चीनको वुहान शहरदेखि गत डिसेम्वरबाट फैलिन सुरु गरेको कोरोना भाइरस (कोभिड–१९) विश्वको अधिकांश देशहरुमा फैलिएको र यस महामारीबाट हाम्रो देश नेपाल पनि अछुतो रहने कुरा पक्कै पनि रहेन । यस महामारीबाट मुक्ति पाउन नेपाल सरकार मन्त्रिपरिषदको निर्णयअनुसार देशव्यापीरुपमा लकडाउन (बन्दाबन्दी) गर्ने निर्णय पश्चात हाम्रो देश नेपाल पनि कोरोना कहरबाट आक्रान्त बन्न पुग्यो ।

यस्तै क्रममा बन्दाबन्दीको दुई दिन अगाडि नेपाल सरकारले शैक्षिक क्षेत्रलगायत उद्योग कलकारखाना केही दिनको लागि बन्द गर्ने घोषण गरेकाले शैक्षिक क्षेत्र र अन्य सेवाका क्षेत्रसँग सरोकारवाला व्यक्तिहरु काठमाडौ शहर छोडेर केही समय आफ्नो घर जानेको होडबाजी नै चल्यो भने कोही व्यक्तिहरु चाँडै सहज हुने आशामा आफ्नो घर गएनन् ।

आधाआधी व्यक्तिहरु आफ्नो घर जाने व्यवस्थित सवारी साधनको अभावमा शहरमा नै दिनचर्या बिताउने बाध्यतामा बसे । आफ्नो जन्म घरबाट साहु महाजनबाट भएको दुई टुक्रा जग्गा बन्धकी राखी न्यानो आर्शिवाद लिएर शैक्षिक उन्नति प्रगतीको सपना बुनेर केही शैक्षिक क्षेत्रका कणधारहरु विश्वव्यापी कोरोना कहरसँगै मलीन मुहार साथ पुनः रित्तो आशाको साथ घर गए ।

नेपाल भौगोलिक विविधताले गर्दा विकासमा चाँडै फड्को मार्न सकेको छैन । नेपाल एक विकासिल मुलुकको ठाँउमा बल्ल उभिरहेको छ । हाल शैक्षिक क्षेत्रमा आएको नविनतम्प्रविधि जसले प्रत्यक्ष विद्यालय, महाविद्यालय र विश्वविद्यालयका शिक्षण सिकाइ  क्रियाकलाप गर्न नसके पनि घरबाट इन्टरनेट, इमेल, अनलाइन कक्षा लिन सक्ने जस्ता कुराहरु व्यापक मिडियाबाजी र सामाजिक सञ्जाल भर तातिएको थियो । भने कतै–कतै जनताको नजिकको सरकार भनेर चिनिने स्थानिय सरकारले त ल्याण्डलाइन टेलिफोनमार्फत् शिक्षण सिकाइ क्रियाकलाप गर्न सकिने कुरा समेत सामाजिक सञ्जालमा व्यापक ठाँउ ओगटेको पनि पाइएको थियो ।

समग्रतामा भन्नु पर्दा शैक्षिक लाभ लिन सक्ने वातावरण सिर्जना गर्न खोजिएको कता–कता भान त भएको छ । तर नेपाल जस्तो मुलुक जहाँ आमसञ्चारका साधन उपभोग त कहाँ देख्न समेत नपाइरहको अवस्थामा सञ्चारको साधनमार्फत् शिक्षण सिकाइ क्रियाकलाप सहज हुने र पहुँज योग्य होला भनेर रत्तिभर पनि कल्पना गर्न सकिने कुरा छैन । कतिपय सुविधा सम्पन्न शैक्षिक संस्थाले यो प्रविधि अवलम्बन गर्ला तर नेपाल जस्तो मुलुकका धेरै शैक्षिक संस्थाले यो कदम चाल्न नसक्ने कुरा दुईमत नहोला ।

