काठमाडौं । नेपाल शिक्षक महासंघले सरकारले स्थापना गरेको कोभिड–१९ राहत कोषमा एकदिनको तलब बराबरको रकम जम्मा गर्न देशभरका शिक्षक,विद्यालय कर्मचारीहरुसँग आग्रह गरेको छ ।

शुक्रवार महासंघका अध्यक्ष बाबुराम थापाले विज्ञप्ति जारी गर्दै सरकारको कोभिड–१९ राहत कोषमा एकदिनको तलब बराबरको रकम सहयोग गर्न आव्हान गरेका हुन् ।

महाससंघको कार्यलयीय पदाधिकारीहरूले आवध्द र सम्बध्द संगठनका अध्यक्ष र महासचिवहरूसँग सम्पर्क गरी प्राप्त रायका आधारमा यो निर्णय लिइएको अध्यक्ष थापाले स्पष्ट पारेका छन् ।

नेपाल सरकारबाट स्थापना गरिएको कोभिड–१९, राहत कोषमा जम्मा हुने गरी सम्पूर्ण नेपाली शिक्षक तथा विद्यालय कर्मचारीहरुको तर्फवाट न्यूनतम् एक दिन बराबरको पारिश्रमिक नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिको नेपाल बैंक लिमिटेड च.हि.खाता नं.०६४००१००१२२३८४०००००१ मा जम्मा गर्न महासंघले आव्हान गरेको हो ।

नेपाली शिक्षक र विद्यालय कर्मचारीहरूको वैधानिक र साझा संस्था नेपाल शिक्षक महासंघले विशेषत् २०७२ मा गएको महाविध्वंसकारी भूकम्प एवम् २०७२–०७३ सालको विनासकारी बाढी पहिरोका प्रताडितहरूलाई राष्ट्रको सचेत, विवेकशील र जिम्मेवार नागरिक र संगठित पेसाकर्मीको हैसियतले खेलेको भूमिका स्मरण गर्दै अकस्मात् आइपरेको यो महामारीको घडीमा राष्ट्रिय प्रयत्नहरुलाई सघाउनु नेपाल शिक्षक महासंघ जस्तो जिम्मेवार संस्थाको सामाजिक र नैतिक दायित्व हो भनेको छ ।

 २०७६ चैत्र १४ गते १९:१९मा प्रकाशित

प्रतिकृया दिनुहोस्