२०७७ जेष्ठ २५ गते

हेर्नुहोस् विद्यालयमा क्वारेन्टाइन निर्माणको लागि जारी मार्गदर्शन

इपाटी संवाददाता


काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, शिक्षा तथा मानव सोत विकास केन्द्र र एडुकेसन क्लस्टरले विद्यालयहरु क्वारेन्टाइन स्थलका रुपमा प्रयोगका सन्दर्भमा मार्गदर्शन जारी गरेको छ ।

हेर्नुहोस् मार्ग दर्शन

Nepal Education Cluster नेपाल शिक्षा समूह
विद्यालयहरु क्वारेन्टाइन स्थलका रूपमा प्रयोगका सन्दर्भमा मार्गदर्शन

सामान्यतया विद्यालय भवनहरु, बालमैत्री स्थानहरु र सामुदायिक सिकाइ केन्द्रहरु भूकम्प, बाढी, पहिरो, महामारी तथा यस्तै अन्य विपद्का कारण घरबारविहिन परिवारका लागि आश्रयस्थलका रुपमा एवं सङ्क्रमणजन्य रोगव्याधीहरुका कारण परिवार वा सुरक्षित समुदायबाट टाढै राख्नुपर्नेहरुका लागि क्वारेन्टाइन स्थलको रूपमा प्रयोग गर्नु हुँदैन ।

 तर, हाम्रा धेरै समुदायहरूमा आपत्कालीन आश्रयस्थल वा क्वारेन्टाइन स्थलका लागि भनेर छुट्टै भवनहरु तयार गरिएका छैनन् । यस्तो अवस्थामा सार्वजनिक भवनहरूसँगै विद्यालयहरु. बालमैत्री स्थान र सामुदायिक सिकाइ केन्द्रहरु पनि आश्रयस्थल र क्वारेन्टाइन स्थलका रूपमा प्रयोग हुने गरेका छन् । विद्यालय, बालमैत्री स्थान र सिकाइ केन्द्रहरुलाई क्वारेन्टाइनका रूपमा प्रयोग गर्नै पर्ने अवस्था आइपर्दा त्यसका नकारात्मक प्रभावलाई कम गर्न देहायअनुसारका उपायहरु अबलम्बन गर्नु पर्दछः

१.सामान्य योजनाः
–आधिकारिक निकायले क्वारेन्टाइन स्थलको लागि अन्य वैकल्पिक ठाउँको पहिचान गरी विद्यालय, बालमैत्री स्थान र सिकाइ केन्द्रहरुलाई क्वारेन्टाइन स्थलको लागि अन्तिम विकल्पको रूपमा मात्र प्रयोग हुन्छन् भन्ने सुनिश्चित गरी संभव भएसम्म अन्य विवकल्पहरुको पहिचान गर्नु पर्दछ ।
–जिल्ला, स्थानीय तह वा क्वारेन्टाइन व्यवस्थापन गर्ने निकायसँग अस्थायी शौचालय बनाउन र क्वारेन्टाइनमा राखिएका सबैजना फर्किइसकेपछि विद्यालय, बालमैत्री स्थान र सिकाइ केन्द्रहरुको सरसफाइ गराउने प्रतिबद्धता एवं मर्मत संभार गर्नको लागि बजेट उपलब्ध हुनुपर्दछ । सामान्यतया विद्यालय, बालमैत्री स्थान र सिकाइ केन्द्रहरुलाई क्वारेन्टाइनको रूपमा प्रयोग गर्दा पुगेको बेफाइदालाई सुधारिएको सुबिधाहरु तथा थप सरसफाई र स्वच्छता सम्बन्धी संरचनाहरुको निर्माण जस्ता देखिने कामहरु गरी पूरा गर्नु पर्दछ ।