विश्व महामारीले गर्दा आक्रान्त बनेको देश नेपाल शैक्षिक क्रियाकलाप सहजरुपमा सञ्चालन गर्न कठिनाइ भइरहेको बेला यहाँ विद्यार्थी र अभिभावकमा निराशा जागेको छ । जुन रफ्तारमा पढिरहेका विद्यार्थीहरु आज एकाएक अल्छीपना, निराशता, डरत्रासको भय, जिम्मेवारी पन्छाउन खप्पीस भइरहेको देखिन्छ । यस्तै विद्यार्थीहरुमा मनोवैज्ञानिक असरले त अँझ धेरै पिरोलेको छ ।

जेहेन्दार विद्यार्थीको यथार्थता
विद्यार्थी जीवनमा संघर्षशिलता, लगनशिलतामा आवद्दताका सँगसँगै अनुशासित र विश्वासनीयसमेत हुने गर्दछ । धेरै ठूला सपना देख्न र भविष्य निर्माण गर्न जीवनको हरेक उचारचढाव र संघर्षमा मुकाबिला गर्दै आफ्नो सुन्दर भविष्य निर्माणको तय गरिरहेको पाइन्छ । विद्यार्थी जीवनमा लगनशिलता, अनुशासन जस्ता विद्यार्थीमा हुनु पर्ने गहना नै असल र सक्षम विद्यार्थी निर्माणको पूर्वशर्त समेत हो भन्न सकिन्छ । आफ्नो सुन्दर भविष्य निर्माणको निमित्त यो जीवनकालमा अनेकौं खोजमुलक तथा रचनात्मक कला प्रर्दशन गरिरहेको समेत हुन्छ ।

उसको धेरै जसो समय अतुलनीय कार्यमा समेत संलग्नता गरेको हुन्छ । भने अर्काे तिर समय कालखण्डको दौरानको सिलसिलामा अस्तव्यस्थता, निराशा, डरत्रास र आफ्नो सुनौलो भविष्यमा कतै तुसारापात त हुने हैन भनेर समेत मनमनै अकरमण्यतासमेत उब्जेको छ । त कतै थोरबहुत आशाका किरणहरु पलाएको समेत छ । विद्यार्थी जीवनकालमा घर परिवार र अझ भन्ने हो भने जागिरे दाजुहरुको सामिप्यता सधैँका जसो ज्यूँ का त्यूँ राख्न सकिएला कि नसकिएला भनेर दिनानुदिन मनमा आँधीहुरी आइरहन्छ ।

अचेल किताबी ज्ञान भन्दा पनि कसरी आत्म विश्वासी हुने समाजमा कसरी सहजिकरण हुने भन्ने विषय मनमा खड्किने गर्छ । किताब भन्दा प्रकृतिप्रेमी हुन मन लागिरहन्छ । जब दुःखी हुन्छु, पहिले रचेको भविष्यमा खलल हुन पुग्छ । सँगैका साथीहरु आफू भन्दा उपल्लो ओहदामा पुगे, तर, आफू शैक्षिक उपलब्धी हासिल गर्नबाट बञ्चित भइयो, बाआमासँग बसेर बसिबियाँलो गर्नपाइएन, गाउँका दौतरीसँग सुखदुःख साट्न पाइएन र आफ्नो सुनौलो भविष्य बनाउनबाट स्वर्णीम अक्षर कोर्नबाट बञ्चित भइयो भनेर विद्यार्थीहरुमा मनोद्वन्द्व हुने गर्छ ।

