काठमाडौं । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले विद्यालय पुनर्सञ्चालन सम्बन्धमा सूचना जारी गरेको ।

सबै स्थानीय तहहरूलाई सम्बोधन गरिएको सूचनामा नेपाल सरकार मन्त्रिपरिषद्साउन १२ मा भएको निर्णयअनुसार कोभिड–१९ का कारण बन्द रहेका विद्यालय जनस्वास्थ्यका मापदण्ड र सुरक्षाका मापदण्ड पालना हुने गरी विद्यालयका शैक्षिक क्रियाकलाप सञ्चालनार्थ सहजीकरणका अनुरोध गरिएको छ । साथै, मन्त्रिपरिषद्का ७ निर्णयसमेत सूचनामा समावेश गरिएको छ ।

हेर्नुहोस् केन्द्रका सूचना
श्री स्थानीय तहहरू सबै ।
विषयः मन्त्रिपरिषदको निर्णय कार्यान्वयन गर्ने, गराउने सम्बन्धमा ।

प्रस्तुत विषयमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको च.नं. ३८, मिति २०७७।०४।१८ को पत्रानुसार नेपाल सरकार मन्त्रिपरिषद्बाट मिति २०७७।०४।१२ मा भएको निर्णयअनुसार कोभिड–१९ का कारण बन्द रहेका विद्यालय जनस्वास्थ्यका मापदण्ड र सुरक्षाका मापदण्ड पालना हुने गरी विद्यलायका शैक्षिक क्रियाकलाप सञ्चालनार्थ सहजीकरणका लागि देहाय बमोजिम गर्ने भनी उल्लेख भई आएका सान्दर्भिक बुँदाहरू निम्नानुसार अनुसार रहेका छन् । यस सम्बन्धमा आवश्यक कार्य गर्नु, गराउनु हुन निर्णयानुसार अनुरोध छ ।

(१) शैक्षिक सत्र २०७६ को नतिजा प्रकाशन गर्न बाँकी रहेको भए नतिजा प्रकाशन गर्ने ।

(२) २०७७ भाद १ गतेदेखि नयाँ विद्यार्थी भर्ना गर्ने र कक्षागत रुपमा विद्यार्थीको संख्यात्मक विवरण यकीन गर्ने, भर्ना भएका विद्यार्थीको शैक्षिक तथ्याङ्क भराउने ।

(३) नयाँ शैक्षिक सत्रमा अध्ययन गर्ने विद्यार्थीलाई पाठ्यपुस्तक उपलब्ध गराउन बाँकी भए उपलब्ध गराउने ।

(४) विद्यालयको शैक्षिक क्रियाकलाप सञ्चालनार्थ विद्यालय शिक्षकहरू विद्यालय पुगिसक्ने व्यवस्था मिलाउने ।

(५) विद्यालय भवन तथा परिसरमा क्वारेन्टिन र आइसोलेशन सम्बन्धी कार्यहरू सञ्चालन नगर्ने । क्वारेन्टिन र आइसोलेशनको रुपमा प्रयोग हुन छाडेका विद्यालय भवनलाई तोकिएको मापदण्ड बमोजिम स्थानीय तहले निर्मलीकरण गरी अध्ययन अध्यापन गर्न योग्य बनाउने ।

(६) विद्यालय र विद्यालय परिसरभित्र तथा विद्यार्थी आवागमनमा प्रतिकूल असर नपर्ने गरी वा विद्यालय क्षेत्रको निकट हुने गरी कोभिड (१९ रोकथाम र नियन्त्रण सम्बन्धी संरचनाहरू नराख्ने ।

गेहनाथ गौतम
निर्देशक

प्रतिकृया दिनुहोस्