काठमाडौं । प्रत्येक प्रदेशमा विद्यालयहरुलाई विपद् व्यवस्थापनका लागि विनियोजित १ करोड अनुदान बजेट वैकल्पिक सिकाइमा लगाउनुपर्ने भएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कार्यक्रम कार्यान्वयन पुस्तिका २०७६–७७ मा संशोधन भएको भन्दै शिक्षा तथा मानव स्रोत विकास केन्द्रलाई पत्र लेखेको छ । साथै, मन्त्रालयले निर्देशिका कार्यक्रम कार्यान्वयन पुस्तिकाको अङ्ग भएको स्पष्ट पारेको छ ।

मन्त्रालयले विपत् व्यवस्थापनका लागि प्रदेशमा गएको अनुदान विद्यार्थीका लागि अभ्यास पुस्तिका र स्वाध्ययन सामग्री छपाइ र वितरण, रेडियो र टेलिभिजन सिकाइ सामग्री विकास र स्थानीय सञ्चार माध्यमसँगको सहकार्यमा प्रसारणको व्यवस्था मिलाउन भनेको हो ।

हेर्नुहोस् मन्त्रालयले केन्द्रलाई पठाएको पत्र

विषय : कार्यक्रम कार्यान्वयन पुस्तिका २०७६–७७ मा संशोधन भएको सम्बन्धमा ।

चालु आव २०७६–७७ को लागि विद्यालय क्षेत्र विकास कार्यक्रम (बउशीनं ३५०००८०१) अन्तर्गत प्रदेश स्तरबाट सम्पादन हुने गरी क्रियाकलाप नं. ११.१.२.२४ (विद्यालयहरुलाई विपद् व्यवस्थापनका लागि अनुदान) मा प्रत्येक प्रदेशमा विनियोजित १ करोड बजेट कार्यान्वयनका सम्बन्धमा कार्यक्रम कार्यान्वयन निर्देशिका, २०७६–७७ को क्रियाकलाप नं. ११.१.२.२४ मा परिमार्जन गर्ने सम्बन्धी विषय पेश हुँदा कार्यक्रम कार्यान्वयन पुस्तिका २०७६–७७ को क्रियाकलाप नं. ११.१.२.२४ को बुँदा क, र ख, पछि ग, थप गर्ने यस मन्त्रालयको मिति २०७७।०३।१५ मा निर्णय (माननीय मन्त्रीस्तर) भएकोले कार्यक्रम कार्यान्वयन पुस्तिका २०७६–७७ को अंग हुने गरी देहायको विषय समावेश भएको व्यहोरा अनुरोध छ ।

कार्यक्रम कार्यान्वयन पुस्तिका २०७६१७७ मा थप गरिएको विषय
‘शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट जारी गरिएको वैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाइ सहजीकरण निर्देशिका, २०७७ मा सिकाइ सहजीकरणका लागि उल्लिखित क्रियाकलाप मध्ये विद्यार्थीका लागि अभ्यास पुस्तिकार स्वाध्ययन सामग्री छपाइ र वितरण, रेडियो र टेलिभिजन सिकाइ सामग्री विकास र स्थानीय सञ्चार माध्यमसँगको सहकार्यमा प्रसारणको व्यवस्था मिलाउने ।’

कृष्णप्रसाद अधिकारी
शाखा अधिकृत

प्रतिकृया दिनुहोस्