पहिले  हजारौ माइलको यात्रा एक पाइलाबाट शुरु हुन्छ भनेर हौसलायुक्त अर्तीउपदेश  दिने साथीहरु आफै निरासामा रुमलिएको पाइन्छ । आजैदेखि पढ्न लागौं भनेर ऊर्जा दिने साथी  अचेल बाटो हिँडेर सकिए जस्तो थकानमा देखिन्छ ।  उसैको सहपाठी साथीहरु भन्दै गर्दछन् । पहुँच हुने केही साथीहरु अनलाइन कक्षामा भर्ना भएका छन् तर अपसोच म जस्ता धेरै साथीहरु कुनै पनि सञ्चार माध्यमको पहुँच नभएको र घरको आयस्तरले अनलाइन कक्षा लिनबाट बञ्चित भएका छौं । आज मेरो त्यही साथी भन्छ– ‘तिमी अनलाइन कक्षा भर्ना भएर पढ ल मलाई परीक्षा ताका पढ्नलाई नोट उपलब्ध गराउनु है ।’

उसले सञ्चार प्रविधिबाट सञ्चालन गरेको पढाइबाट पहुँचयोग्य नभइ मनमा अनैकौ प्रश्न उब्जाउँछ । कक्षाका साथी, शिक्षकसँग सोध्यो कहिले होला परीक्षा अन्तमा जवाफ आउँछ । परिस्थिती सहज भयो भने हुन्छ । त्यस पछि एक गरिब तथा जेहेन्दार विद्यार्थीको सपना रुपान्तरण भई अन्तत्वगत्वा उसले बाआमाले गदै आएको कृषिपेशालाई आफ्नो जिवीकोपार्जनको स्रोत बनाउने कुरा सोच्न बाध्य हुन्छ ।

आफ्नो सम्पूर्ण समय अबका दिन कृषि क्षेत्रमा तल्लीन हुने की भनेर आफ्नो केही समय गाउँमा नै व्यतित् गर्नेकी भनेर अनेकौं कुरामा पौठेजोरी गर्न पुग्छ ।

आमाः खाना खान आइजा बाबु ।
ऊः आएँ आमा ।
सबै घर परिवारसँगै बसेर खाना खाइन्छन् गफगाफ गर्छन् र ऊ सुत्न जान्छ । बिहानै बुवाले बोलाउनुहुन्छ ।
बुबाः उठ बाबु चिया पाक्यो ।
ऊः आएँ बुवा हातमुख धोएर ।
बुबाः म खेत तिर जान्छु खाना लिएर आउनु ल ।
ऊः बुवा म पनि जान्छु ।
बुबाः बाबु तँ पढ्ने हैनरु
ऊः हैन बुवा मेरो परिक्षा हुने निश्चित छैन, मेरो साथीले भनेको कोरोनाको कारणले अस्तव्यस्त छ अरे भन्दै कोदालो समाउँछ ।
बुबाः त्यसो भए आइजा त सँगै जाउँ ।
ऊः उ हत्तपत्त सानो कोदालो समाएर जान्छ ।

बुबाले जाँदाजाँदै भाइबहिनीलाई भन्नु तिमीहरु पनि खेतमा गाइ बाख्रा ल्याएर चराउन आउनु आमा खाना ल्याएर आउछिन् दिउँसो गर्मी हुन्छ समयमै मेलो सकेर लुगाधुने नुहाउने काम गरौंला । भाइले बहिनीलाई बोलाएर जाउ नानी………. बाबु छोरा खेत तिर जाँछन । अलि पर पुगेर भाईलाई ठूलो स्वरमा बाबु पानी खानलाइ अम्खरा पनि ल्याएर आउनु ल पानी खानु पर्छ । लगतै उताबाट आवाज आउँछ हुन्छ बुवा । गफ गर्दै बाबुछोरा खेत पुग्छन ।
बुबाः बाबु आज समाचार सुन्यौं ?
ऊः हो बुवा सुनेको थिए किन ?
बुबाः नेपाल सरकारले नयाँ नक्सा जारी गर्ने रे त ।
ऊः हो बुवा नेपाल सरकारको नक्सामा नसमेटिएको भूभाग सहित समटेर नयाँ नक्सा आउने रे पहिला केही महिना अगाडी भारतले एकल निर्णयमा आपm्नो नक्सामा नेपालको भूभाग समेटेर नक्सा जारी गरीसकेको थियो तर अहिले एकतर्फी रुपमा मानसरोवर जोड्ने सडक उद्घाटन गरिसकेकोले माहोल तातिएको छ ।
बुबाः ल राम्रो कदम गर्ने भयो ।
ऊः कामकै सिलसिलामा बुवा अव हामी तरकारी बालीको खती गरौं है ?
बुबाः हुन त हो बाबु सिंचाइको पानी अभाव छ ।
ऊः बुवा त्यो अँधेरी खोलाबाट ल्याउन सकिन्न र ?
बुबाः हुन त हो तर पानी ल्याउन त अलि बेसी खर्च लाग्ने भएकाले गाह्रो होला ।
ऊः उपभोक्ताहरुलाई जम्मा गरेर केही सरसल्लाह गर्छु ।
बुबाः उपभोक्ताहरु मिलेर गाउपालिका जाउ सहयोग गर्छ की ।

