्णाचार्य नाम रहन गएको पौराणिक कहानी रहेको छ । उनका अश्वस्थामा नाम गरेका पुत्र थिए र यिनी अझै पनि जीवितै रहेको पौराणिक मान्यता रहेको छ ।

द्रोणाचार्य परशुरामका शिष्य थिए । परशुराम ऋषि जमदग्निका पुत्र भएपनि उनकी हजुरआमाले पाएको वरदानस्वरुप जन्मजात क्षेत्रीय भएर जन्मिएका थिए । क्षेत्रीय भएर जन्मिएका भएपनि उनले आफ्नो जीवनमा धेरै क्षेत्रीयहरुसंँग युद्द गरी क्षेत्रीयको संहार पनि गरे । परशुराम महादेवका शिष्य थिए । त्रेतायुगमा श्रीबिष्णुका छैटाँै अवतारका रुपमा पनि परशुरामलाई लिइन्छ । सुरुमा उनको नाम राम थियो । महादेवको कठोर तपस्या र शिक्षाबाट उनले युद्दका लागि परशु(बन्चरो) प्राप्त गरेकाले उनको नाम परशुराम रहन गएको पुराणमा कहानी रहेको छ । परशुराम असल शिक्षक गुरू थिए तर उनको शिक्षामा जातीय विभेद थियो । ब्राह्मण जातिबाहेक क्षेत्रीयहरुलाई उनी शिष्य बनाउदैनथे । उनको शिक्षाबाट प्रभावित भएर कर्णले आँफू क्षेत्रीय भएपनि ब्राह्मण भनि ढाँटेर शिक्षा लिएका थिए तर पछि जातीय रहश्य खुल्न गई परशुरामले कर्णलाई मैले तिमीलाई दिएको विद्या आवश्यक परेको वेलामा काम नलागोस् भनेर सराप दिए जसका कारणले कर्ण अर्जुनबाट लडाइमा पराजित भएर ज्यान गुमाउन पुगे र महाभारत युद्दमा पाण्डवहरुको जीत भयो ।

प्राय भाष्यकारहरुले ुद्वैत आचरणु भएकोलाई द्रोणाचार्य भनेर उल्लेख गरेका छन् । महाभारतकालमा धृतराष्टÇका सयभाई छोराहरु प्रायको नाम ुदु अक्षरबाट सुुरू भएको थियो । यतिमात्र नभएर उनकी एउटी छोरी दुसल्लाको नामपनि ुदु बाट नै राखिएको यिथो । ुदु अक्षरलाई दम्भि, दुष्ट, दुराचारी, दुर्जन, द्वान्द्वको प्रायोजक नामले चिनिन्थ्यो । हुनपनि महाभारत युद्दकालभरि यही घटना देखियो । द्रार्णाचार्य शिक्षण कलामा निपूुर्ण थिए । तर पनि उनले पनि शिक्षा दिने कार्यमा परशुरामले जस्तो विभेदकारी नीति अवलम्वन गरे । उनको शिक्षाबाट प्रभावित भएका एकलव्यलाई उनले शिष्य बनाउन मानेनन् । त्यतिमात्र नभएर लुकी लुकी उनले नदेख्ने गरी उनीबाट अप्रत्यक्ष शिक्षा लिएका एकलव्यलाई दिक्षान्त समारोहमा आँफूबाट शिक्षा लिएको र आफ्ना शिष्यहरूभन्दा जान्ने भएर आफ्नो मानमर्दन हुने देखेर औला दक्षिणा मागेर अपाङ्गसमेत बनाइदिए ।

द्रोर्णाचार्यको द्वैत आचरण अरु कृयाकलापहरुमा पनि देखिएको थियो । उनी ऋषि पुत्र र ब्राह्मण जातिका भएपनि महाभारत युद्दमा कौरव पक्षको प्रधानसेनापति भएर सेनाको कमाण्ड सम्हालेका थिए । हिन्दूु परम्पराले ब्राह्मण जातिको कर्तब्यलाई शिक्षादीक्षा र पूजापाठमा सिमित राखेतापनि उनी आफ्नो कर्तब्यबाट बाहिर देखिए । कौरव पक्षको सेनापति भएपनि नूनको सोझो भन्दा पनि बाहिर जसका लागि लडेका थिए, त्यो भन्दा बाहिर अर्जुनको विजयको कामना गरिरहन्थे र यसमा पनि उनको द्वैत आचरणलाई देखाइएको छ । द्रोणाचार्यले कौेरव र पाण्डव पुत्रहरुलाई शिक्षा र दिक्षा दिएर पूर्ण बनाएर निकालेका दिक्षितहरु दिक्षान्त समारोहको समाप्तिसंगै मेलमिलाप र भाइचारा सम्बन्ध र मानवतावादी दृष्टिकोणभन्दा युद्द गर्नतिर लागे र सानो जमिनको टुक्रामा लुछाचुँडी गरिरहे यसबाट पनि द्रोणाचार्यको विद्वत्वले सही मार्ग लिएको पाइँदैन ।

