काठमाडौं । शिक्षक सेवा आयोगले निम्न माध्यमिक तहका लागि खुला प्रतियोगिताबाट शिक्षक पदपूर्तिका लागि विज्ञापन आह्वान गरेको छ ।आगामी माघ ६ गतेसम्म दरखास्त दिन पाइने छ । यो पनि अनलाइन माध्यमबाट नै फाराम भर्न सकिने जनाइएको छ ।

आयोगले आवेदन दिनका लागि विभिन्न योग्यता तय गरेको छ । जुन निम्न प्रकारका छन् ।

उम्मेदवारमा हुनुपर्ने आवश्यक न्यूनतम योग्यता
(क) नेपाली नागरिक ।

ख) शिक्षक सेवा आयोग नियमावली, २०५७ (संशोधन सहित) को नियम १० बमोजिम अयोग्य नभएको ।

(ग) मान्यता प्राप्त शिक्षण संस्थाबाट सम्बन्धित विषयमा माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा (कक्षा १२) वा सो सरहको परीक्षा उत्तीर्ण गरी शिक्षा विषयमा कम्तीमा १० महिने तालिम पूरा गरेको । तर, कुनै उम्मेदवारले २०० पूर्णाङ्कको शिक्षा सम्बन्धी विषय लिई माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा (कक्षा १२) वा प्रवीणता प्रमाणपत्र तह वा सो सरहको परीक्षा उत्तीर्ण गरेको भए तालिम प्राप्त गरेको मानिनेछ ।

(घ) सामाजिक अध्ययन विषय अन्तर्गत अर्थशास्त्र, इतिहास, ग्रामीण विकास, भूगोल, नागरिकशास्त्र, राजनीतिशास्त्र, दर्शनशास्त्र, नीतिशास्त्र,
मनोविज्ञान, मानवशास्त्व, समाजशास्त्र, जनसंख्या शिक्षा, स्वास्थ्य तथा शारीरिक शिक्षा विषयहरु पर्नेछन् ।

(ङ ) गणित-विज्ञान विषयको हकमा गणित र विज्ञान दुबै विषयमा २००/२०० पूर्णाङ्क लिई प्रकरण  बमोजिम योग्यता पुगेको हुनु
पर्नेछ ।

(च) निम्न माध्यमिक तहको स्थायी अध्यापन अनुमतिपत्र प्राप्त गरेको ।

अध्यापन अनुमतिपत्र सम्बन्धमा थप व्यवस्था:

-विषय नखुलेका स्थायी अध्यापन अनुमतिपत्र प्राप्त गरेका व्यक्तिले प्रकरण (ग) बमोजिमको सम्बन्धित विषयमा उम्मेदवार हुन सक्नेछन् ।

-विषयगत स्थायी अध्यापन अनुमतिपत्र प्राप्त गरेका व्यक्तिले सम्बन्धित विषयमा मात्र उम्मेदवार हुन सक्नेछन् ।

-गणित/विज्ञान विषयको हकमा विज्ञान र गणित मध्ये कुनै एक विषयको स्थायी अध्यापन अनुमतिपत्र प्राप्त गरेको व्यक्तिले उम्मेदवार हुन सक्नेछन् ।

-संस्कृत विषयहरु (भाषा, शुक्लयजुर्वेद, व्याकरण र कर्मकाण्ड) को हकमा नेपाली विषयमा स्थायी अध्यापन अनुमतिपत्र प्राप्त
गरेको व्यक्ति समेत उम्मेदवार हुन सक्नेछन्।

– माथिल्लो तहको विषयगत स्थायी अध्यापन अनुमतिपत्र प्राप्त गरेको व्यक्तिहरु सम्बन्धित विषयमा मात्र यस विज्ञापनमा
उल्लिखित शिक्षक पदको लागि उम्मेदवार हुन सक्नेछन् । तर त्यस्ता व्यक्तिहरुले शिक्षा विषयमा कम्तिमा १० महिने
तालिम प्राप्त गरेको हुनुपर्नेछ ।

  • स्थायी शिक्षक पदमा कार्यरत उम्मेदवारलाई उमेरको हद लाग्ने छैन।
  • कार्यरत स्थायी शिक्षकले समान तह र श्रेणीको शिक्षक पदमा उम्मेदवार हुन पाइने छैन ।
प्रतिकृया दिनुहोस्