त्यसै गफगाफमाबाबु छोरा मजाले बाँझो खेत खन्दै गफ गर्दै खन्दै रहे केही छिनमै आमाले खाना लिएर आइसक्नु भयो र भन्नु भयो खाना सेलाउँछ चाँडो आएर खाइजानु भनेर भन्नुभयो । केही समयमै हामी बाबुछोरा खाना खानको लागि हामी आमा बसिरहनु भएको रुखको छहारीमा पुग्यौं । लगत्तै भाइबहिनी पनि गाई बाख्रा चराउन खेतको नजिकै बनमा आइपुगे ।

दिन भर बाबुछोरा, आमा खेतमा व्यस्थ भए भने भाइ बहिनी गाइ बाख्रा चराउने काममा व्यस्त भइरहेँ दिनभरको काम पछि काम पनि सकियो र बेलुका भइसकेको पनि थियो । सबै जना घर जानको आतुर भइरहेको पनि थिए । केही समयमाब सबै जना घर फर्किए आमाले भन्नु भयो म पधेरो तिर जान्छु पानी लिएर आउँछु तिमिहरु घर जाउ भनेर आमाले भन्नुहुन्छ ।

फेरी गफगाफ बाबुछोर बीच शुुरु हुन्छ ……..

ऊः बुबा म सिचाइ गर्नको लागि वडा अध्यक्षज्यूसँग पाइपको माग राखौं त ?
बुबाः हुन्छ छोरा कुरा गर्न त पालिकामा भएको बजेटले पाइपको जोहो त होलानी ।
ऊः हुन्छ म घर गएर फोन गरौंला ।
बाबुछोरा घर पुग्छन केही समयको हिँडाइ पछि । गर्मीको मौसम भएकाले असाध्य गर्मीको महशुस गरि आफ्नै घरको मोही खाने कुरा गर्दछन् । खानापिन भइसके पछि सितल ठाँउमा विस्तरा लाउन तयार भई सुत्छन् । केही समय पछि छोराले अगाडि गरेको कुराको आधारमा छोराले बुवा वडा अध्यक्षज्यूको मोवाइल नम्बर छ ? ए हो है मसँग छ ल–ल फोन गरिहाल्छ कतै सिचाइको जोहो भइहाल्छ की ।
ऊः नमस्ते
वडा अध्यक्षः नमस्ते
ऊः म खेतगाँउबाट राम प्रसादको छोरा
वडा अध्यक्षः ए भनम्बाबु केही काम थियो की ?
ऊः अध्यक्षज्यू तल सिमखेतमा सिचाई निमित्त पाइपको बन्दोबस्ती मिलाइदिनु हुन्छ की भनेर फोन गरेको थिएँ ।
वडा अध्यक्षाः त्यो हेर्नूृ पर्दछ बाबु यहिले कोरोना महामारीले गर्दा अत्यावश्यक आवश्यकता बाहेक अन्त खर्च गर्न नसकिने कुरा समेत पालिकामा कुरा भईरहेको छ ।
ऊः हुन त हो अध्यक्षज्यू अलिकति बजेट छुट्याइदिनु पर्यो नपुगेको अरु उपभोगता मिलेर जुटाउँछौं ।
अध्यक्षः कानून र शासनमा रहेर हामीले पनि बजेट विनियोजन गर्नु पर्दछ त्यस्तो कुरा एकल निर्णय हुँदैन बाबु ।