द्रोणाचार्यको पारीबारिक अनुशशान पनि त्रुटिपूर्ण थियो । उनका छोरा अश्वस्थामा महाभारत युद्दमा कौरव सेनाको सेनापति भएर लडे र महाभारत युद्दको अन्त्यमा दुर्योधनलाई खुशी पार्नका लागि राति सुती राखेको वेलामा द्रौपदीका पाँच भाइ होनाहार वालकहरुको शिरच्छेदन् गरी टाउका लगेर दुर्योधनलाई उपहारस्वरुप अर्पण गरेका थिए । कुनै पनि ब्राह्मण पुत्रले गर्न नमिल्ने र नहुने काम अश्वस्थामाले त्यति वेला गरेका थिए । यही पापकर्मको फलस्वरुप श्रीकृष्णले उनलाई आजीवन यस्तै दुःखदायी कार्यको पापकर्मबाट तडपिन परिरहोस र त्यही देख्नका लागि तिम्रो मृत्यु कहिल्यै नहोस भनेर सराप दिएका थिए भन्ने पौराणिक कहानी रहेको छ । द्रोणाचार्यको आफ्ना वालसखा द्रुपदसँंग पनि कहिल्यै मेल मिलाप र सम्बन्ध भएन, उनीसँंग सधै तछाडमछाड र प्रतिश्पर्धा रह्यो ।

त्रिभुवन विश्वविद्यालय देशको जेठो र धेरै जनशक्ति उत्पादन गर्ने शिक्षण संस्था हो । बिश्वका विश्वबिद्यालयहरूसंगको स्तरीकरणमा यो अगाडि आंउदछ । यहाँ रहेका कार्यरत प्राध्यापक र डाक्टर जनशक्तिका हिसाबले यो विश्वका विश्वविद्यालयसंग तुलना गर्ने हो भने पहिलो दास्रोमा नै पर्न सक्दछ । यतिठूलो विज्ञताले भरिएको विश्वविद्यालयमा विशेषगरी शिक्षा शास्त्र संकायका केही विषयतिर अहिले विज्ञतामा खडेरी परेको भान हुन्छ । हिजोको एउटा बौद्धिक जनशक्तिको अवकाशपछि अहिले कतिपय कार्यक्रमको प्रकृति हेर्दा उजाड लाग्ने अवस्था सृजना भएको देखिएको छ ।

अहिले देश संघियतामा गुज्रिरहेको छ । तर यसले आफूलाई संघियताको मर्मअनुसार रूपान्तर गर्न सकेको छैन । पूर्णतया केन्द्रिकृत प्रणालीमा नै यो चलिरहेको छ । आङ्गिक र सम्बनधनप्राप्त क्याम्पसहरुमा एउटा थेसिस र प्राक्टिकमको कुनै कार्यक्रम भए सकेसम्म केन्द्रका नै ततेर्ने चलन रहेको छ । परीक्षाका क्षेत्रीय कार्यालयहरु भएपनि तिनीहरुले कपीका पोकाहरु बाँड्नेबाहेक अरुकाम गर्ने हैसियत राख्दैनन् । अझैपनि नेपालका रिमोट गाउबाट समेत टÇान्सकृप्ट लिन केन्द्रमा नै धाउनु पर्ने बाध्यता रहेको छ । पाठ्रक्रम निर्माण, प्रश्नपत्र निर्माण लगायतका कार्यक्रमहरुमा मोफसलका शिक्षकहरु एउटा निस्कृय स्रोताका रपमा रहेर जे गरे त्यही ठीक मानेर बस्नु पर्ने हुन्छ । हरेक बर्ष परीक्षामा कुनै न कुनै विषयमा परीक्षा केन्द्रभित्र प्रश्नपत्रका कारणले विष्फोटनको अवस्था सृजना हुन्छ । विद्यार्थी थुमथुमाएर बस्नुपर्ने अवस्था आउँदछ । केन्द्रमा पहुँच रहेका तर नपढाउनेले पनि प्रश्नपत्र निर्माण र उत्तरपुस्तिका परीक्षण गरेका हुन्छन् ।