२.आधिकारिक निकायद्वारा विद्यालय बालमैत्री स्थान र सिकाइ केन्द्रहरुलाई क्वारेन्टाइन स्थलका रुपमा तोक्नै पर्ने अवस्थामाः
–विद्यालय, बालमैत्री स्थान र सिकाइ केन्द्रहरुको परिसरलाई क्वारेन्टाइन स्थलको रूममा प्रयोग गर्दा पालना गर्नुपर्ने आचार संहितातयार गर्ने गर्नुपर्दछ (आचार संहिताको नमुना शिक्षा तथा मानव स्रोत विकास केन्द्रको वेवसाइटमा उपलब्ध छ) । यस कार्यमा सम्बन्धित वडाका जनप्रतिनिधि, प्रधानाध्यापक र व्यवस्थापन समितिले सम्लग्न हुनु पर्दछ र संहिताको कार्यान्वयनको अनुगमन गर्नुपर्दछ ।
–प्रधानाध्यापक र व्यवस्थापन समितिलाई विद्यालय, बालमैत्री स्थान र सिकाइ केन्द्रहरुमा क्वारेन्टाइनमा आउनुभन्दा अगाडि नै फर्निचरहरु तथा अन्य उपकरणहरु पन्छाउने र सुरक्षित कोठामा बन्द गर्ने समय उपलब्ध हुनुपर्दछ ।
–आचारसंहिता पालना, निर्दिष्ट स्थान तथा सुविधाहरु क्वारेन्टाइनमा स्थलमा बस्नेहरुले प्रयोग गरेनगरेको लगायतका विषयहरु अनुगमन गरी अभिलेख राख्ने व्यवस्था मिलाउनु पर्नेछ ।
–विद्यालय,बालमैत्री स्थान र सिकाइ केन्द्रहरुका भवन तथा शैक्षिक एवं अन्य सामग्रीहरूको संरक्षण सम्बन्धी निर्देशन र पालना गर्नपर्ने बँदाहरु मौखिक रूपमा र सबैले देख्ने गरि लेखेर टाँस्नुपर्दछ । यसका साथै ‘यो हाम्रो सम्पत्ति हो, हामीले यसलाई संरक्षण गर्नुपर्दछ र यसले हामीलाई संरक्षण गर्छ’, यो सम्पत्ति हाम्रा बाबुनानीहरुको जीवनसँग सम्बन्धित छ भन्ने जस्ता आदर्श वाक्यहरु प्रवेशद्वार र अन्य स्थानहरुमा सबैले देख्नेगरी टाँस्नु पर्दछ ।  
–क्वारेन्टाइनमा बस्नेहरूले प्रयोग गर्ने कक्षाकोठा, शौचालय, धारा, तथा ढल जस्ता सुविधाहरूको दैनिक सरसफाइ गर्नुपर्दछ ।

३. विद्यालय, बालमैत्री स्थान र सिकाइ केन्द्रहरु सुचारु नभएको अवस्थामा:
–आश्रयस्थल विद्यार्थी तथा सिकारुका लागि भएकाले आपत्कालीन अवस्थाका लागि मात्र हो भन्ने सञ्चार गर्नुपर्दछ ।
–विद्यालय,बालमैत्री स्थान र अस्थायी सिकाइ केन्द्रहरुमा निकट भविष्यमा नै विद्यार्थी तथा सिकारुहरु सिक्नका लागि आउने भएकाले उनीहरु आउँदा आश्रयका रुपमा प्रयोग भएका कारण सिर्जना हुनसक्ने त्रास वा भयलाई व्यवस्थापन गर्ने तयारी गर्नुपर्दछ ।
–आश्रयस्थलका कारण विद्यार्थीको स्वास्थ्यमा पर्न सक्ने प्रतिकूल असरको पूर्वानुमान गरी निरोधात्मक विधि जस्तैः सरसफाइ गर्ने, कीटनासक औषधि छर्ने लगायतका विधि उपयोगमा ल्याउने तयारी र सोको कार्यान्वयन गर्नु पर्दछ ।

Comments: