शिक्षकले आफैलाई चिन्दा

Avatar photo

Byएजुकेशन पाटी

२४ जेष्ठ २०७७, शनिबार

गुणस्तरीय शिक्षाका लागि ठूला–ठूला विद्यालय भवन, पर्याप्त भौतिक पूर्वाधार, ठूला–ठूला खेल मैदान, पर्याप्त आर्थिक स्रोत हुनुपर्छ भन्ने धारणा विपरीत सीमित स्रोत साधनकै अधिकतम उपयोग गरेरै निरन्तर गुणस्तरीय शिक्षा दिन सफल रहँदै आएको छ । बालाजुटार काठमाडौँस्थित जनजागृति ज्ञानरश्मि मावि ।

विद्यालय विहान ५ः४५ देखि ४ः१० सम्म सञ्चालन हुने गरेको छ । भनव अभावले गर्दा ६ देखि १० कक्षासम्मका विद्यार्थी ५ः४५ देखि ११ः२० सम्म पढ्छन् भने कक्षा १ देखि ५ कक्षासम्म विद्यार्थी पुनः त्यही कक्षामा ११ः२० देखि ४ः१० बजेसम्म पढ्ने गरेका छन् । नर्सरीदेखि यु.के.जी को कक्षा भने १ः४५ देखि ३ बजेसम्म सञ्चालन हुने गरेको छ  । विहान ५ः३० बजे विद्यालय छिरेपछि ४ः१० सम्म व्यस्त हुने गरेका छन् प्रअ कृष्ण कुँवर ।

विद्यालयले आफ्नो मिहिनेतले विगत बाह्र बर्षको एस.एल.सी परीक्षामा लगातार्र शतप्रतिशत विद्यार्थी उत्तीर्ण गराउन सफल रहेको छ । विद्यालयको अन्य कक्षाहरुको सिकाइ उपलब्धि पनि औषतमा ९५% भन्दा माथि रहेको छ । यस विद्यालयबाट उत्पादित विद्यार्थीहरुले इन्जिनियर, एमवीवीएस, नर्सिङलगायतमा समेत उत्कृष्ट हँदै आएका छन् ।

विद्यलयले सीमीत स्रोत साधनकै बाबजुद कसरी प्रगति गर्न सक्यो त ? प्रअ कँुवर भन्नुहुन्छ। प्रगतिको मुख्य आधार भनेका शिक्षक नै हुन् । शिक्षककै मेहेनत, लगनशीलता र सामूहिक प्रयासले यो सम्भव भयो। उहाँका अनुसार सामुदायिक विद्यालयका शिक्षकहरुले गर्न चाहे गुणस्तरीय शिक्षा सम्भव छ । मात्र चाहनु प¥यो । शिक्षकले चाहे गर्न सक्छन् । शिक्षकभित्र प्रशस्त खुबी र गुणस्तरीय शिक्षा सुधारका राज लुकेको छ भन्दै प्रअ कुँवरले त्यो शिक्षकले निकाल्न सक्नुपर्ने वा पहिचान गर्न सक्नुपर्ने बताउछन् ।

सुधारका लागि स्रोतभन्दा इच्छाशक्ति महत्वपूर्ण भएको तर्क छ प्र.अ. कुँवरको । उनी अगाडी थप्छन् – हामीले शिक्षक परिचालन गरेर निरन्तर प्रगति पथमा लम्किरयौँ ।

०४५ सालमा स्थापना भएको विद्यालयले ०५५ सालमा निमावि ०५७ सालमा मावि सञ्चालनको अनुमति प्राप्त गरेको हो । स्थानीय अगुवाहरुको पहलमा ०३७÷३८ सालमा केहि समय पढाउन सुरु गरेर छाडिएको जिर्ण भवनमा  तत्कालिन वडाध्यक्ष शरद प्रसाद भट्टराई को सक्रियता र स्थानीय श्याम कुमार कार्कीको पहलमा बिद्यालयले  पुनः पढाउन सुरु गरेको थियो । त्यस पछि कृष्ण कुँवर पनि सम्मिलित   भएर बिद्यालय संचालनमा आयो । त्यस पछिका दिनमा निरन्त विद्यालयको प्रगतिमा रातदिन खटिरहनु भएका प्रअ कुँवर भन्छन् । —“हामीले खण्डहरलाईसफा गरेर पढाउन   सुरु गरेका थियौ । ”०४६ सालमा एक अस्थाई दरबन्दी पाएको बिद्यालयमा ०५० सालमा कृष्ण कुँवर प्रअ बने ।   त्यसको पहिलो बर्षमै उहाँकै सक्रियतामा तींनकोठाको भवन बन्यो । वडाध्यक्ष रामविर मानन्धर र जनताको सहयोगमा ।