ऊः त्यहि कानूनको शासन र मूल्यमान्यता अधिनमा रहेर स्थानीय सरकारको अवधारणा आएको हो । नागरिकलाई सेवा प्रवाहको केन्द्रमा राखेर सेवाप्रवाह गर्नु जनताको नजिकको सरको कर्तव्य पनि हो । नागरिको जिविकोपार्जन गर्नको लागि यो काम गर्दिनु पर्ला अध्यक्षज्यू ?

यत्तिकैमा वडाअध्यक्षले भोलि वडा कार्यालय तिर आउनु सँगै बसेर कुरा गरौंला भनेर फोन राखे । विद्यार्थी आपmूले पालिकाबाट पाइप र सिचाइ सामाग्री पाउने आशामा खुशी हुँदै सुत्यो । बिहानै सबै गाउँलेहरुलाई एकै ठाउमा भेला हुने कुरा गरी सबै एकै ठाँउमा भेला भई आगामी रणनीति तय गर्ने तिर ध्याक केन्द्रित हुन्छन्। आफैमा एकाएक श्रमदान गर्ने र प्रत्येक घरधुरी अलिअलि नपुगको रकम पनि जुटाई सहज तवरले सिचाइमा आधारित आधुनिक कृषि प्रणालीमा एकजुट भए ।

कृषि विज्ञसँग परामर्श लिने, आवश्यक सामाग्री खरिद गर्ने कुरामा अघि बढ्ने कुरामा तल्लिन रहिरहयो । अन्तमा वडाकार्यालयबाट उपलब्ध गराएको पाइप र अलिअलि नपुगेको रकम सबैबाट चन्दा उठाई कृषि पेशालाई अँगाल्ने तिर उन्मुख हुन्छ । केही समयमानै कृषि खेतीलाइै बढवा दिन्छ । फलफूल, नगदेबाली, तराकारीहरु उत्पादन गर्दछ । यसरी नै ऊ गाउँमा हरियाली डाँडा पाखामा रमेको हुन्छ । यसरी नै उ यो विश्वव्यापी महामारीलाई निहाल्दै अन्तमा उ सक्षम, सबल र अत्मनिर्भर समाज बनाउन तिर अगाडि बढ्छ ।

यो छोटो समयलाई समाजमा नयाँ स्वरुप दिनको लागि समय खेर नफाल्ने हेतुले कृषि खेतीलाई अत्मानिर्भर बनाउन सफल हुने कुरामा जोड दिन्छ र बन्दाबन्दि वा महामारी कहरसकिए पछि मात्र पmेरी आपm्नो पूर्ववत कार्य आफ्नो शैक्षिक विकासमा फर्किने छ । बन्दाबन्दिले सिकाएको विद्यार्थीलाई पाठ र अवको बाटोकोभिड–१९ को विश्वव्यापी महामारीले गर्दा नेपालमा बन्दाबन्दिको समय दिनानुदिन बढिरहेको छ ।