अहिले विश्वबिद्यालय आफ्नो र आफूले गरेको मात्र ठिक मान्ने द्वैत मानसिकता रहेका द्रोणाचार्यहरूले भरिभराउ रहेको छ । केन्द्रमा भरिएर रहेका ठालुहरूले मोफसलका लाई मान्दैनन् । उनीहरु अरुका कुराहरु सुन्ने, परामर्श गर्ने र विचारको आदानप्रदान गर्ने धैर्यता राख्दैनन् । विश्वविद्यालयमा विद्यावारिधि र विशिष्टाचार्य गर्नेहरुको प्रमाणपत्र चाङ लगाउने हो भने टुँडिखेल ढाकिन्छ तर यहाँका प्रमाणपत्र र उपाधिहरु पदको मोलमलाइका लागि मात्र प्रयोग भएका छन् । कक्षाकोठातिरभन्दा उनीहरुको दौडादौड पार्टीका कार्यालयतिर चल्दछ । आफूले गर्ने एन.जी.ओ.का कार्यक्रममा गुणस्तरको हवाला दिएर अरुलाई अवसरबाट छेकबार लगाइन्छ तर कक्षाकोठाको गुणस्तरमा कहिल्यै ध्यान दिइँदैन । हालैको सेवा आयोगको नतिजा, शिक्षक सेवा आयोगको अध्यापन अनुमतिपत्र, मेडिकल काउन्सिलको लाइसन्सका परीक्षाहरुका नजिताले आफूलाई द्रोणाचार्य देखाउनेहरु कति पानीमा छन् स्पस्ट भएको छ । अझ सेवा आयोगको परीक्षामा अनियमितता गरेवापत २५० भन्दा बढीको परीक्षा रद्द गरिनु झन् लाजमर्दाे भएको छ ।

अहिले द्वैत आचरण र अवसरवादीहरुबाट भरिभराउ भएको विश्वविद्यालयहरुबाट हालका द्रोणाचार्यहरुको बहिर्गमन् भएर नयाँ बौद्धिक ,परिवर्तनकामी र जागरुक जनशक्तिको प्रवेश नभएसम्म यो अवस्थाबाट सुधार देखिने लक्षण देखिँदैन । विश्वविद्यालयका द्रोणाचार्यहरूबाट दीक्षितहरु कौरव र पाण्डवहरु शिक्षा प्राप्त गरेपछि घरमा जानेवित्तिकै जुधे जस्तो त्रि.वि.का दीक्षितहरु पनि दिक्षान्त समारोह देखि नै ज्ञानको प्रचार प्रसार गरी आफूले प्राप्त गरेको ज्ञानले समाजको हितभन्दा गर्नतिर लाग्नु भन्दापनि प्रमाण पत्र प्राप्त गरिसकेपछि तोडफोड, तालावन्दी, घेराउ गरी पछाडिको ढोकाबाट छिरेर चाँडो धनी र ठूलो मान्छे बन्न खोज्ने सस्कार सिकेका हुन्छन् । समग्र शिक्षा क्षेत्रबाट गोदासहरु हटाएर गोश्वामीको उत्पादन् नगरेसम्म लथालिङ्ग अवस्थाको विश्वविद्यालयमा परिवर्तन देखिन सक्ने अवस्था छैन । द्वैत आचरणबाट अद्वैत आचरणको वौद्धिक जमातको खोजी गरेर सुृधार गर्न र आत्मापहिचानबाट अगाडि बढ्नका लागि यहाँका पाठ्क्रमहरूमा योगा, ध्यान, प्रणायामका कार्यक्रमहरु समावेश गरेर केहि मात्रमा भएपनि आचरणमा सुधार गरी अनियमिता, भ्रष्टाचार जस्ता कृयाकलापमा सुधार ल्याउन र आपूmँ र आफूँले गरेको बाहेक अरुलाई नगन्ने कुरामा परिवर्तन गर्नु पर्ने कुरा त्रि.वि.मा आवश्यक देखिन्छ । द्रार्णाचार्यहरूको ध्यान त्यतातिर जानुपर्दछ ।

सुवेदी पृथ्वीनारायण क्याम्पस पोखराका उप प्रध्यापक हुन् ।

प्रतिकृया दिनुहोस्