त्यसको अर्को बर्षमै त्यसमा अर्को तला थप्त सफल रह्Þयो विद्यालय । ०५५/५६ मा २ कोठाको भवन थपेको विद्यालयले त्यसको अर्को बर्ष पुनः दुई कोठाको जस्ताको भवन थप्न सफल रह्Þयो । ०५४/५५ मा पक्की शौचालय बनाएपछि केही छेकबार पनि गर्नसक्यो विद्यालयले । विद्यालयमा सहयोका लागि हरेकसँग हात पसारेको ,नेताको पछाडी दौदिएको पुरानो दिन सम्झदै प्रअ कुँवर भन्छन् । –“ पढाएर सक्ने बित्तिकै म बिध्यलयकै लागि सहयोग माग्न दौडीन्थे”  उनकै सक्रियतामा बिद्यालयले ०५९÷०६०  मा बिद्यालय भवन र ०६०/०६१ मा त्यसमा तला थप्न सफल रह्यो । हाल बिद्यालयले १३ रोपनी सरकारी जग्गा भित्र +२ भवन पनि निर्माण गरेको छ  सबै समुदाय र दाताको सहयोगमा –प्रअ कुँवर मुस्कुराउछन् ।

हाल बिद्यालयमा आधुनिक कम्पुटर र साइन्स ल्याब छ भने पर्याप्त पुस्तक सहितको लाइब्रेरी पनि छ  हरेक कक्षा शैक्षिक सामग्रीले सजिएका छन । सफा र सुन्दर बिद्यालय परिसर ,आकर्षक डेस्क बेञ्च , हेर्न लायक छन्। फूलवारी र सानो ठाउँमा पनि व्यवस्थित खेल सामग्रीले सबैको मन जित्छ । ्। विद्यालयमा रेडक्रस, स्काउट, बालक्लब सक्रिय छ। जसले नियमित विद्यालय सरसफाइ र अतिरिक्त क्रियाकलाप गर्छ ।

विद्यालयमा अंग्रेजी भाध्यममा पठनपाठन हुँदै आएको छ भने कक्षा १ देखि ८ सम्म अनिवार्य कम्प्युर कक्षा सञ्चालित छ विद्यालयले वर्षमा २ पटक विद्यार्थी र शिक्षकलाई शैक्षिक भ्रमणमा लग्ने गरेको छ। उत्कृष्ट विद्यालयको भ्रमणबाट त्यहाँका राम्राँ अभ्यास सिकेर विद्यालयमा लागू गर्नेगरेको बताउँदै शिक्षक चन्द्रकान्त मिश्र भन्छन् । – “हामी विद्रयार्थीको मनोभावना बुझेर पढाउँछौँ ।” अर्का शिक्षक ललिता दली भने विद्यार्थीहरुलाई हँसाएर, खेलाएर र रमाउँदै वस्तुगतभन्दा पनि व्याावहारिक र प्रयोगाात्मक रुपमा सिकाउने गरेको बताउछिन् ।  विद्यालयले गेटमा नै शिक्षक अभिभावक र विद्यार्थीका लागि छुट्टाछुट्टै आचारसंहिता राखेको छ ।

जसको सबले पालना गर्नुपर्छ। विद्यालयले समय पालनालाई महत्व दिएको छ। आफूहरुले शिक्षकलाई वषैपिच्छे विज्ञबाट सिकाइ तालिम दिने गरेको भन्दै विव्यस अध्यक्ष हेमबहादुर साह बताउछन् ।  “हामी कार्ययोजनासहितउद्देश्य राख्छौँ र त्यसको प्राप्त्मिा सामूहिकरुपमा लाग्छौँ ।” विद्यालयमा सुविधा सम्पन्न बालविकास कक्षा पनि छ र छात्राहरुका लागि महिला शिक्षकको नेतृत्वमा मनोपरामर्श विभाग पनि छ  ।

विद्यालयले शैक्षिक क्यालेण्डरअनुसार नै कार्यक्रम अगाडि बढाउँदै आएको बताउछन्  शिक्षक अभिभावक संघका अध्यक्ष विमल डंगोल । विद्यालयले यसै वर्ष आफ्नो रजत महोत्सव मनाएको छ भने वर्षैपिच्छे स्थानीय र घार्र्र्र्मीक क्षेत्ररको सरसफाइ गर्ने गरेको छ । छात्रा मेनुका विर्जा भन्छिन्–“हामीलाई शिक्षकहरुले साथीकै व्यवहार गरेर सिकाउने र बुझउने गर्नुहुन्छ।”

२०७३ बैशाख १८ गते ००:४८मा प्रकाशित

प्रतिकृया दिनुहोस्