काठमाडौं ।कोभिड —१९ का कारण विद्यालय तहका बालबालिका सबैभन्दा बढी प्रभावित रहेको तथ्य एक अध्ययनले उजागर गरेको छ। कोभिड पछिको विश्वमा विद्यालय शिक्षाको अवस्थाबारे गरिएको उक्त अध्ययनले अहिले एक अर्ब बालबालिकाहरु कोरोनाकै कारणले विद्यालय बाहिर रहेको देखाएको छ।

सेभ द चिल्ड्रेनको ‘अभूतपूर्व विश्वब्यापी आपतकालिन शिक्षा’ प्रतिवेदनमा हालको अवस्थामा विश्वका एक अर्व बालबालिकाहरु कोभिड महामारीकै कारण विद्यालय बाहिर रहेको उल्लेख गर्दै १० करोड बालबालिका कहिल्यै विद्यालय नफर्कने उल्लेख गरिएको छ। कोभिड महामारी अघि पनि विश्वका साढे दुइ अर्ब बढी बालबालिका विद्यालय बाहिर नै छन्।

कोभिडका कारण संसारमा आर्थिक मन्दी बढ्दै गएको कारण आमा बुवाले आफ्ना सन्तानलाई विद्यालय पठाउन भन्दा पनि श्रम बजारमा पठाउने संभावना बढेको कारण ति बालबालिकाहरु अब कहिल्यै विद्यालयमा नर्फने तथ्याँक सेभ द चिल्ड्रेनले सार्वजनिक गरेको हो।

‘विश्वभरिको शिक्षा क्षेत्रले आपतकालिन अवस्था सामना गरिरहेको छ,’ प्रतिवेदनमा उल्लेख छ ‘यसले गर्दा लगभग १० करोड बालबालिकाहरु कोभिड—१९ लकडाउन पछाडि कहिलै पनि स्कूलमा फर्कन सक्दैनन्।’थप भनिएको छ ‘केटीहरू लैगिंक हिंसा र बाल विवाहको जोखिम छन्। स्कूल बन्द हुने बखत किशोरी गर्भावस्थाको जोखिम पनि बृद्धि भइरहेका छन्’

यसमा पनि विश्वका १२ देशका बालबालिकाहरु सधैंकोलागि सकूल छोड्ने उच्च जोखिममा हुने बताएको छ। यसकासाथै २८ अन्य देशको बालबालिकाहरुमा स्कुल नजाने मध्यम र उच्च दुबै खाले जोखिम रहेको प्रतिवेदनले देखाएको छ।

जसले गर्दा कोभिड महामारीले संसारमा सबैभन्दा गरीब बच्चाहरूकोलागि शिक्षा क्षेत्रको खर्चमा ७७ अर्ब रकम थप लगानीको अनुमान गरेको छ।

यसकासाथै किशोर गर्भावस्थाको जोखिम पनि बढीरहेको देखिएको छ। ‘त्यसकारण अब दातृ नियकाहरुले अरु क्षेत्रमा कटौति गरेर शिक्षा क्षेत्रको लगानी बढाउनु पर्छ,’प्रतिवेदनले सुझाएको छ।

हाल नेपालको सन्दर्भमा समेत विगत ६ महिनादेखि लकडाउनका कारण विद्यालय तहका ७० लाख बालबाविकाहरु विद्यालबहिर रहेका छन्। उनीहरुको शैक्षिक गतिविधिनै ठप्प बनेको छ। यस्तै अवस्था बढ्दै जाने हो भने अभिभवाको रोजगार गुम्ने र विद्यालय तहका बालबालिकाहरु विद्यालय भन्दा पनि आर्थिक जोहो गर्न श्रममा लाग्ने जोखिम नेपालमा बढेको शिक्षा तथा मानव स्रोत विकास केन्द्रका निर्देशक गेहनाथ गौतमको ठहर छ। ‘हाल सरकारले कार्यन्वयनमा ल्याएको बैकल्पिक सिकाइ समेत प्रभावकारी नभएको स्थानीय तहबाट प्रतिक्रिया आएकोले त्यसालाई मन्त्रालयले परिमार्जन गर्न तर्फ छलफल अघि बढाएको अवस्था छ,’ निर्देशक गौतमले भने ‘अर्को तिर हाल तथ्याँक अनुसार एक लाख बालबालिकाका कोभिड अघिनै विद्यालय बाहिर थिए ।

अभिभावको रोजगार गुम्नेसाथै विद्यालय तहकै बालबालिका पढाइ छाडेर काममा लाग्ने जोखिम बढेको छ।’उनले थपे ‘सरकारलेनै हालको अवस्थामा २२ प्रतिशत रोजगार गुम्ने खतरा रहेको बताइरहँदा त्यस आधारमा पनि कम्तीमा ११ प्रतिशत विद्यालय तहका बालबालिकाले विद्यालय नफर्कने जोखिम बढ्छ। त्यही भएर सरकारले अब बालबालिको शैक्षिक र अभिभावको रोजगारीसँग जोड्ने कार्यक्रममा केन्द्रित हुनु पर्छ।’ कोभिड महामारी र आर्थिक मन्दीका कारण विश्वमै गरिएको शिक्षाको ठूलो बजेट कटौतिका कारण लाखौं बालबालिकाहरु यो शैक्षिक सत्रको अन्तसम्म पनि शिक्षण सिकाइबाट बन्चित बन्ने अवस्था रहेको उनले बताए।

प्रतिवेदनमा सरकार र दातृ निकायसँग सेभ द चिल्ड्रेनले विश्वमा शिक्षा क्षेत्रमा देखिएको आपतकाल अवस्थासँग जुद्धन तत्काल लगानी बढाउन आग्रह गरेको छ। किन भने परिस्थिती समान्य भए स्कुल पुनः संचालनकोलागि लागत बढाउनु पर्ने अध्ययनले देखाएको छ।

प्रतिवेदनमा न्यून आय भएको देशहरुको ऋण चुक्तालाई दातृ निकायहरुले हाललाइ स्थगित गरिदिए यसबाट पनि शिक्षा क्षेत्रमा १४ अर्व रकमको योगदान मिल्न सक्ने विषय सुझाएको छ।

प्रतिवेदनमा सेव द चिल्ड्रेनले विद्यालय बन्द गरेर बालबालिकालाई घरमै राख्नु निकै खतरा रहेको चेतावनी दिएको छ। ‘लामो समयसम्म लकडाउनको कारण बालबालिकाहरुमा घरमै बस्नु पर्दा मानसिक र शारीरीक रुपमा नकरात्मक असर पर्ने संभावनाहरु बढीरहेको छ,’ प्रतिवेदनले सुझाएको छ, ‘बालबालिकाहरुलाई साथीसँग खेल्न सक्ने, समुहका खान सक्ने र स्वास्थ्य सेवा उपयोग गर्न सक्ने सुरक्षित स्थानमा राख्ने वातावरण मिलाउने तत्काल आवश्यक छ।’

रूबी रौनियारले नागरिकमा खबर लेखेकी छन् ।

प्रतिकृया दिनुहोस्