आज सम्म दुई महिना पार भई सकेको छ । आम विद्यार्थीहरु पहिलाको जस्तो व्यस्थतामा छैनन्, पढाइ केन्द्रित छैनन्, मनमा अनेकौं खुल्दुली पैदा भईरहेको छ, कहिले सम्म सहज वातावरण हुने हो जस्ता कुराले आक्रान्त बनेको छ । यस्तै कलेज, विद्यालय गएर पढेको यादहरु एकादेशको इतिहासको कथा जस्ता कुराहरुमा समित भएको छ, साथीभाईहरुसँग घुमेका क्षणहरु झल्झली सम्झनामा मात्र सिमित हुने भए । भने यसै कोरोना (कोभिड–१९) ले गर्दा धेरै जसो कलेज पढ्ने विद्यार्थीको मनसिकता बदलिएको छ भने कसैको समाजमा आत्मनिर्भरता कसरी बन्ने तिर आपm्नो सिप, दक्षता लागू गर्ने, कसरी विश्वमहामारीलाई प्रास्त गर्ने, अवका दिनमा उत्पन्न हुने समस्या कसरी हल गर्ने तिर उन्मुख भएको पनि देखिन्छ ।

यस महामारीलाई जित्न विद्यार्थीले कसरी आफ्नो भूमिका प्रदर्शन गर्न सक्दछ बुँदागतरुपमातल उल्लेख गर्न सकिन्छ ।

– आफ्नो स्वास्थ्यको ख्याल गरी उच्चतम् सुरक्षा अपनाउनाउँदै स्वस्थ नागरिकको परिकल्पान गर्ने ।
-सुरक्षित व्यापार व्यवसाय तथा बस्तु तथा सेवा विनिमय गर्ने साथै उत्पादन र विकासको पहिचान गरि वस्तुनिष्ठ गर्ने ।
– सामाजिक दन्द्ध र विभेदलाई न्युनिकरण गर्दै अन्तराष्ट्रिय मापदण्डअनुसारको सुरक्षित स्वास्थ्य उपनाउने ।
– विद्यार्थी भएको नाताले जस्तो विषम परिस्थितीलाई समाना गर्ने सक्ने क्षमता विकास गर्ने र साथै पठनपाठनलाई प्रमुख प्राथिमिकरण गर्ने ।
– समाजमा सामान्यीकरण हुन सक्ने सीप र क्षमता अभिवृद्धि वृद्धि गर्ने कुरामा विशेष जोड दिने जसले गर्दा जसले जीवन जिउने कलाको सिर्जना गर्दछ ।
– शिक्षण सिकाइ क्रियाकलापलाई बढोत्तर गर्ने र आगामी समयमा निर्धारण हुने जुन सुकै परीक्षालाई पनि सबल रुपमा सामना गर्ने गरी आत्मानिर्भर हुने ।

अन्तमा समग्रमा भन्नु पर्दा झट्ट गीता–सारको कुरा कता–कता मनसपटलमा स्मरण हुन्छ । जुन ‘किन व्यर्थै चिन्ता गर्छाैं ? को देखि व्यर्थै डराउँछौं ? तिमीलाई कस्ले मार्छरु आत्मा न जन्म लिन्छ न मर्छ ? जे भयो त्यो राम्रो भयो । जे हुँदै छ त्यो राम्रो हुँदैछ । जे हुँदैछ त्यो राम्रै हुनेछ । तिमी भूतकालको पश्चाताप नगर । भविष्यको चिन्ता नलेउ । वर्तमानमा जे चलिरहेको छ त्यसलाई सदुपयोग गर । तिम्रो के बितेको छ र तिमी व्यर्थै रुन्छौं ?’ जस्ता गीता–सारको दर्शनलाई आत्मासाथ गर्दै विद्यार्थीले निर्धक्कका साथ मन बचन र कर्ममाका साथ लक्ष्यमा पुग्न सामर्थ गर्ने । धर्ममा होइन कर्ममा, दयामा होइन दायित्वमा, उपकरणमा होइन अधिकारमा, आशा र उपहारमा नभई परिश्रममा विश्वास गरेमा मात्र भविष्य उज्वल हुने र सामाजिक तथा आर्थिक समुन्नति भइ सुसंस्कार समाज निर्माण हुने कुरामा कुनै दुईमत नहोला ।

(दैलेख घरभएका अधिकारी हाल काठमाडौंको किर्तिपुरमा बस्छन् ।)

प्रतिकृया दिनुहोस्